जीवन

कोरोना खोपको सूचना" प्राप्त गर्ने ब्यक्तिहरूको लागि

2021-7-26

ओकिनावाका नगरपालिकाहरूले खोपका लागि उच्च प्राथमिकतामा परेका ६५ बर्ष वा सो भन्दा कम उमेरका मानिसहरूलाई COVID-19 खोप कुपनहरू पठाउन सुरू गरेका छन्।
तपाईंले खोप कुपन प्राप्त गरेपछि र खोप प्राप्त गरेपछि लिनुपर्ने कदमहरू यहाँ बयान गरिएका छन्।
(१) तपाइँले तपाईंको नगरपालिकाबाट एउटा "खोप टिकट" र "COVID-19 खोपको सूचना" प्राप्त गर्नुहुनेछ।
(२) "COVID-19 खोपको सूचना" प्राप्त गर्नु भनेको अब तपाईंले खोप प्राप्त गर्न सक्नुहुन्छ त्यो समय आइसकेको छ भन्ने हो।
* भ्याक्सिनको लागि उमेरको हदबन्दी र खोपको लागि पाउने अपोइन्टमेन्टको समय एउटा सिटी र अर्को अर्को सिटी बिच फरक हुन्छ।
(३) कृपया एउटा चिकित्सा संस्था वा खोप साइट खोज्नुहोस् जहाँ तपाईंले खोप प्राप्त गर्न सक्नुहुन्छ। कृपया खोपको कुपन संग संलग्न गरिएको पेपरमा हेर्नुहोस् "जहाँ तपाईंले खोप लगाउन सक्नुहुन्छ"।
(४) फोन वा अनलाइन मार्फत अपोइन्टमेन्ट लिनुहोस्।
(५) तपाईंले खोप लगाउन जाने बेला नगरपालिकाबाट पठाईएको "खोप टिकट," "प्रारम्भिक चेक फारम" र "पहिचान कागजात (ड्राइभर लाइसेंस, स्वास्थ्य बीमा कार्ड, रेज़िडेंस कार्ड, इत्यादि)" नभुलिकन लगेर जानुहोस।
"प्रारम्भिक चिकित्सा चेक फारम" को बिभिन्न भाषाहरूमा तयार पारिएको नमुना संस्करण स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा पाउन सकिन्छ। कृपया निम्न वेबसाइटमा सन्दर्भ गर्नुहोस्।
वेवसाइट: https://www.mhlw.go.jp/.../sei.../bunya/vaccine_tagengo.html
यद्यपि, मेडिकल चेकअप फारमको जापानी संस्करण मात्रै पनि खोप लगाउने ठाउँमा पेश गर्न सकिन्छ।
तपाईलाई खोप दिनु अघि, चिकित्सकले तपाईंसंग अन्तर्वार्ता लिनेछन्।
■ खोप प्राप्त गर्नका लागि सहमति
खोप लिनेहरूले संक्रामक रोगहरूलाई रोकथाम गर्ने खोपको प्रभावकारिता र खोपपछि हुनसक्ने प्रतिकूल प्रतिक्रियाहरूको जोखिम दुबै कुराको सहमति आफ्नै स्वेच्छाले गर्नेछन। कुनै खोप प्राप्तकर्ताको सहमति बिना खोप दिने प्रक्रिया अगाड़ी बढ़ाइने छैन। (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय)
खोपहरू प्राप्त गरेपछि प्रतिकूल प्रतिक्रियाहरूको अवस्थामा खोपका लागि स्वास्थ्य क्षति राहत प्रणाली
सामान्यतया, खोपका कारणले हुने प्रतिकूल प्रतिक्रियाहरूले स्वास्थ्य समस्याहरू निम्त्याउँदछ (बिमारी वा अशक्तता)। यद्यपि यो अत्यन्त दुर्लभ हुन्छ, र ती हटाउन सकिदैन, र त्यसकारण राहत प्रणालीको स्थापना भएको छ।
राहत प्रणाली अन्तर्गत, यदि कुनै व्यक्ति खोपका कारण स्वास्थ्य समस्याबाट ग्रसित छ र चिकित्सा उपचारको आवश्यकता छ वा शारीरिक अशक्तताको उत्पन्न भयो भने त्यो व्यक्तिले खोप कानूनको आधारमा राहत (चिकित्सा खर्च, अशक्तता निवृत्तिभरण इत्यादि) प्राप्त गर्न सक्दछ।
यदि तपाईंलाई नयाँ कोरोना भाइरसको खोप लगाईएको छ भने, र यदि तपाईंको स्वास्थ्य बिग्रियो भने तपाईंले खोप कानूनमा आधारित राहत पनि पाउन सक्नुहुन्छ। (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय)
यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने कृपया OIHF बाट परामर्श लिनुहोस्।

[COVID-19 खोपको बारेमा]

2021-7-16

आजको मितिमा, विश्वभरि प्रयोग गरिने भ्याक्सिनहरू चार किसिमले वर्गीकृत गर्न सकिन्छ। कमजोर खोपहरू (जीवित खोपहरू) जसमा ब्याक्टेरिया वा भाइरसहरूलाई कमजोर बनाई राखेर खोप लगाइन्छ ताकि तिनीहरूले व्यक्तिमा रोग लगाउन नपाओस। यो पोलियो, दादुरा, ठेउला, इत्यादि खोप बारेको कुरा हो। खोपको अन्य एक प्रकार निष्क्रिय खोप हो। यी खोपहरू ब्याक्टेरिया वा भाइरसबाट बनेका हुन्छन जुन उपचारद्वारा मारिएका छन्।
निष्क्रिय खोपमा कमजोर खोप भन्दा थोरै समयको प्रतिरक्षा अवधि हुन्छ।
संसारभरी फैलिएको COVID-19 को प्रतिक्रिया अनुरूप, मेसेन्जर आरएनए खोप (mRNA), जुन माथि उल्लेखित दुई खोप भन्दा फरक छन्, नयाँ देखा परेको छ।
यो mRNA खोप हाल जापानमा वितरण भइरहेको छ।
हाल जापानमा प्रयोग भइरहेको mRNA खोप फाइजर र मेर्डेना हो।
अहिले व्यावसायीकरण गरिएको mRNA खोप डीएनए "ब्लूप्रिन्ट" को आवश्यक भागको मात्र प्रतिलिपि बनाएर बनाइएको छ, जुन जीवित प्राणीहरूको शरीर र सबै आवश्यक पदार्थहरूको खाका हो, र यसमा नयाँ कोरोना भाइरसको स्पाइक प्रोटीनको खाका प्रयोग गरिन्छ। स्पाइक प्रोटीन COVID-19 भाइरस को सतह मा फैलिएको हुन्छ, र भाइरसले मानव कोषहरुमा आक्रमण गर्न को लागी यो स्पाइक प्रोटीन फैलाउन प्रयोग गर्दछ। यो खोपको उद्देश्य यी स्पाइक प्रोटीनहरूलाई आक्रमण गरी प्रतिरोधात्मक क्षमता प्राप्त गर्नु हो साथै आफैंले संक्रमण हुन नदिनु वा संक्रमित भए पनि रोगको गम्भीरताबाट बचाउनु हो।
एकचोटि शरीरले स्वीकार गरेपछि, mRNA टुक्रीदछ र शरीरबाट हराउदछ।
यो भर्खरै विकसित गरिएको भ्याक्सिन भएकोले यसको बारेमा धेरै जानकारीहरू उपलब्ध छन।
ती मध्ये केही जानकारी सहि छन, र केहि छैनन्।
साथै, यसको विकास र यसको प्रयोगको बीचको अवधि छोटो भएको कारणले, त्यहाँ केही डेटा ( सुचना) हुनसक्दछन जुन अहिले सम्म प्राप्त गरिएको छैन।
खोप लिने वा खोप नलिने छनौट व्यक्तिको आफ्नै विचार हो। यो त्यस्तो चीज होइन जहाँ अरूलाई दबाब दिइयोस।
जे भएपनि, कृपया यो कुरा छनौट गर्दा गलत जानकारी द्वारा भ्रमित नहुनुहोस्।
यदि तपाईं निश्चित हुनुहुन्न भने, विश्वसनीय वेबसाइट जाँच गर्नुहोस् वा चिकित्सक वा अन्य विशेषज्ञलाई सोध्नुहोस्।

COVID-19 विरूद्ध खोप

2021-7-08

जापानमा COVID-19 बिरूद्धको खोपको प्रचार-प्रसार हुँदैछ।
जापानमा खोप प्राप्त गर्नलाई, सैद्धान्तिक रूपमा, तपाई बस्ने नगरपालिकाबाट पठाइएको "खोप टिकट" चाहिन्छ। (यदि तपाईं तपाईंको कार्यस्थल वा स्कूलमा खोप लगाईएको छ भने, तपाईंले “खोप टिकट” नभएपनि खोप प्राप्त गर्न सक्नुहुन्छ।
बृद्ध-बृद्धालाई(६५ वर्ष भन्दा बढ़ी ) प्रारम्भिक खोप प्रदान गरिरहेको अवस्था बाहेक, दिर्घरोगीहरू र मेडिकल वा नर्सिङ् क्षेत्रमा काम गर्नेहरूलाई पनि, केही नगरपालिकाले ६४ बर्ष भन्दा कम उमेरका मानिसहरूलाई खोप कुपनहरू पठाउँदैछन्।
यदि तपाईंले खोप कुपन प्राप्त गर्नुभयो र तपाईंले खोप लगाउन चाहनुहुन्छ भने, कृपया निम्नकुराहरू ध्यानमा राख्नुहोस्।
. खोप लिनका लागि तपाईंले खोप केन्द्र वा अस्पतालमा अपोइन्टमेन्ट लिनु पर्छ।
・ तपाईंले आफ्नो स्मार्टफोनको प्रयोग गरेर आफैंले अपोइन्टमेन्ट लिनु पर्छ।
. खोप लगाउने दिनमा तपाईले खोप टिकटको साथमा "प्रारम्भिक चेक-सिट" भर्नु पर्छ र हस्ताक्षर गर्नु पर्छ।
. यदि तपाईंलाई ज्वरो आएको छ भने, उदाहरणका लागि, तपाईंले प्रारम्भिक जाँच फारममा के लेख्नुभएको छ त्यसमा भर पर्दै तपाईंले अपोइन्टमेन्ट लिनुभए पनि भ्याक्सिन प्राप्त गर्न सक्नुहुन्न।
यदि तपाईं प्रारम्भिक मेडिकल चेकअप सिट पढ्न सक्नुहुन्न वा यसमा लेखिएका कुराहरू बुझ्नुहुन्न भने, कृपया OIHF सँग परामर्श लिनुहोस्।
(कृपया नसोध्नुहोस् "मैले मेरो खोप कुपन कहिले प्राप्त गर्नेछु? हामीलाई पनि थाहा छैन।)
. खोप लगाउने दिनमा के ल्याउने
कृपया तल उल्लेख गरिएका चीजहरू चिकित्सा संस्था वा खोप केन्द्रमा ल्याउनुहोस्।
・ तपाईं बस्ने सिटी , टाउन वा गाउँपालिका बाट पठाएको खोप कुपन।
.पहिचान पत्रहरू: सवारी चालक इजाजतपत्र, स्वास्थ्य बीमा कार्ड, आदि।
・प्रि-मेडिकल चेकअप-सिट।
・ चिकित्सा जाँच प्रमाणपत्र (वैकल्पिक): यदि तपाईंसँग तपाईंलाई खोप लगाईने मेडिकल संस्थानबाट प्राप्त मेडिकल जाँच प्रमाणपत्र छ भने त्यो प्रमाणपत्र।
COVID-19 खोप प्राप्त गर्ने या नगर्ने भन्ने व्यक्तिको आफ्नो निर्णय हुन्छ।
जापानमा हामी मानिसहरूलाई खोप लिन प्रोत्साहित गर्छौं, तर उनीहरूलाई खोप लिन बाध्य गरिदैन।
केही सिटीहरू , टाउनहरू, र कार्यस्थलहरूले खोप नलगाइएको आधारमा अनुचित भेदभाव रोक्न सुरु गरेका छन्, तर त्यहाँ केहि त्यस्ता केसहरू भएका छन् जहाँ कार्यस्थलहरू र समुदायहरूले मानिसहरूलाई खोप लगाउनै पर्ने नियम बनाएका छन् र वातावरण सिर्जना गरेका छन्, वा खोप नलगाएका व्यक्तिहरूलाई कार्यस्थलहरूबाट निकाला गरिएको छ।
यदि तपाईंलाई तपाईंको खोपको कारण भेदभाव गरिएको छ भने, कृपया OIHF बाट परामर्श लिनुहोस्।

OIHF को परामर्श सेवामा, हामी विशेष रूपले विदेशीहरूलाई  आफ्नो  जीवन यापनको लागि थाहापाउनु पर्ने जानकारीहरूलाई सेयर गर्नेछौं।

2021-1-19

यस लेखमा हामीले तपाईले आफ्नो जागिर छोड्नुभएको अवस्थामा तपाईको स्वास्थ्य बीमालाई के हुन्छ भनेर वर्णन गर्न चाहन्छौं।
जब हामीले हाम्रो जागिर छोड्छौं, के हामीले कम्पनीबाट प्राप्त गरेको स्वास्थ्य बीमा (स्वास्थ्य बीमा कार्ड) प्रयोग गर्न सक्छौं?
तपाईंले आफ्नो काम छोड्नुभएको दिनबाट आफ्नो स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न सक्नुहुन्न। सबैभन्दा पहिले, तपाईंले आफ्नो स्वास्थ्य बीमा कार्ड आफ्नो कम्पनीमा फिर्ता गर्नुपर्नेछ। यदि तपाईंले यसलाई आफ्नो कम्पनीमा बीमा कार्ड फिर्ता गर्नुभएको छैन भने पनि, होसियार हुनुपर्छ। तपाईले यसलाई अस्पताल वा क्लिनिकमा प्रयोग गर्नुहुन्न।
यदि तपाईंले आफ्नो नोकरी छोडेपछि पनि अस्पतालमा स्वास्थ्य बीमा कार्ड प्रयोग गर्नुभयो भने, अस्पतालले तपाईंसंग पछि थप ७०% मेडिकल खर्च लिनेछ।
तपाईंले आफ्नो जागिर छोड्नुभयो र स्वास्थ्य बीमा कार्ड फिर्ता गरेपछि, यदि तपाईंसंग नयाँ रोजगार छैन भने, तपाईंले आफ्नो स्वास्थ्य बीमालाई राष्ट्रिय स्वास्थ्य बीमा परिवर्तन गर्न नगरपालिका कार्यालयमा जानु पर्छ।
यदि तपाईंले राष्ट्रिय स्वास्थ्य बीमामा परिवर्तन गर्नुभएन भने, तपाईं "बीमा बिहिन" हुनुहुनेछ र तपाईंले सबै चिकित्सा खर्चहरूको लागि १००% शुल्क तिर्नु पर्नेछ।
यदि तपाईंले अप्रिल २०२० मा आफ्नो जागिर छोड्नुभयो र अक्टोबर २०२० मा राष्ट्रिय स्वास्थ्य बीमामा परिवर्तन गर्न सिटी अफिस जानुभयो भने पनि तपाईंले २०२० अप्रिलदेखिनै आफ्नो राष्ट्रीय स्वास्थ्य बीमा प्रीमियम भुक्तान गर्नुपर्नेछ।
कृपया नोट गर्नुहोस् कि तपाईंले कम्पनी छोड्नुभएको महिना वा तपाई छोडेको महिनामा पूर्वसूचक भुक्तानी गर्न सुरु गर्नुपर्नेछ।
राष्ट्रिय स्वास्थ्य बीमा प्रीमियम सधैं मासिक भुक्तानमा हुँदैन। केही नगरपालिकाहरूको पहिलो अवधि (पहिलो भुक्तानी) को समय अप्रिल देखि जुलाई र अगस्तदेखि अक्टोबर सम्म दोस्रो अवधिको समय एक भुक्तान प्रणाली हुन्छ।
तपाईं बस्ने नगरपालिका अनुसार भुक्तानी विधि र प्रीमियम फरक फरक हुन्छ र तपाईंले तिर्नुपर्ने प्रीमियम गत वर्षको तपाईंको आम्दानीमा (तपाईंले जागिर छोड्नुभन्दा एक वर्ष अघि कमाएको आयको मात्रामा ) निर्भर गर्दछ, त्यसैले हामी तपाईंलाई परामर्शका लागि तपाईको नगरपालिका कार्यालयमा रहेको राष्ट्रीय स्वास्थ्य बीमा काउन्टरमा जान सिफारिस गर्दछौं। ।
के कोही त्यस्तो व्यक्तिहरू जापानमा बस्छन् तर जो राष्ट्रिय स्वास्थ्य बीमाको लागि योग्य छैनन्?
हजुर। जब तपाईंको आवासीय अनुमति/भिसा समाप्त हुन्छ, तपाईंको आवासीय रेजिष्ट्रेसन नगरपालिका कार्यालयको प्रणालीमा रद्द हुन्छ। जब सम्म तपाईंले आवासीय अनुमति प्राप्त गर्नुहुन्न, तपाईंले राष्ट्रीय स्वास्थ्य बीमा प्राप्त गर्न सक्षम हुनुहुने छैन। कृपया तपाईंको आवासीय अनुमति समाप्त हुने मिति भन्दा कम्तिमा ३ महिना अगाड़ी अपडेट गर्नुहोस्।
यदि तपाईंको आवासीय अनुमति "घर फर्कने तयारीको लागि तोकिएका गतिविधिहरू" को लागि हो भने पनि, तपाईंको आवासीय रेजिष्ट्रेसन पनि रद्द हुनेछ ; यस संगै यदि तपाईंको आवासीय अनुमति "आफ्नै देश फर्कन खोजिरहेको छ, तर COVID-19 को कारणले भौतिक रूपमा सम्भव छैन भन्ने कारणको" लागि हो भने पनि आवासीय रेजिष्ट्रेसन रद्द हुनेछ ।

तपाईंको कार र मोटरसाइकलको लागि महत्त्वपूर्ण बीमा

2021-1-08

■ अनिवार्य अटोमोबाइल दायित्च बीमा
 जब तपाईं कार वा मोटरसाइकलको स्वामित्व लिनुहुन्छ, यो बीमा तपाईंसँग हुनुपर्दछ ।  तपाईंसँग यो बीमा हुनुपर्दछ जब  तपाई JCI (जापानी अनिवार्य बीमा) गर्नुहुन्छ।  यदि तपाईंको  कार दुर्घटना भयोभने यो बीमाले  केवल तेस्रो पक्षको चोटहरूको लागि मात्र कभर गर्दछ।  यद्यपि यो बीमा अटोमोबाइल मर्मत कभर गर्नको लागि डिजाइन गरिएको छैन।
■ स्वैच्छिक वाहन बीमा
 यो बीमा अनिवार्य छैन, तर यो बीमा भएन भने, तपाईंले आफ्नो सवारी साधनमा  र  तेस्रो पक्षहरूको साधनमा दुर्घटनाबाट हुने सबै क्षतिको  मर्मत कभर तपाईंले  आफ्नै खल्तिबाट आफै गर्नु पर्दछ ।
कृपया JCI  संगै स्वैच्छिक बीमा  गर्ने बारेमा विचार गर्नुहोस्।

[अक्टुबर १ देखि, बेरोजगारी भत्ताको  लागि सुबिधा  प्रतिबन्ध सिमाअवधि छोटो हुनेछ।]

2020-10-01

अहिलेसम्म  (सेप्टेम्बर ३०, २०२० सम्म) बेरोजगार लाभ प्राप्त गर्न तीन महिना प्रतिबन्ध अवधि थियो। अर्थात नोकरी छोडेको अथवा निकलिएको मितिबाट ३ महिना पछिमात्र बेरोज़गार भत्ता प्राप्त हुन्थ्यो। र तपाईले  निवेदन दिएको ७ दिन पछिनै बेरोज़गार भत्ता प्राप्त गर्नुहुन्थ्यो।
जे होस्, अब यो प्रतिबन्धित  अवधि अक्टुबर १, २०२० बाट २ महिनामा छोट्याइनेछ।

जो  ब्यक्तिहरू  काम छोडेर यो प्रतिबन्धित अवधि पर्खिराख्नुभएकोछ, अब तपाईले आवेदन फारम भरेपछि  बेरोजगारी लाभ पाउन केवल ७ दिन मात्र पर्खनुपर्नेछ।

यदि तपाईंलाई सहयोगको आवश्यकता छ वा बेरोजगारी भत्ताको लागि निवेदन  प्रक्रिया र अन्य कुनै प्रश्न जस्तै तपाईं बेरोजगारी भत्ताको अनुमानित रकम जान्न चाहानुहुन्छ भने कृपया OIHF मा सम्पर्क गर्नुहोस्।

अटोमोबाइल ड्राइभर लाइसेंसको( इजाजतपत्र) बारेमा

2020-09-16

ओकिनावामा बस्ने विदेशीहरूलाई
हामीले जापानमा सवारी साधन चलाउनका लागि प्रक्रियाहरू संक्षेपमा प्रस्तुत गरेका छौं। कृपया यसलाई प्रयोग गर्नुहोस्।

अटोमोबाइल ड्राइभर लाइसेंसको( इजाजतपत्र) बारेमा

"बेरोजगार भएको बेलामा प्राप्त हुने पैसा" बारे

2020-08-06

यदि रोजगार बीमा भएका कामदारहरूले कम्पनी छोडे र अर्को जागिर फेला पार्न सकेनन् भने उनीहरूले बेरोजगारी भत्ताको लागि पैसा पाउन सक्दछन्।
यदि तपाईले व्यक्तिगत कारणका लागि कम्पनी छाड्नुभयो भने, जस्तै असहज काम वा बिहान उठ्न समस्या भएको (व्यक्तिगत कारणले अवकाश लिएको भनिन्छ), यो लाभको लागि योग्य हुन कम्तिमा ३ महिना लाग्नेछ।
साथै, यदि रोजगार बीमाको सुरूवात अवधि (एउटा कामदार हुने अवधि) १ बर्ष भन्दा कम छ भने यो लागू हुँदैन।
जे होस्, त्यहाँ एउटा प्रणाली छ जहाँ तपाईं बेरोजगार हुँदा तपाईंले सुबिधा प्राप्त गर्न सक्नुहुनेछ।

यदि रोजगारदाताले निम्न कारणले कम्पनी छोड्छ भने यो सुबिधा प्राप्त हुनेछ।
१. कम्पनी दिवालिया पल्टेर व्यवसाय बन्द भयो
२. कर्मचारीलाई बर्खास्त गरियो (अनुशासनिक बर्खास्तगी बाहेक)
३. कर्मचारीले २ महिना भन्दा बढि ज्याला पाएका छैनन् 
कम्पनी ३ महिना भन्दा बढि बन्द गरिएको छ
५.  कर्मचारीको  ज़्याला  पहिलेको दर भन्दा  ८५% भन्दा तल झर्यो।
(त्यहाँ अन्य केसहरू पनि भएकोले कृपया OIHF लाई सम्पर्क गर्नुहोस्)
*तपाईं यो विशेष हकको  लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न  भन्नेकुरा काम छोड्ने कारणले निर्धारण गर्दछ।

त्यस्ता अवस्थाहरूमा, तपाईंले कम्पनी छोड्नु अघि नयाँ कामको लागि तयारी गर्न सक्षम हुनुहुन्न।  त्यो अवस्थामा, स्थिति  पहिचान  हुनुपर्दछ र सुबिधा सामान्य बेरोजगारको  केस भन्दा चाँडो प्रदान गरिनु पर्छ।
तसर्थ, यदि तपाईंलाई लाभ प्राप्तकर्ताको रूपमा मान्यता प्राप्त छ भने, तपाईंले निम्न सुबिधाका उपचारहरू  प्राप्त गर्नुहुनेछ।
१. प्रतिक्षा अवधि (सुबिधा तय नगरिएको अवधि) ७ दिन हुन्छ।
२. रोजगार बीमा ६ महिना वा सोभन्दा बढी (सामान्यतया १ बर्ष वा सो भन्दा बढी) को लागि आवश्यक हुन्छ।
३. बेरोजगारी भत्ता (योग्य व्यक्ति) प्राप्त गर्ने व्यक्तिको उमेरमा निर्भर गर्दछ, तथापि, पैसा प्राप्त गर्ने अवधि व्यक्तिगत कारणले अवकाशको अवस्था भन्दा लामो हुन सक्छ।
बेरोजगारी भत्ता पाउने प्रक्रियामा तपाईले हेलोवर्कमा जानु पर्छ र बिभिन्न कागजातहरू भर्नु पर्छ।  त्यहाँ केहि कागजातहरू छन् जुन तपाईंले आफैंले तयार गर्नुपर्दछ। यदि तपाईंसँग अनुभव छैन भने  यो एक्लै गर्न गाह्रो हुन सक्छ।
OIHF ले  यी प्रक्रियाहरूलाई सहयोग गर्दैछ।  यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

हामीले जापानीज सामाजिक बीमा प्रणालीलाई बिभिन्न भाषाहरूमा सारांशमा प्रस्तुत गरेका छौं।

2020-08-01

त्यहाँ बिभिन्न प्रणालीहरू छन् र यो धेरै जटिल छ।  कृपया दिइएको  जानकारीको प्रयोग गर्नुहोस्।

हामीले जापानीज सामाजिक बीमा प्रणालीलाई बिभिन्न भाषाहरूमा सारांशमा प्रस्तुत गरेका छौं।

विस्तृत जानकारीको लागि कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

त्यस्तो  कोही ब्यक्ति हुनुहुन्छ  जसलाई COVID-19 को प्रभावका कारण घर भाँडामा लिनु छ तर प्रक्रियामा समस्या भइरहेको छ?

2020-07-22

यदि तपाईंको कम्पनी वा स्कूलको छात्रावास छ भने तपाईंले आफैले कोठा खोज्नु पर्दैन।  यद्यपि, अन्य अवस्थामा  तपाईले आफ्नो कोठा आफै खोज्नुपर्नेछ र तपाई आफैले सम्झौता पुर्ण गर्नुपर्नेछ।
जब एक विदेशीले जापानमा घर खोज्छ र सम्झौता मार्फत जान्छ, यो जापानको अनौंठो नियमहरूको कारण भ्रमपूर्ण हुन सक्छ।
हालसम्म OIHF ले विदेशीहरूबाट अनेकौ घर सम्झौता सम्बन्धी गुनासोहरू निम्नानुसार प्राप्त गरिसकेका छन्: COVID-19 को प्रभावले परामर्शदाताहरूलाई कम्पनी छोड्न बाध्य तुल्यायो, त्यसैले उनीहरूले कम्पनीले प्रदान गरेको बसोबास छोड्नुपर्‍यो, र उनीहरूले   नयाँ घर आफैले खोज्नुपर्यो।  त्यसकारण हामी हाउजिङसंगको सम्झौताको बारेमा जानकारी बाँड्न चाहन्छौं (घर जग्गा लीज सम्झौता)
अन्य देशहरूमा सिक्योरिटी डिपोजिट, कि-मनी र ग्यारेन्टी डिपोजिट  जस्ता प्रणाली नभएकोले धेरै विदेशीहरू पहिलो पटक अलमल्लमा पर्न सक्छन्।
जापानमा, घर जग्गा कम्पनीका कर्मचारीहरुले पहिले तपाईंलाई एउटा कोठा हेर्न सहयोग  गर्दछन्।  त्यस समयमा तपाईलाई त्यो कोठा मनपर्न सक्छ वा त्यो ठाऊँ तपाईंको इच्छानुकूल  हुनेछ।  जहाँसम्म, तपाईं  तुरून्त त्यस कोठामा बस्नको लागि भने असम्भव हुनेछ।
घर-भाँडा र  बिभिन्न शुल्क जस्ता पैसा तयार गर्नुका साथै तपाईं कोठा भाडामा लिन योग्य हुनुहुन्छ कि छैन भनेर हेर्नको लागि त्यहाँ एक "स्क्रिनिङ" हुन्छ।
यस समीक्षाको समयमा तपाईंलाई अपार्टमेन्ट मालिक वा व्यवस्थापन कम्पनीले "ग्यारेन्टर" खोज्न भन्न सक्छ।  यो ग्यारेन्टर त्यस्तो व्यक्ति हो जसले तपाईंको भाँडा तिर्ने "ग्यारेन्टी" दिन्छ यदि तपाईंले कोठा भाँडा तिर्नु भएन, फोहोर गर्नुभयो वा तपाईंको कोठा बिगार्नुभयो भने।
जो पनि ग्यारेन्टर हुन सक्दैन।  ग्यारेन्टरको निश्चित आय हुन वा तपाईंसँग रोजगार वा रगतको सम्बन्ध हुन आवश्यक पर्दछ।
यस ग्यारेन्टरको बारेमा, एउटा  "ग्यारेन्टर कम्पनी" हुन्छ , यदि तपाईले पैसा तिर्नुभयो भने त्यो कम्पनी तपाईंको ग्यारेन्टर बन्नसक्छ।  यद्यपि त्यहाँ केहि अनिश्चित केसहरू पनि छन्, जब तपाईं यो ग्यारेन्टर कम्पनीबाट ग्यारेन्टी सम्झौताको लागि आवेदन गर्नुहुन्छ त्यतिबेला  तपाईंसँग अर्को ग्यारेन्टर हुनुपर्छ।
अपार्टमेन्ट भाँडामा लिनु एउटा वैध कानूनी कार्य हो जसलाई "भाँडा सम्झौता" भनिन्छ।  त्यसकारण तपाईंले के  को सम्झौता हो बुझ्नु पर्छ र तपाईं सम्झौताको विषयवस्तुहरूको लागि जिम्मेवार हुनुपर्छ।
सम्झौताको समयमा महत्त्वपूर्ण मामिलाहरूको विवरण/जानकारी  कानून अनुसार  तपाईंलाई दिन आवश्यक पर्दछ।  यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने यसलाई यत्तिकै नछोड्नुहोस्, प्रश्नहरू सोध्नुहोस् र सम्झौता गर्नु अघि विश्वस्त हुनुहोस्।
साथै,  पछि घर छोड्दा लाग्ने  खर्चको बारेमा (जब तपाईं कोठा छोड्नुहुन्छ) समस्या हुनसक्दछ, त्यसैले तपाईं घर  सर्नु अघि जाँच गर्नुहोस्।

यदि तपाईंसँग कुनै समस्या छ भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

ओकिनावामा बस्ने विदेशी बासिन्दाहरूको लागि
COVID-19 का लागि बिदा  क्षतिपूर्ति र सुविधाहरू

2020-07-13

हामी तपाईंलाई सरकार द्वारा प्रदान गरिएको सुविधाहरूको बारेमा सूचित गर्न चाहन्छौं जुन हामीले यस फ़ेसबुक पेजमा पहिले पनि संक्षिप्त रूपमा तपाईंलाई परिचय दिइसक्यौं।  प्रतिरोधकको रूपमा COVID-19 को प्रकोप रोक्नको लागि, रोजगारदाताहरूले उनीहरूका कामदारहरूलाई बिदा लिन लगाएपछि त्यस्ता कामदारहरू जसले बिदा वापत क्षतिपूर्ति अनुदान रकम पाएका छैनन, सरकारले त्यस्ता कामदारहरूलाई पैसा दिनेछ।
॰ बिदा अवधि अप्रिल १, २०२० पछि लागू हुनेछ।
॰ लाभ भुक्तानीको लागि योग्य व्यक्तिहरू निम्न अनुसार हुनेछन्: साना र मध्यम आकारका कम्पनिमा काम गर्नेहरू जो केवल नियमित कर्मचारी मात्र नभई प्राविधिक इन्टर्न्स, पार्टटाइमर्स, र पार्टटाइम विद्यार्थीहरू हुनेछन्।
॰ सामान्य नियमको रूपमा, "काम छोडाइएको प्रमाणको" (रोजगारदाताले आदेश दिए अनुसार कामदारलाई हटाइएको छ) सर्टिफिकेट आवश्यक छ।  यदि रोजगारदाताले प्रमाणपत्र जारी गर्न सहयोग गर्दैनन्, वा रोजगारदाताले बिदा लिने आदेश दिए पछि यदि तपाईले कम्पनि  छोडनुभयो वा तपाईंलाई कम्पनी छोड्न लगाइयो भने कृपया OIHF बाट परामर्श लिनुहोस्।
॰ त्यहाँ दुई प्रकारका निवेदन  प्रक्रियाहरू छन्, एउटा कम्पनी द्वारा हुनेछ।
॰ आवेदन १० जुलाई देखि स्वीकार गरिनेछ।
त्यहाँ अन्य धेरै "नियमहरू" छन्, तर सबै पोष्ट गर्न सकिदैन, त्यसैले OIHF बाट परामर्श लिनुहोस्।

यदि तपाईं आवेदन दिन चाहानुहुन्छ, तर आवेदन पत्र कसरी पढ्ने वा लेख्न थाहा छैन, वा तपाईंलाई कस्तो प्रकारको कागजात चाहिन्छ भनेर थाहा छैन भने कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

OIHF  ले  विदेशी बासिन्दाहरूको लागि ZOOM बाट "जापानी क्लास" संचालन गर्दछ।

2020-07-13

पढाइने सामग्री जापानी भाषा  नगरपालिका कार्यालयमा / तपाईं काम गरिरहनु भएको स्थानमा आवश्यक हुन्छ।
कक्षा हुने दिन हरेक शुक्रवार 
कक्षाको समय बिगिनरको लागि १९:००~१९:५०
इन्टरमिडियटको लागि २०:००~२०:५०
कक्षा बन्द हुने दिन ॰ जापानी छुट्टीहरु
॰ नयाँ वर्षको छुट्टीहरु
॰ ताइफुनहरू जस्ता प्रकोपको समयमा 
कसले  भाग लिन सक्छ ओकिनावामा  बस्ने  विदेशी बासिन्दाहरू
संख्या क्षमता लगभग ४० जना
शुल्क नि: शुल्क
स्थान  ZOOM
कसरी आवेदन दिने कृपया OIHF को  वेबसाइट (HP) मा अनलाइन फारमबाट आवेदन दिनुहोस्।
जो "प्राविधिक प्रशिक्षण" वा "विशिष्ट सीप" को लागि योग्य छन् उनीहरूले यो कक्षा प्रयोग गर्न सक्दैनन् किनभने यो संस्थाले जिम्मेवार भई जापानी भाषा पढ्ने लाई अवसर दिनुपर्दछ।

फुड पोइजनिङ्को बारेमा बिचार पुर्याउनुहोस!

2020-06-01

ओकिनावामा वर्षातको मौसम छ! यो मौसममा बढ्दो तापमान र ह्यूमिडिटी को कारण फुड पोइजनिङ् हुने सम्भावना हुन्छ। COVID-19 को प्रतिरोधकको रूपमा, ‘होम डेलिभरी’ अथवा ‘टेक आउट’ गरेर खाना खाँदा, फुड पोइजनिङ्को बारेमा सावधान हुनुहोस्।
विशेषगरि,
  • कृपया खाना अर्डर गर्दा आवश्यक जानकारी जस्तै: फूड एलर्जीको बारेमा जाँच गर्नुहोस्। साथै, यदि आवश्यक भएमा, खाना किन्दै गर्दा कृपया पसल स्टाफलाई सोध्नुहोस्।
  • बाहिर किनेको खानेकुराहरू घरमा लैजाँदा कृपया जतिसक्यो चॉंडो खानुहोस्।
  • लामो समयसम्म पाकेको खानेकुराहरूलाई बाहिर बोकेर नहिड्नुहोस र यसलाई घर भित्रै छोड्नुहोस्।
  • कृपया यस्तो चीज ल्याउनुहोस् जुन चिस्याउन सकिन्छ, जस्तै आइस प्याकहरू र फ़्रोजन गरिएको PET बोतलहरू।
  • भोजन गर्दा, बच्चाहरूलाई आमा बुबा सँगै खुवाउनुहोस्। बच्चाहरूलाई एक्लै खान बाट रोक्नुहोस।

काम छोडिसकेपछि वा कामबाट बर्खास्त गरिएपछि आवश्यक प्रक्रियाहरूको बारेमा

2020-06-01

यदि तपाईंले आफ्नो जागिर छोड्नुभयो वा तपाईंलाई बर्खास्त गरियो भने, तपाईंले १४ दिन भित्र अध्यागमनको कार्यालयमा आवश्यक कागजातहरू बुझाउन जरूरी हुन्छ। यदि तपाईंले कागजातहरू पेश गर्न ढिला गर्नुभयो भने पनि, यो प्रक्रिया पूरा गर्न नबिर्सनुहोस्। यदि तपाईंलाई आवश्यक कागजातहरू कसरी भर्ने वा कसरी बुझाउने बारे थाहा छैन भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

2020-05-28

COVID-19 संक्रमणको प्रसारको सम्बन्धमा ""आपतकालीन अबस्थाको घोषणा"" जापान सरकारले मे 25 तारिख बाट लागुहुनेगरी देशव्यापी रूपमा हटाएको छ।। यद्यपि जापान बाहेक अन्य देश र क्षेत्रहरुमा पनि संक्रमण संक्रमित जारी छ। जापानमा पनि नयाँ संक्रमित घटनाहरू आइरहेका छन्। सरकारले अझै पनि यसबारेमा ध्यान दिन आग्रह गरिरहेको छ।
COVID-19 ले अझै पनि संसारभरी आतंक फैलाइरहेको अवस्था छ र यो हराएको छैन। साथै यो भाइरसलाई जित्ने खोप अहिलेसम्म विकसित भएको छैन। जब तपाई बाहिर जानुहुन्छ , बाहिर जाँदा शहर-बजारमा संक्रमित हुने जोखिम सधैं हुन्छ। त्यसैले आपतकालिन घोषणा को अवस्था हटाइएपनि , यसको मतलब यो होइन कि हामी तुरून्तै सामान्य अवस्थामा फर्कन सक्छौं जुन पछिल्लो वर्षमा थियो।
सरकारले आपतकालिन अबस्था हटाईसकेपछि पछि पनि कोरोना बाट बच्नको लागि ""नयाँ जीवनशैली"" को तरीका उल्लेख गरेको छ।
प्रत्येक व्यक्तिले दैनिक जीवनमा संक्रमणको जोखिम लाई नियन्त्रण गर्दै बिस्तारै सामान्य जीवनमा फर्कनु पर्छ। यो त्यति गाह्रो पनि छैन।
  • ""बाहिर जाँदा मास्क लगाउने गरौं।""
  • ""धेरै व्यक्तिहरू भेला हुने ठाउँहरू मा नजानुहोस्।""
  • ""खाना खाँदा, खानामा ध्यान दिनुहोस् र शान्त रहनुहोस्।""
  • ""शपिंग एक्लै वा थोरै ब्यक्तिहरू मात्रै गएर गर्नुहोस्।""
OIHF ले तपाईंलाई पछि फेरि ""नयाँ जीवनशैली""को बारेमा विस्तारका साथ परिचय गराउनेछ।

2020-05-28

तपाईंहरू मध्य कोहि COVID-19 को प्रभावका कारण घर फर्कन चाहनुहुन्छ, तर घर फर्कन समस्या भइरहेको छ? साथै, यदि तपाईं भिसा नबिकरणको बारेमा पनि चिन्तित हुनुहुन्छ भने , कृपया OIHF बाट परामर्श लिनुहोस। परामर्श निःशुल्क छ। यदि तपाईंलाई सहयोग चाहिएमा कृपया हामीलाई टेलिफोन (098-942-9215), ईमेल (kokusai@oihf.or.jp) अथवा OIHF को FB मेसेन्जरबाट सम्पर्क गर्नुहोस्।

विशेष नगद भुक्तानी अनुदानको लागि कसरी आवेदन दिने।

2020-05-28

स्पेशल नगद भुक्तानी" को आवेदन फाराम कसरी लेख्ने भनेर थाहा नपाउनेहरूका लागि हामीले OIHF को वेबसाइटमा “नमूना(sample)” पोष्ट गरेका छौं। यदि तपाईंलाई पठाइएको आवेदन फारम “नमूना फारम” भन्दा फरक भएकोले फारम भर्न गार्हो भएमा , OIHF ले तपाईंलाई Zoom को माध्यमबाट सित्तैमा लेख्न सिकाउँन सक्छ। यदि तपाईंलाई सहयोगको आवश्यकता छ भने, कृपया हामीलाई टेलिफोन (098-942-9215), ईमेल (kokusai@oihf.or.jp) अथवा OIHF को FB मेसेन्जरबाट सम्पर्क गर्नुहोस्।
विशेष नगद भुक्तानी अनुदानको लागि कसरी आवेदन दिने।

2020-05-28

COVID-19 को कारणले कसैलाई कामबाट निकालिएको छ? यसको साथै, कोही त्यस्तो ब्यक्ति हुनुहुन्छ जसलाई कम्पनीले तलब भुक्तान गरेको छैन वा कम्पनीले तलब दिन इन्कार गरेको कारणले कोहि समस्यामा हुनुहुन्छ? OIHF ले यस्ता समस्याको बारेमा नि:शुल्क परामर्श प्रदान गर्दछ। यदि तपाईं चाहनुहुन्छ भने, हामी कम्पनीलाई तपाईं सँगै भुक्तानी गर्न को लागि अनुरोध गर्न सक्नेछौं, जस्तै श्रम निरीक्षण कार्यालयमा गएर। यदि तपाईंलाईं कुनै समस्या छ भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्। (यो नि: शुल्क सेवा हो।)

2020-05-21

त्यस्तो कोही ब्यक्तिहरू हुनुहुन्छ जो भन्नुहुन्छ: ""मेरो कम्पनी द्वारा मलाईं काम छोड्न भनियो"" वा ""मैले आफै काम त्यागेँ किनकी कोभिड-१९ को कारणले गर्दा मेरो कम्पनीमा काम नै थिएन” ?
जापानमा “रोजगार बीमा” भनिने प्रणाली छ। तपाईं हाल काम गर्दै हुनुहुन्न तर तपाईं अर्को काम खोज्दै हुनुहुन्छ र यदि तपाईं बीमा अन्तरगतका सर्तहरू अनुसार योग्य हुनुहुन्छ भने तपाईंले बीमा बाट पैसा प्राप्त गर्न सक्नुहुनेछ।
तपाईंले प्राप्त गर्नसक्ने पैसाको रकम तपाईंले पहिले प्राप्त गर्ने गरेको तलब र कामको अबधिमा निर्भर गर्दछ। यो प्रक्रिया स्थानीय “हेलो-वोर्क” द्वारा गरिनेछ।
यो सुबिधा बारे कुराकानी गर्न र पेपर-वोर्क गर्न तपाई हेलो-वर्कमा जानु पर्छ।
यदि तपाईंसँग केहि यस्ता प्रश्नहरू छन्, जस्तै ""के म पैसा पाउँछु?"" ""म कहिले हेलो-वोर्क मा जानु पर्छ?"" ""मलाई कस्तो कागजातहरू आवश्यक पर्छ?"" ""म कहिले पैसा लिन सक्छु?"" यी जानकारीहरूको लागि कृपया OIHF लाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
PAGE TOP