काम

[ओकिनावा प्रान्तमा न्यूनतम ज्याला-दर बढाइनेछ।]

2021-09-17

ओकिनावा श्रम ब्यूरोले आधिकारिक पत्रमा घोषणा गरेको छ कि ओकिनावा प्रान्तमा प्रति घन्टा न्यूनतम ज्याला-दर वर्तमान ७९२ येन बाट ८२० येन गराई, २८ येन को बृद्धि गरिनेछ। अक्टोबर ८ देखि ओकिनावा प्रान्तमा काम गर्नेहरुको न्यूनतम ज्याला प्रति घण्टा ८२० येन हुनेछ। जो अब काम शुरू गर्न  लागिरहेका छन्, साथ-साथै जो पहिले देखि नै काम गरीरहेछन्, उनीहरुको आफ्नो कामको स्थिति जाँच गरेर आफ्नो ज्याला-दर जाँच गर्न सल्लाह दिइन्छ।

[सबै विदेशी वासिन्दाहरूको लागि जसलाई आफ्नो काम र कार्यस्थलहरूमा समस्या भइरहेको छ]

2021-07-02

OIHF द्वारा प्राप्त परामर्शको लागि अनुरोध मध्य सबैभन्दा ठूलो संख्याहरू "रेज़िडेंट स्ट्याटस (भिसा) को बारे मा छ।
दोस्रो सबैभन्दा सोधिने विषय "काम र कार्यस्थल" को बारेमा छ।
तपाईंले प्राप्त गरेको भिसा अनुसार, केही विदेशी बासिन्दाहरूले आफ्नो रोजगारी गुमाए भने उनीहरूले भिसा नवीकरण गर्न सक्षम नहुन सक्छन्, त्यसैले यी दुई मुद्दाहरूलाई छुट्टै रूपमा बिचार गर्न सकिदैन।
जापानमा, "श्रम मापदण्ड कानून" भन्ने कानून रहेको छ र राष्ट्रियतालाई ध्यान नदिई श्रमिकहरुलाई कानून द्वारा सुरक्षित गरिन्छ। यी कानूनहरू मध्ये केही यहाँ प्रस्तुत छन्।
श्रम मापदण्ड कानून
धारा २: कामका सर्तहरू समान आधारमा कामदार र रोजगारदाताले निर्धारण गर्नेछन्।
यस सन्दर्भमा "कामदार" शब्दको अर्थ "एक व्यक्ति जसले पैसाको लागि काम गर्दछ।तसर्थ, त्यहाँ फूलटाइम कामदार र पार्ट-टाईम कामदारको बिचमा कुनै भिन्नता हुदैन। रोजगारदाता भन्नाले कुनै व्यक्ति जसले रोजगारदाताको तर्फबाट कार्य गर्दछ र जसको पोजिशन, अध्यक्ष, निर्देशक, वा महाप्रबन्धक बाहेक पनि हुनसक्छ।
र "श्रम" (काम) पनि एक सम्झौता हो। त्यसकारण, त्यहाँ सम्झौतामा धेरै नियमहरू छन्, जस्तै "कति तलव", "कुन समय काम गर्ने", "कहिले छुट्टी लिने", "कहाँ काम गर्ने", र "कस्तो किसिमको काम गर्ने" । यसलाई काम गर्ने सर्तहरू भनिन्छ।
यो कानूनले भन्छ कि जब यी नियमहरू (काम गर्ने सर्तहरू) मा निर्णय गरिन्छ, कामदारहरू र रोजगारदाताहरूले एक "बराबर आधार" मा निर्णय गर्नुपर्दछ। यसको मतलब यो होइन कि पैसा तिर्ने व्यक्तिको स्थिति मजबूत छ वा बढी महत्त्वपूर्ण छ।
धारा ३: रोजगारदाताले कामदारको राष्ट्रियता, धर्म संप्रदाय/, वा सामाजिक स्थितिको आधारमा ज्याला, काम गर्ने घण्टा वा अन्य कामका सर्तहरूको सन्दर्भमा कामदारको बिरुद्ध भेदभाव गर्ने छैन।
यहाँ "संप्रदाय" शब्द आस्था वा धर्ममा सीमित छैन, तर "यो कुराको एक व्यापक अर्थ छ जुन कुनै व्यक्तिले दृढ विश्वास गर्दछ र पालना गर्छ।
सोसल स्ट्याटस भन्नाले व्यक्तिको स्ट्याटस उसको जन्ममा आधारित हुन्छ।
आधुनिक जापानमा यो स्ट्याटस प्रणाली अब छैन।
र , अबस्यनै अन्य धाराहरू र अन्य कानूनहरूले लिङ्गमा आधारित भेदभावलाई निषेध गर्दछ।
यदि तपाईंलाई कार्यस्थलमा/ कम्पनीमा भेदभाव गरिएको छ वा अनुचित व्यवहार गरिएको छ, वा यदि तपाईंले तपाईंको मालिकलाई तपाईं विवाहित वा गर्भवती हुनुहुन्छ भनेर बताउनुहुन्छ, र तपाईंलाई कम्पनी छोड्न भनिएको छ वा तपाईंको सम्झौता अब नविकरण हुनेछैन भनेर
भनियो भने, कृपया OIHF संग परामर्श लिनुहोस्।

[अक्टुबर १ देखि, बेरोजगारी भत्ताको  लागि सुबिधा  प्रतिबन्ध सिमाअवधि छोटो हुनेछ।]

2020-10-01

अहिलेसम्म  (सेप्टेम्बर ३०, २०२० सम्म) बेरोजगार लाभ प्राप्त गर्न तीन महिना प्रतिबन्ध अवधि थियो। अर्थात नोकरी छोडेको अथवा निकलिएको मितिबाट ३ महिना पछिमात्र बेरोज़गार भत्ता प्राप्त हुन्थ्यो। र तपाईले  निवेदन दिएको ७ दिन पछिनै बेरोज़गार भत्ता प्राप्त गर्नुहुन्थ्यो।
जे होस्, अब यो प्रतिबन्धित  अवधि अक्टुबर १, २०२० बाट २ महिनामा छोट्याइनेछ।

जो  ब्यक्तिहरू  काम छोडेर यो प्रतिबन्धित अवधि पर्खिराख्नुभएकोछ, अब तपाईले आवेदन फारम भरेपछि  बेरोजगारी लाभ पाउन केवल ७ दिन मात्र पर्खनुपर्नेछ।

यदि तपाईंलाई सहयोगको आवश्यकता छ वा बेरोजगारी भत्ताको लागि निवेदन  प्रक्रिया र अन्य कुनै प्रश्न जस्तै तपाईं बेरोजगारी भत्ताको अनुमानित रकम जान्न चाहानुहुन्छ भने कृपया OIHF मा सम्पर्क गर्नुहोस्।

 कोही त्यस्तो व्यक्तिहरू  हुनुहुन्छ जसलाई COVID-19 को कारण काम गर्नमा समस्या भइरहेको छ?  ]

2020-07-31

प्रश्न: [मैले सुनेको छु  कि टोकियो र ओकिनावामा मानिसहरूले एउटै प्रकारको काम गरेपनि  प्राप्त गर्ने पारिश्रमिक भने फरक -फरक हुन्छ।  के यो साँचो हो?]
उत्तर: [यो साचो हो।  जापानमा "प्रति घण्टा न्यूनतम ज्याला" छ।  यस न्यूनतम ज्याला प्रिफेक्चर अनुसार निर्भर/फरक  हुन्छ।]

हालसालैको  विवरण अनुसार (अक्टोबर  2019),  सबैभन्दा बढि   ज्याला प्रति घण्टा १०१३-येन छ,  जुन टोकियोमा हो।
सबैभन्दा कम प्रति घण्टा ज्याला ७९०-येन हो र जुन फुकुओका बाहेक क्युशु क्षेत्रमा ओकिनावा  सहित ६ वटा प्रिफेक्चर मा छ।
यदि तपाईं कन्भिन्यन्स स्टोरमा  पार्ट टाईमरको रूपमा ६ घन्टा काम गर्नुहुन्छ भने पनि, टोकियो र ओसाका बीच १,३३८-येनको भिन्नता हुनेछ।
बिदेशी विद्यार्थीहरूलाई हप्तामा २८ घण्टा सम्म पार्टटाइम काम गर्न अनुमति दिइन्छ।  यदि तपाईंले २८ घण्टानै काम गर्नुभयो भने, प्रति हप्ता ६,२४४ येनको फरक  पर्नेछ।  वास्तवमा, ढिलो काम जस्तै रातीको १० बजेपछिको काममा   आधारभूत ज्यालामा आधारित गणना गरिन्छ, त्यसैले त्यहाँ  बढि फरक पनि पर्न सक्दछ।
यस न्यूनतम ज्यालाको अर्थ "रोजगारदाताहरूलाई कुनै पनि काममा कामदारहरूलाई उनीहरूको न्यूनतम ज्याला दर  भन्दा तल काम गराउन  निषेध गरिएको हुन्छ।"  त्यसैले न्यूनतम ज्याला भन्दा तल जानु गैरकानूनी हो, तर न्यूनतम ज्याला भन्दा बढी दिंदा केहि फरक पर्दैन।
त्यसैले जब श्रमिकको अभाव हुन्छ, कम्पनीहरूले मजदुरहरूलाई सुरक्षित राख्न  ज्याला दर बढाउँछन्।
अन्यथा, कसैले पनि कम्पनीको लागि काम गर्दैन।
मजदुरहरूले एउटा काम छोड्ने बित्तिकै अर्को काम गर्ने ठाउँ फेला पार्न सक्दछन्, त्यसैले उनीहरूले राम्रो तलबको  खोजीमा रोजगारी बदल्छन्।
र समग्रमा ज्याला बढ्नेछ।  जापानमा यस बर्षको शुरु सम्म यस्तै अवस्था थियो।

अहिलेको अवस्था कस्तो छ?

COVID-19  को बिस्तार संगै  धेरै कम्पनीहरूको अवस्था  बिग्रियो, र केही कम्पनीहरू पुरै धाटामा गएर ऋण पनि तिर्न नसक्ने अवस्था भई बन्द हुँदैछन,  केहि व्यवसायनै  बन्द गर्ने अवस्थामा छन, केहि व्यवसाय घटाउने बाटोमा छन, केहि  रोजगार निलम्बन गर्ने , र केहि रोजगारी नै  बन्द गर्ने  जस्ता अवस्थामा  गइरहेका छन्।
यस्तो भएपछि, रोजगारी खोज्ने कामदारहरूको संख्या बढ्नेछ।  कम्पनीहरूलाई  नयाँ कर्मचारीहरू राख्नुपर्ने आवश्यक हुनेछैन,  साथै कम्पनीसंग कुनै हालतमा पनि नयाँ कामदारहरू  लिने  क्षमता हुनेछैन, त्यसैले बेरोजगारी दर बढ्नेछ।
यदि बेरोजगारी दर बढ्यो भने कम्पनीहरूले कामदारहरूलाई बढि ज्याला नदिने  गरी राख्न सक्दछन्, तसर्थ ज्याला निश्चय नै समग्रमा कम हुनेछ।
यो अवस्था केही समयको लागि जारी रहनेछ।

जसले यस प्रकारको जागिर खोज्दैछन् यो उनीहरूको लागि गाह्रो सामाजिक वातावरण हो।
OIHF संग जहाँसम्म कामको बारेमा पनि शोधपूछ गर्नेहरू संपर्कमा  आइरहेका छन्।
OIHF ले कम्पनी वा नोकरीकोलागि सिधा परिचय गराउन सक्दैन, तर हामी तपाईंलाई तपाईंको इच्छा अनुसार रोजगार खोज्न र हेलो-वोर्क तथा रोजगार खोजी साइटहरूको बारेमा जानकारी प्रदान गर्न  सक्छौं।
यस बाहेक, हामी बेरोजगार  सुबिधाको बारेमा पनि परामर्श प्रदान गर्दछौं। जसमा  रोजगार बीमा, स्वास्थ्य बीमा, निवृत्तिभरण र दैनिक जीवन  तथा कल्याण कोषहरूको लागि विशेष ऋण आदि पर्दछन्।

यदि तपाईंलाईं कुनै समस्या छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

जापानी कम्पनीमा काम पाउँदा  सचेत हुनुपर्ने कुराहरू

2020-07-03

केही व्यक्तिहरू भन्छन्, COVID-19 को कारणले "मैले मेरो कम्पनी छोड़े" वा "मैले जागिर गुमाएँ किनभने मेरो कम्पनी लोप भइसक्यो।" ।  कोही पनि पैसा बिना बाँच्न सक्दैन, त्यसैले सबैले अर्को काम खोज्छन्। यो बर्षको शुरूवात सम्म, यो एक बिक्रेताको बजार हो भनिन्थ्यो (त्यहाँ काम गर्न को लागि धेरै नोकरीहरू थिए र काम पाउन सजिलो थियो), तर अब त्यस्तो अवस्था छैन।  काम खोज्न गाह्रो छ। यदि उनीहरूले अहिले रोजगार पाईहाले भने, यो कुनै नौलो कुरा होइन किनकी सबैजनाले तुरून्त काम गर्न चाहान्छन्।

तर एकछिन पर्खनुहोस्!  के यो कम्पनी वास्तवमै ठीक छ?

① "परीक्षण अवधि" कति हो थाहा छैन
"परीक्षण अवधि" भनेको कार्यरत नयाँ कर्मचारीहरूको क्षमताहरू पहिचान गर्ने अवधि हो। सामान्यतया, परीक्षण अवधिमा ज्याला कम दिईन्छ।  यसको मतलब हो, "तपाईं अझै एक "प्रशिक्षार्थी" हुनुहुन्छ। यदि तपाईं कम्पनीको एक शक्ति बन्नुभयो भने, तपाईंलाई पछि बढि ज्याला दिइनेछ।" कानूनले कति लामो समयसम्म परिक्षणकाल  हुन सक्छ भनेर स्पष्ट रूपमा वर्णन गर्दैन, तर यो सामान्यतया 3-6 महिनासम्म हुन्छ। कम्पनीहरूले यो “परीक्षण अवधि“ विस्तार गर्ने बारेमा तपाईं सावधान रहनुपर्दछ।  कम्पनीले तपाईंलाई सस्तो श्रम-शक्तिको रूपमा देख्न पनि सक्छ। साथै,  परीक्षण अवधि मा कम्पनीले एकतर्फी  कारणले  कर्मचारीलाई बर्खास्त गर्न सक्दैन जस्तै: तपाईंको काम गराईको तरिकाले कम्पनीको अपेक्षाहरू पूरा गर्दैन। यदि तपाईंलाई तपाईंको कम्पनी वा मालिकबाट कुनै प्रकारको शोषण गरिएको छ वा परिक्षण अवधिको कारणले तपाईंलाई एकदमै कम तलब दिईएको छ भने, कृपया OIHF बाट परामर्श लिनुहोस।

② कम्पनीले तपाईलाई सामाजिक विमा अन्तर्गत दर्ता गर्दैन।
केही अपवादको साथ, कम्पनीहरूले स्वास्थ्य बीमा, पेंशन र रोजगार बीमा जस्ता सामाजिक बीमामा आफ्ना कामदारहरूको नाम दर्ता गर्न बाध्य हुन्छन्।  कम्पनी र कामदारहरूले बराबर प्रीमियम रकम तिर्नु पर्दछ।  त्यसको अर्थ, कम्पनीले आफू लागत भुक्तान तिर्नबाट बच्न खोज्दछ र श्रमिकहरूलाई सामाजिक बीमा प्राप्त गर्नबाट रोक्न सक्छ।  सामाजिक बीमा सुबिधा  नलिदा तपाईंको तलब बढ्नेछ।  यद्यपि  तपाईंले आफ्नो जागिर गुमाउनु भयो भने, तपाईंले बेरोजगारी भत्ता, र निवृत्तिभरण राशि प्राप्त गर्नुहुनेछैन जुन तपाईं भविष्यमा प्राप्त गर्न सक्नुहुन्थ्यो।  थप रूपमा, त्यहाँ धेरै बेफाइदाहरू छन्, जस्तै जब तपाई बिमारीको कारण कम्पनी छोड्नुहुन्छ भने चोटपटक र बिरामी भत्ताहरू प्राप्त गर्न सक्षम नहुनु, वा बच्चा भएको अवस्थामा र आराम गर्दा शिशु हेरचाह बिदा सुविधाहरू प्राप्त गर्न सक्षम नहुनु। केहि केसहरूमा कम्पनीको मालिक अनभिज्ञ हुन्छ र बीमा गरिदैन।  जे होस्, त्यहाँ धेरै केसहरू हुन्छन् जसमा यो थाहा  हुन्छ कि यो ग़ैरक़ानूनी हो  (कम्पनीले बीमा प्रीमियम वहन गर्न चाहँदैन), त्यसैले आफ्नो  तलबको विवरण राम्रोसंग जाँच गर्नुहोस्।

③ कुनै तलबी बिदा छैन 
यदि तपाईंले नोकरी गरेको ६ महिना भन्दा बढ़ी भैसकेको छ  र तपाईले काम गर्नुपर्ने अबधिमा ८०% वा त्यो भन्दा बढि दिनहरू काम गरिसक्नु भएको छ भने, कम्पनीले तपाईलाई तलबी बिदाको सहुलियत दिन बाध्य हुनेछ। कम्पनीलाई तपाईको तलबी बिदाको समय परिवर्तन गर्ने अधिकार हुन्छ (कम्पनीको व्यस्तता को कारणले) तर कम्पनीलाई तपाईंको तलबी बिदा कटाउने अधिकार हुँदैन। जहाँसम्म, कम्पनीले यसो भन्नुचाँहि  ग़ैरक़ानूनी हुन्छ, उदाहरणको लागि, यदि तपाई बिरामी हुनुभयो भने, तपाईंको त्यो दिनको रकम मासिक तलबबाट घटाईनेछ, वा यदि तपाईंले तलवी-बिदा लिने प्रस्ताव गर्नुभयो भने तपाईंलाई भनिनेछ कि “कम्पनीमा त्यस्तो कुनै प्राबधान छैन।”


④कम्पनीले कामदारलाई नोकरी छोड्न बाध्य बनाउन कोशिश गर्छ
जापानी कानून अन्तर्गत, कामदारलाई  हटाउन सजिलो छैन।  कानूनले भन्छ कि कम्पनीले ३० दिन अगाडि कामदारलाई जानकारी गराउन सक्दछ कि कम्पनीले "नोकरी बाट बर्खास्त " गर्नेछ, वा ३० दिनको तलब दिएर  कामदारलाई  तुरुन्त बर्खास्त गर्न सक्दछ।  त्यो अवस्थामा पनि, "बर्खास्तको लागि उचित कारण" आवश्यक छ।  यसको कारणहरू  तपाईको  कम्पनीको पैसा चोरी हुनु  वा कसैलाई गोप्य कुरा भन्नु समावेश हुन्छ।  यद्यपि, साधारणतया कुराहरू  याद नहुनु वा ढिलो काम गर्नु पक्कै तर्कसंगत कारण होईन।  जब  क़ानूनी  परीक्षणको कुरा आउँदछ, कम्पनीहरू प्रायः क़ानूनी रूपमा हार्दछन।
त्यसैले कम्पनीले तपाईंलाई बिभिन्न तरिकाले उत्पीडन/शोषण  गर्नसक्ने छ, र तपाईंलाई “  म कम्पनी छोडदैछु” भनेर भन्न बाध्य पार्नेछ। होस पुर्याउनुहोस! कम्पनी छोड्न बाध्य पारिनु ( कम्पनीको फाईदाको लागि) र आफ्नो स्वविवेकले ( आफ्नो सुबिधाको लागि)  कम्पनी छोड्नु मा धेरै अन्तर हुन्छ, यद्यपि तिनीहरू समान सेवानिवृत्त  देखिन्छन।
यदि तपाईं कम्पनी छोड्न चाहनु हुँदैन तर “अवकाश पत्र” मा हस्ताक्षर गर्नुभयो भने, यसको मतलब यो हुन्छ कि तपाईंले आफ्नै ईच्छामै नोकरी छोड्नु भयो ।

⑤ कुनै ओभरटाइम भुक्तान हुँदैन 
यदि तपाईं कानूनी रूपमा तोकिएको समयभन्दा बढी काम गर्नुहुन्छ भने, तपाईंसँग ओभरटाइम भत्ता (ओभरटाइम पे) पाउने अधिकार छ।  यदि तपाईं दिनमा १० घण्टा वा हप्तामा ६० घण्टा काम गर्नुहुन्छ र तपाईंको मासिक तलब उही रहन्छ भने, यो ग़ैरक़ानूनी हुन्छ।  कम्पनीले भन्ने गर्छ कि, "म अहिले खराब अर्थतन्त्रमा छु", वा "कम्पनीको वार्षिक तलब प्रणाली छ," यसको मतलब तपाईले ओभरटाइम  को भत्ता  पाउदैंन भन्ने होइन।  फ्लेक्सटाइम प्रणाली प्रयोग गर्ने कम्पनीहरूका लागि पनि, सूत्र जटिल छ, तर तपाईं ओभरटाइम भत्ता पाउन सक्नुहुन्छ। ओभरटाइमको भुक्तान नगरिएको समस्या परामर्शको लागि कमन केस हो।  कृपया सावधान रहनुहोस्।

माथिका केसहरु बाहेक, हामी कामसँग सम्बन्धित अरू बिभिन्न परामर्शहरु पनि प्राप्त गर्छौ। कृपया  नयाँ काम गर्न सुरू गर्दा "कामका सर्तहरूको सूचना" को   राम्रो संग चेकजाँच गर्नुहोस्।
"कामका सर्तहरूको सूचना" ले स्पष्ट रूपमा कार्य-अवधि , ज्याला, र अवकाश को बारेमा वर्णन गर्दछ। यहाँ उल्लेख गरिएका कुराहरू  कम्पनीले श्रमिकहरूलाई स्पष्ट गर्नु पर्ने कुरा कानुनले निर्दिष्ट गरेको छ।
हेलो वोर्कले’  पनि यी कुराहरू  सूचित गरिरहेको हुन्छ।
"कामका सर्तहरूको सूचना" का केहि अंशहरू खाली वा हस्तलिपि हुन सक्छ।  त्यस्तो अवस्थामा, यसलाई अनजान नछोड्नुहोस।
यदि तपाईंसँग कुनै प्रश्न वा सरोकार छन् भने, काम गर्नु अघि तपाईंको कम्पनी वा सुपरवाइजरसँग बुझ्नुहोस।

COVID-19 को कारणले कम्पनीको  निलम्बन अभियानमा परेका तिनीहरूका कामदारहरूलाई तलब क्षतिपूर्ति

2020-06-16

के तपाईंहरूमध्य कसैले भनिरख्नु भएको त छैन कि तपाईंको कम्पनी COVID-19 संक्रमण नियन्त्रण गरिनको लागि बन्द छर तपाईंलाई त्यस समयमा तलब भुक्तानी गरिएको छैन? तपाईंले कम्पनी छोड़नु भएको छैन भने तपाईंले जापान सरकारबाट रक़म प्राप्त गर्न सक्नुहुन्छ। अहिले सम्म, जसले कम्पनी छोड़े  उनिहरूले "बेरोजगारी भत्ता" भन्ने रक़म प्राप्त गरे।  यद्यपि नयाँ अनुदान प्रणाली अन्तर्गत, कम्पनी नछोडेका तर त्यस समयमा तलब ( तलब क्षतिपूर्ति ) प्राप्त नगर्ने व्यक्तिले सरकारबाट पैसा प्राप्त सक्दछन्। यो केवल फ़ुल-टाइम कर्मचारीहरू लाई मात्र लागू हुँदैन,  पार्ट-टाइमरको रूपमा काम गर्ने मानिसहरूलाई पनि लागू हुन्छ।  यदि तपाईसँग रोजगार बीमा छैन भने पनि तपाई योग्य हुनुहुन्छ। यो प्रक्रिया बेरोजगारी भत्ता को लागि जस्तै हो र ‘हेलो वोर्क’ बाट यो प्रक्रिया गर्न सकिन्छ। यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

*COVID-19 को कारणले कम्पनी संचालन निलम्बनमा रहेका तिनीहरूका कामदारहरूलाई तलब क्षतिपूर्ति: जब कम्पनी आफ्नो सुविधाको लागि बन्द हुन्छ, कम्पनीले कामदारहरूको तलब भुक्तान गर्दछ। जापानी कानून अन्तर्गत कम्पनीहरूले ब्यक्तिको तलबको 60% भन्दा बढी तिर्नु पर्ने हुन्छ।  यद्यपि  COVID-19 को कारणले यो बुझ्न गाह्रो थियो कि कम्पनीका कारणले कामदारहरूले विश्राम लिनुपर्‍यो वा कसैले उनीहरूलाई विश्राम लिन आदेश दियो।  जसको फलस्वरूप, बिदाको बेलाको तलब भत्ता क्षतिपूर्ति प्रदान नगर्नु कानूनको उल्लंघन हो कि हैन भनेर हामी भन्न सक्दैनौं। "त्यसकारण, सरकारले "रोजगारी समायोजन अनुदान" भन्ने प्रणाली सिर्जना गर्‍यो। यद्यपि यस प्रणालीमा निम्न प्रक्रियागत समस्याहरू थिए।

 कम्पनीले रिप्लेस गरिएका कामदारहरूलाई  एकपटक पैसा प्रदान गरेपछि कम्पनीले सरकारबाट पैसा पाउने छ।  कम्पनीले आफै प्रक्रिया गर्नुपर्ने हुनाले  कामदारहरूले  कति रकम प्राप्त गर्छन उनिहरूलाई थाहा हुँदैन।

 त्यस्ता कम्पनीहरू पनि छन् जुन प्रक्रियामा छैनन्। "
 

2020-05-28

COVID-19 को कारणले कसैलाई कामबाट निकालिएको छ? यसको साथै, कोही त्यस्तो ब्यक्ति हुनुहुन्छ जसलाई कम्पनीले तलब भुक्तान गरेको छैन वा कम्पनीले तलब दिन इन्कार गरेको कारणले कोहि समस्यामा हुनुहुन्छ? OIHF ले यस्ता समस्याको बारेमा नि:शुल्क परामर्श प्रदान गर्दछ। यदि तपाईं चाहनुहुन्छ भने, हामी कम्पनीलाई तपाईं सँगै भुक्तानी गर्न को लागि अनुरोध गर्न सक्नेछौं, जस्तै श्रम निरीक्षण कार्यालयमा गएर। यदि तपाईंलाईं कुनै समस्या छ भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्। (यो नि: शुल्क सेवा हो।)
PAGE TOP