आवासीय स्ट्याटसलाई "डेजिग्नेटेड एक्टिविटिज" भनिन्छ।
2021-1-08
एउटा यस्तो आवासीय स्ट्याटसलाई "डेजिग्नेटेड एक्टिविटिज" भनिन्छ जस अन्तर्गत तपाईंलाई जापानमा ३ देखि ६ महिनासम्म बस्न अनुमति दिन्छ।
धेरै जसो केसहरूमा यो आवासीय स्ट्याटसमा तपाईंलाई काम गर्न दिदैन, तर तपाई हेलो वर्कमा गएर सल्लाह र रोजगार अन्तर्वार्ताको लागि काम खोज्न सक्नुहुन्छ।
त्यहाँ केहि केसहरू छन् जसमा तपाईले “डेजिग्नेटेड एक्टिविटिज” आवासीय अनुमति पाउनु भएता पनि काम गर्न सक्नुहुन्छ, कृपया "डेजिग्नेशन" फाराम चेक गर्नुहोस् जुन तपाईले इमिग्रेशन ब्यूरोबाट प्राप्त गर्नुहुनेछ जब तपाईले आवासीय अनुमति नवीकरण गर्नुहुन्छ।तपाईंको अघिल्लो आवासीय अनुमति स्थिति अनुसार किन तपाईंले आफ्नो अबको आवासीय अनुमति नविकरण गर्न सक्नुहुन्न भन्ने कारणमा निर्भर गर्दै, "शिकुकागुई कात्सुदोक्योका" (आवासीय अनुमति भन्दा बाहिरका गतिविधिहरूमा भाग लिने अनुमति) अनुमोदित हुनेछ वा हुँदैन।
विदेशीहरूको, जसको लागि ‘आवासीय स्थिति’- भिसा नवीकरण गर्नुपर्ने बेला भएको छ।
2020-12-15
के त्यस्तो कोही ब्यक्तिहरू हुनुहुन्छ जसको आवासीय दर्जा (residential status) जस्तै "विद्यार्थी," "इन्जिनियर / मानविकी / अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञ," आदि छ, र नविकरणको लागि म्याद सकिने मितिमा पुग्न लागेको छ?
यदि तपाईंलाई भिसा नविकरण गर्न अनुमति दिइएको छैन भने पनि, तपाईंलाई "बिशेष गतिविधि दर्जा (Designated Activities)" अन्तर्गतको आवासीय दर्जामा भिसा परिवर्तन गरेर जापानमा बस्न अनुमति दिन सक्छ। यो भिसा अनुमति तपाईं COVID-19 ले गर्दा उडानहरू निलम्बनको कारण आफ्नो देश फर्कन सक्नुहुन्न भन्ने कारणको आधारमा पाउन सक्नुहुन्छ।
यस प्रक्रियामा तपाईले जापानी भाषामा "जापानमा बस्नुपर्ने कारण" र "जापानमा तपाईको बसोवासको समयमा बस्ने खर्च" बारेको "विवरण सहितको कारण" खुलाएर निवेदन लेख्नुपर्छ।
OIHF ले यी कागजातहरू तयार गर्नको साथै आवासीय दर्जाका (residential status) बिषयहरूको बारेमा प्रतिक्रिया दिन सहयोग गर्दछ।
यदि तपाईंसँग तपाईंको आवासीय दर्जा (residential status) को बारेमा कुनै प्रश्न छ भने, कृपया OIHF मा सम्पर्क गर्न नहिचकिचाउनुहोस्। *
हामी अन्य परामर्शहरू जस्तै: तपाईंको जीवनमा आइपरेका समस्याहरूका बारेमा पनि जवाफ दिनेछौं।
यो जानकारी आवासीय दर्ता (residential status) भएको विदेशी को लागी बनाइएको हो। तथापि यदि तपाईं अहिलेपनि कुनै संस्था वा जापानी भाषा स्कूलको कर्मचारी हुनुहुन्छ र जसले विदेशीहरूलाई सहयोग गर्दै हुनुहुन्छ भने, कृपया तपाईं सोधपुछको लागि सिधै ईमिग्रेशन ब्यूरोसँग सम्पर्क गर्नुहोस्।
काम छोडिसकेपछि वा कामबाट बर्खास्त गरिएपछि आवश्यक प्रक्रियाहरूको बारेमा
2020-06-01
यदि तपाईंले आफ्नो जागिर छोड्नुभयो वा तपाईंलाई बर्खास्त गरियो भने, तपाईंले १४ दिन भित्र अध्यागमनको कार्यालयमा आवश्यक कागजातहरू बुझाउन जरूरी हुन्छ। यदि तपाईंले कागजातहरू पेश गर्न ढिला गर्नुभयो भने पनि, यो प्रक्रिया पूरा गर्न नबिर्सनुहोस्। यदि तपाईंलाई आवश्यक कागजातहरू कसरी भर्ने वा कसरी बुझाउने बारे थाहा छैन भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।
2020-05-28
तपाईंहरू मध्य कोहि COVID-19 को प्रभावका कारण घर फर्कन चाहनुहुन्छ, तर घर फर्कन समस्या भइरहेको छ? साथै, यदि तपाईं भिसा नबिकरणको बारेमा पनि चिन्तित हुनुहुन्छ भने , कृपया OIHF बाट परामर्श लिनुहोस। परामर्श निःशुल्क छ। यदि तपाईंलाई सहयोग चाहिएमा कृपया हामीलाई टेलिफोन (
098-942-9215), ईमेल (
mailto:kokusai@oihf.or.jp) अथवा OIHF को FB मेसेन्जरबाट सम्पर्क गर्नुहोस्।