त्यस्तो कोहि कुनै ब्यक्ति हुनुहुन्छ जो COVID-19 को कारणले घरेलु हिंसा (DV) को समस्या भोगिरहनु भएको छ?
2020-06-29
COVID-19 को कारणले गर्दा, तपाईले काम गुमाउन सक्नुहुनेछ र घरमा धेरै समय बिताउनु पर्नेछ, र घरमा घरेलु हिंसा (DV) बढ्न सक्छ। DV( घरेलु हिंसा) भनेको प्रेमी वा जीवनसाथी (विवाहित जोडी, पति वा पत्नी) लाई हिर्काएर गरिने हिंसा हो।
"कोरोना DV" शब्द जापानी र विदेशी दुबै अखबार र टिभी समाचारहरूमा प्रयोग गरिन्छ।
जापानमा, "वैवाहिक-हिंसा रोकथाम र पीडितको संरक्षण सम्बन्धी कानून छ।" पार्टनर एक अविवाहित जोड़ी भएता पनि कानूनले हिंसाको अनुमति दिँदैन। यदि हिंसा भयो भने पीडितको रक्षा गरिनेछ।
बिभिन्न किसिमका घरेलु हिंसा हुन्छन।
श्रीमान, श्रीमती वा प्रेमी
□ लात्ती र मुड़की हान्नु।
□ अपशब्द भन्नु
□ " चिनजानको कसैलाई पनि सम्पर्क नगर्नु” भन्नु
□ घरमा घरखर्च ( रक़म) नराख्नु।
त्यहाँ चार बुँदाहरू छन् जसले मानिसहरूलाई घरेलु हिंसाको खतरामा पार्दछन्
〇 बिहे गरेपछि रवैया परिवर्तन भयो
घरेलु हिंसा गर्ने ‘त्यो व्यक्ति’ , सुरूमा जब तपाई उसलाई भेट्नु हुन्छ तपाईप्रति धेरै दयालु हुन्छ। समय थोरै छ। तर ‘त्यो व्यक्ति’ चाँडो बिहे गर्ने प्रयास गर्दछ। र ईर्ष्या पनि बढ़ी गर्छ। उसले तपाईलाई सोच्न बाध्य पार्छ, "म तपाईलाई धेरै माया गर्छु"। तपाईंको वरपरका व्यक्तिहरू विवाहको बिरूद्धमा भए पनि, ‘त्यो व्यक्तिले’ तपाईंलाई विवाह गर्न कोशिस गर्नेछ। जे भएपनि, जब तपाईं विवाह गर्नुहुन्छ, ‘त्यो व्यक्तिको’ रवैयामा परिवर्तन हुन्छ।
〇‘त्यो व्यक्तिले’ आफ़ूले गरेको हिंसालाई अस्वीकार गर्दछ (उसले आफूले गरेको हिंसालाई मान्यता दिदैन)
जब ‘त्यो व्यक्तिले’ पिट्छ’ ‘त्यो व्यक्तिले’ उसले खराब काम गरिरहेको छ भनेर महसुस गर्दैन। "म यति डरलाग्दो काम गरिरहेको छैन," "यो हिंसा होइन"। त्यसैले ‘त्यो व्यक्तिले’ स्वीकार्दैन कि ऊ झूटो बोल्छ र तपाईंलाई पिट्छ।
〇 ‘त्यो व्यक्तिले’ अरूलाई दोष दिन्छ
"मलाई तिमीलाई पिट्न भनिएको थियो," "मैले रक्सीको कारण तिमीलाई हिंसा गरिरहेको थिए," "मैले तिमीलाई के गलत हो भनेर सिकाउन हिर्काएँ," र "म तिमीलाई विवाह गरेर खुसी छैन किनभने तिमी खराब व्यक्ति हो।’त्यो व्यक्ति’ सँधै तपाईंलाई (DV को शिकार) अपराधी बनाउने कोशिश गर्दछ।
◯ ‘त्यो व्यक्ति’ परिवार बाहेक अन्य व्यक्तिको लागि दयालु हुन्छ
‘त्यो ब्यक्तिको’ परिवार बाहेक अरु व्यक्तिको अगाडि राम्रो प्रतिष्ठा हुन्छ, तर उसले तपाईं र तपाईंको परिवारको अगाडि उसको आफ्नो रवैया परिवर्तन गर्दछ। अरू व्यक्तिहरूले सोच्दछन् कि ‘यो व्यक्ति’ परिश्रमी र परिवार प्रति उत्तरदायी छ।" यदि तपाईंले (पीडितले) आफू वरपरका मानिसहरूलाई भन्नु भयो कि ‘त्यो ब्यक्तिले’ तपाईंलाई पिटेको छ, अरूले तपाईंलाई विश्वास गर्ने छैनन् किनकि ‘ त्यो व्यक्ति’ अरूको लागि राम्रो हो।
तपाईं (पीड़ित) किन उम्कन सक्नुहुन्न?
त्यसोभए हिंसाको सिकार भएकाहरूको मनोदशा कस्तो हुन्छ? त्यहाँ अरूको एक स्वर हुन्छ "तपाईं किन भाग्न सक्नुहुन्न?" यद्यपि, पीडित "भाग्दैन”। “पीड़ित भाग्न सक्दैन।”
जति लामो पिटाई खाईन्छ र नराम्रा कुरा सुनिन्छ, तपाईंको मानसिक स्वास्थ्य पनि त्यतिनै खराब हुनेछ। तपाईंले बाँच्ने क्षमता गुमाउनुहुन्छ। जब बारम्बार भनिन्छ, "तिमी मुर्ख हौ! यो बकवास हो!", पीडितको मुटुमा चोट लाग्दछ। नैतिक उत्पीडन( moral harassment) भनेको तपाईंलाई (पीडितलाईं) शब्द द्वारा चोट पुर्याउनु वा तपाईंलाई (पीडितलाईं) सोच्न लगाउनु हो कि "म सबैभन्दा खराब मानिस हुँ।”
हिंसाको एक चक्र हुन्छ। हिंसा झन् खराब अथवा सजिलो हुँदै जान्छ। उदाहरणका लागि, अपराधीले तपाईंलाई (पीडितलाई) चोट पुर्याउने शब्दहरू बोल्छ वा धम्की दिन्छ। त्यसपछि उसले नराम्रो शब्द मात्रै प्रयोग गर्दन, तपाईलाईं पिट्छ पनि। र जब अवस्था झन खराब हुँदै जान्छ, त्यस व्यक्तिले चक्कु ल्याउन सक्छ र भन्न सक्छ "म तिमीलाई मार्नेछु" यदि तपाईं (पीडित) म "अलग्गै बस्छु" वा “डिभोर्स गर्छु" भन्नुहुन्छ भने, हिंसा अझ बढ्नेछ।
त्यसपछि मैले (अपराधी) सोचें, "म खराब थिएँ। आऊ हामी फेरी सँगै राम्रोसंग बस्ने कोशिश गरौं ।"
तर हिंस्रक मानिसहरूले आफ्ना वाचा पूरा गर्दैनन्। तिनीहरू दयालु हुन खोज्छन तर फेरि पिटेर उही चक्र दोहोर्याउँछन्। र हिंसा अझ बढ्दछ। तपाईं (पीडित) तपाईंको चित्त दुखाउनेहरूबाट पहिले भन्दा झन टाढा हुनुहुनेछ।
यदि तपाईं वा तपाईंले चिनेको कसैले DV ( घरेलु हिंसा) को समस्या भोगिरहेको छ भने, आँट गर्नुहोस र OIHF बाट परामर्श लिनुहोस्।
जीवन र कानूनी परामर्श सेवा
2020-06-01
COVID-19 को कारणले तपाईंको दैनिक जीवनमा आइपर्ने कुनै पनि कठिनाई वा समस्याहरू छलफल गर्न OIHF को सेवा उपलब्ध छ। यस बाहेक, जब तपाईंलाई कानून जस्ता पेशागत दृष्टिकोणबाट सल्लाह लिन आवश्यक पर्दछ, हामी ओकिनावा बार एसोसिएसनसँग आवश्यक मामिलामा कानुनको बिज्ञ परामर्शदाता बाट सल्लाह प्रदान गर्न सहयोग गर्नेछौं।