हिटस्ट्रोक बाट सावधान रहनुहोस्!
2021-06-14
ओकिनावामा, वर्षा ऋतु चाँडै समाप्त हुनेछ। वर्षा ऋतु चाँडै ओकिनावामा सकिनेछ, र हामी पूर्ण रूपमा ग्रीष्म ऋतुमा (गर्मी मौसममा) हुनेछौं।
जापानमा, दिउसोको तापक्रम २५ डिग्री सेल्सियस भन्दा बढीको तापक्रमलाई "नाच्चुबी" (गर्मीको दिन) भनिन्छ, ३० डिग्री सेल्सियस भन्दा बढीलाई "मानाच्चुही" (चर्को गर्मीको दिन), र ३५ डिग्री सेल्सियस भन्दा बढीलाई "मोसोबी" (अत्यन्तै चर्को गर्मीको दिन) भनिन्छ।
रातमा जब न्यूनतम दैनिक तापमान २५ डिग्री सेल्सियस भन्दा कम झरेन भने त्यसलाई "स्वयल्टरिङ्ग नाइट" भनिन्छ।
ग्रीष्म ऋतुमा प्रवेश गरेपनि ओकिनावा समुद्रले घेरिएको हुनाले यो भौगोलिक तथ्यका लागि ओकिनावाबासी आभारी छन्, हामीसँग अचाक्ली गर्मीका दिनहरू धेरै नै कम हुन्छन् जसमा उच्च तापक्रम ३५ डिग्री सेल्सियस भन्दा बढी जान्छ, तर कम्तिमा २५ डिग्री सेल्सियसभन्दा बढी तापमान रहेको ट्रपिकल (उष्णकटिबंधीय) रातहरू केहि समयका लागि हुनेछन्।
यद्यपि न्यूनतम २५ डिग्री सेल्सियस तापक्रमका साथ हुने रातहरू आउन केही समय लाग्नेछ।अहिलेलाई हामी दिनको बढीमा ३१ डिग्री सेल्सियस र न्यूनतम २८ डिग्री सेल्सियस तापक्रमको साथ "बिहान र रातमा दुबै समयमा गर्मीको अनुभव जारी राख्नेछौं।
COVID-19 संक्रमण को प्रतिरोधकको रूपमा, हामी बिश्वस्त छौ कि सबैले काम गर्दा वा बाहिर जाँदा मास्क लगाएका हुन्छन्, तर यो रिपोर्ट गरिएको छ कि मास्क लगाउँदा तपाईंलाई कम तिर्खा लाग्छ। हिट-स्ट्रोक रोक्नको लागि हाइड्रेशन (पिउने पानी) धेरै महत्त्वपूर्ण हुन्छ, तर मास्क लगाउदा, पसिना आउँदा पनि प्यास नलाग्ने हुन्छ।
जो मानिस घर बाहिर काम गरिरहेका हुन्छन् र जो घर भित्र काम गरिरहेका छन् वा अध्ययन गरिरहेका हुन्छन्, उनीहरूले आफैलाई हाइड्रेट गर्न (पानी पिईराख्न) सक्रिय हुनुपर्छ।
जापानमा प्रत्येक गर्मीमा, हिटस्ट्रोकको कारण मानिसहरूलाई आपतकालीनरूपमा अस्पतालमा लगिन्छ। केही व्यक्तिहरूले त हिटस्ट्रोकको को कारण आफ्नो जीवन गुमाउँछन्। गएको वर्षबाट, हामीले COVID-19 संक्रमण रोक्न र यस गर्मीमा हिटस्ट्रोक रोक्न दुवै उपायहरू
अवलम्बन गर्न आवश्यक छ। यदि तपाईंले असहज महसुस गर्नुभएको छ भने, काममा जोड नदिनुहोस् (आफूलाई धेरै नथकाउनुहोस), पानी पिउनुहोस र आराम गर्नुहोस्।