अन्य

सैद्धान्तिक रूपमा, जापानमा नयाँ विदेशी नागरिकहरूको प्रवेश नोभेम्बर ३० को मध्यरातबाट निलम्बित हुनेछ।

2021-12-03

विश्व स्वास्थ्य संगठन (WHO) ले घोषणा गरेको छ कि दक्षिण अफ्रिका र अन्य देशहरूमा हालै पाइएको COVID-19 को नयाँ भेरिएन्टलाई डेल्टा स्ट्रेन जस्तै "चिंताको विषय" भनेर तोकिएको छ, र यसलाई ओमिक्रोन स्ट्रेन नाम दिइएको छ।
यो स्ट्रेन भाइरस दक्षिण अफ्रिका र यसको छिमेकी देशहरूमा मात्र नभई अष्ट्रेलिया र हङकङमा पनि पुष्टि भएको छ।
यही कारणले, प्रधानमन्त्री किशिदाले घोषणा गरे कि जापानले नयाँ वाटरफ्रन्ट उपायको रूपमा नोभेम्बर ३० मा मध्यरातबाट जापानमा नयाँ विदेशी नागरिकको प्रवेशलाई निलम्बन गर्नेछ।
प्रधानमन्त्री किशिदाले यो उपाय "सबैभन्दा खराब अवस्थाबाट बच्नको लागि आपतकालीन निकासी सावधानी उपाय" भएको बताउनुभयो र घोषणा गर्नुभयो कि छोटो अवधिका व्यापारी- व्यवसायीहरू, प्राविधिक इन्टर्नहरू, र विदेशी विद्यार्थीहरू लगायत विदेशी नागरिकहरूलाई जापानमा विशेष सुबिधाको रूपमा अनुमति दिइएको थियो। त्यसका आधारमा नोभेम्बर ३० गते मध्यरातदेखि विश्वभरका मानिसलाई तत्कालका लागि जापान प्रवेशमा रोक लगाइनेछ ।
ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएका देश र क्षेत्रबाट जापान फर्कने जापानी नागरिक र अन्यलाई कडा क्वारेन्टाइनका उपायहरू लागू गरिने पनि प्रधानमन्त्रीले घोषणा गरे।
जापान प्रवेशको यो निलम्बन "केही समयको लागि" हो, त्यसैले हामीलाई थाहा छैन यो कति लामो रहन्छ।
यदि कुनै नयाँ जानकारी आयो भने, हामी तँपाईलाई जानकारी गराउनेछौं।

ओकिनावामा  संकटकालको अवस्था बढाइएको छ। 

2021-9-10

जापान सरकारले ओकिनावा प्रान्त सहित १९ वटा  प्रान्तहरूमा संकटकालको अवस्थाको घोषणालाई विस्तार गर्ने निर्णय गरेको छ। यो निर्णय कोभिड-१९ का नयाँ केसहरुको निरन्तर उच्च संख्या र स्वास्थ्य सेवा प्रणालीमा आइपरेको निरन्तर कठिनाईका कारण लिइएको हो।
संकटकालको घोषणालाई सेप्टेम्बर ३० सम्मको लागि बढाइएको छ।
 यद्यपि हालसालै ओकिनावा प्रान्तमा हरेक दिन नयाँ संक्रमणको संख्या बिस्तारै घट्दै गएको छ, तर जापानमा प्रति १०,००० मानिसहरुमा संक्रमणको संख्या सबैभन्दा धेरै छ, र त्यहाँ सेवा-सुविधाहरुको लागि थोरै ठाउँ छ जहाँ मानिसहरुलाई अस्पताल भर्ना गर्न सकियोस।
यदि तपाईंले  खोप लगाइसक्नु भएको भए पनि डेल्टा स्ट्रेन संक्रमणको संभावना रहन्छ।  तपाईंलाई लक्षण नदेखिए पनि, तपाईंको माध्यमबाट  अझै पनि यो भाइरस अरुलाई सर्न  गर्न सक्छ, त्यसैले तपाईं सावधान रहिरहनको लागि  आवश्यक हुन्छ।  कृपया सकेसम्म धेरै भीडभाड हुने ठाउँहरुमा नजानुहोस्, र कोठामा स्वच्छ हावाको प्रवाह  गराउने कुरा (भेन्टिलेशन) र मास्क लगाउने कुरा सुनिश्चित गर्नुहोस्।
ओकिनावा प्रान्तमा न्यूनतम ज्याला-दर बढाइनेछ।
ओकिनावा श्रम ब्यूरोले आधिकारिक पत्रमा घोषणा गरेको छ कि ओकिनावा प्रान्तमा प्रति घन्टा न्यूनतम ज्याला-दर वर्तमान ७९२ येन बाट ८२० येन गराई, २८ येन को बृद्धि गरिनेछ।
अक्टोबर ८ देखि ओकिनावा प्रान्तमा काम गर्नेहरुको न्यूनतम ज्याला प्रति घण्टा ८२० येन हुनेछ। जो अब काम शुरू गर्न  लागिरहेका छन्, साथ-साथै जो पहिले देखि नै काम गरीरहेछन्, उनीहरुको आफ्नो कामको स्थिति जाँच गरेर आफ्नो ज्याला-दर जाँच गर्न सल्लाह दिइन्छ।

COVID-19 भाइरस डेल्टा स्ट्रेन को बारे मा

2021-8-26

जापानमा COVID-19 को विस्फोटक संक्रमण जारी छ, संक्रमित र गम्भीर बिरामीहरुको संख्या रेकर्ड लेवल सम्म पुगेको छ। ती मध्ये, "डेल्टा स्ट्रेन , COVID-19 को एक परिवर्तित स्वरूप जापान र ओकिनावा मा संक्रमित मानिसहरुको ९०% भन्दा बढीको लागी जिम्मेवार छ। यो भनिएको छ कि यो अत्याधिक संक्रामक छ र पुराना स्ट्रेनहरूको तुलनामा (जस्तै अल्ट्रा स्ट्रेनको रूपमा) गम्भीर रोग लाग्ने सम्भावना धेरै छ जुन गत बर्ष फैलिएको थियो। त्यसोभए डेल्टा स्ट्रेन र सुरूवाती COVID-19 भाइरस बीच के फरक छ?
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोशेल भ्यालेन्स्की भन्छन् कि डेल्टा स्ट्रेन “ ठेउलाको तुलनामा भन्दापनि बढी, अहिलेसम्म ज्ञात सबैभन्दा संक्रामक भाइरस मध्ये एक हो" अन्य भाइरसको तुलनामा अभूतपूर्व संक्रामकता भएको COVID-19 भाइरस हो।
चिकनपक्स ( ठेउला) के हो?
ठेउला संक्रमणको मुख्य मार्ग हावाको माध्यम बाट हुन्छ। एयरबोर्न इन्फेक्सन को शाब्दिक अर्थ यो हुन्छ कि भाइरस सास लिने बित्तिकै शरीरमा प्रवेश गर्दछ, भलै पनि कुनै सीधा सम्पर्क नहोस । यो अत्यधिक संक्रामक छ र रोक्न धेरै गाह्रो हुन्छ किनकि संक्रमणको मार्ग हावा को माध्यमबाट हुन्छ।
अझै पनी डेल्टा स्ट्रेनहरूको बारेमा केहि अनभिज्ञता छन्, तर यदि यो कुरा साँचो हो भने, हामीले यो कुरा ध्यानमा राख्नु पर्छ कि हामी जहाँ भए पनि संक्रमणको जोखिममा छौं।

ओकिनावामा संकटकाल घोषणा सेप्टेम्बर १२ सम्म विस्तार।

2021-8-19

अहिले, जापानले कोभिड -१९ संक्रमणको विस्फोटक रूपको  अनुभव गरीरहेको छ, कोभिड -१९ बाट संक्रमित मानिसहरुको दैनिक संख्या केहि दिनहरुमा २०,००० भन्दा बढी छ।
यस स्थितिको फलस्वरूप, जापान सरकारले महानगरीय र प्रान्तीय  सरकारहरुको (ओकिनावा प्रान्त सहित) लागी संकटकालको घोषणा  सेप्टेम्बर १२ सम्म विस्तार गर्ने निर्णय गरेको छ।  जुन क्षेत्रमा  पहिले नै संकटकाल अवस्थाको घोषणा अगस्त ३१ सम्म जारी गरिसकेको थियो , र  धेरै नयाँ  क्षेत्र र प्रान्तहरुको लागी पनि  एकैसाथ  सेप्टेम्बर १२ सम्म  संकटकालको घोषणा  गरिएको छ।
यसबाहेक, प्राथमिकतामा परेका माथि उल्लेखित बाहेक अन्य धेरै प्रान्तहरुमा पनि रोगको संक्रमणको रोकथाम को लागी  नियमन् जारी गरीएको छ।
मिडिया रिपोर्टका अनुसार, टोकियो जस्ता शहरी क्षेत्रहरुमा मात्र हैन, ओकिनावामा पनि धेरै केसहरु छन् जहाँ मानिसहरु तुरुन्तै चिकित्सा संस्थाहरुमा भर्ना हुन सक्दैनन् भलै  उनीहरु पनि रोगबाट संक्रमित छन्।
यसबाहेक, केहि चिकित्सा संस्थाहरुले अस्थायी रूपमा सामान्य नयाँ रोगीको उपचार, मिती तोकिएको शल्यक्रिया र फलोअप रेगुलर बिरामीको उपचार रोकेका छन। यी स्टेपहरू  यो कोभिड-१९ बिरामीहरूको लागी बेड सुरक्षित गर्न को लागी लिइएको छ।
यो कोभिड-१९ भाइरस गत बर्षको शुरुमा जापान मा प्रवेश गरेको एक-डेढ बर्ष भैसकेको छ, तर समग्र समाज को स्थितिमा कुनै पनि सुधार भएको छैन।
एक पटक फेरी, हामी तपाईंलाई सोध्न चाहन्छौ कि तपाईं आफैंलाई संक्रमित हुनबाट बच्न के गर्नु पर्छ र तपाईंले अरुलाई संक्रमित हुनबाट जोगाउन के गर्नु पर्छ यदि तपाईं आफै  संक्रमित हुनुभयो भने।
ओकिनावा श्रम ब्यूरो, फुकुओका क्षेत्रीय इम्मिग्रेशन सेवा ब्यूरो नाहा जिल्ला कार्यालय, र OIHF ले "विदेशी बासिन्दाहरुको काम र बस्ने वातावरण को सुधार को लागी साझेदारी सम्झौता" को निष्कर्ष निकालेको छ।
यो सम्झौताको उद्देश्य ओकिनावा केनमा  विदेशी बासिन्दाको काम र बस्ने वातावरणमा सुधार गर्न को लागि एक वातावरण बनाउनु हो जहाँ उनीहरुलाई स्थानीय समुदायको सदस्यको रूपमा स्वीकार गर्न सकियोस, र ओकिनावामा एउटा बहुसांस्कृतिक समाजको  बढावा दिन को लागि तीन संस्थाहरूको बीचमा  सहयोग आदान-प्रदान गर्नु हो।
सम्झौता अन्तर्गत, तीन पक्षहरु विदेशी श्रमिकहरु र रोजगारदाताहरुले सामना गरीरहेको श्रम समस्याहरुको समझ र समाधानमा योगदानको लागी प्रयास गर्नेछन्, र OIHF एक नयाँ प्लेटफर्म, बहुसांस्कृतिक संवाहकको प्रमोशनको लागी गठबन्धन, सुनिश्चित गर्नको लागि  काम गर्न चाहने विदेशी नागरिकहरुलाई जापानी नागरिकहरु सरह  बराबर वा राम्रो अवसर र उपचार प्रदान गरिनेछ , र विदेशी बासिन्दाहरुलाई स्थानीय समुदायको सदस्यको रूपमा स्वीकार गर्न र  उनीहरुको योग्यता अनुसार विदेशी कामदारहरुलाई सही ढंगले रोजगार दिने उद्देश्य संग संगठनहरूलाई प्रोहत्सान गरिनेछ।
यसबाहेक, हामी रोज़गारदाता र कामदारहरु को बिचमा उनीहरुको रोजगार  खोज मा सहयोग को लागि,  विदेशीहरुको लागि एक नि: शुल्क रोजगार नियुक्ति सहयोग  व्यापार को विकास गरेर मांगको अनुकूलन को लागि प्रयास गर्नेछौं।
हामी हाल नि: शुल्क रोजगार प्लेसमेंट सहयोग  व्यवसायलाई लागू गर्नको लागि तयारी गरीरहेका छौं र नोभेम्बर तिर  पूर्ण रूपमा परिचालन गर्ने योजना छ।  जब पूर्ण मापन सञ्चालन शुरू हुन्छ, हामी फ़ेसबुकमा यो घोषणा गर्नेछौं।

अचानक भारी वर्षा र भारी वर्षा को कारणले आउने बाढीमा ध्यान पुर्याउनुहोस!

2021-7-13

ओकिनावा र क्युशुमा, वर्षा ऋतु समाप्त भएको छ र ग्रीष्म ऋतु चलिरहेको छ।
आउँदै गरेको मौसममा, अचानक हुने भारी वर्षाको बेला कृपया सावधान रहनुहोस्।
यहाँ वर्षासँग सम्बन्धित केहि जापानी शब्दहरू उल्लेख गरिएका छन्। मौसमको पूर्वानुमानलाई हेर्दा वा प्रकोप चेतावनी जारी भएपछि कृपया ती शब्दहरू प्रयोग गर्नुहोस्।
लिनिएर प्रिसिपिटेसन बेल्ट (सेन्जो-कोसुइताई)
लिनिएर प्रिसिपिटेसन बेल्ट एउटा यस्तो वर्षाहुने-क्षेत्र हो जुन करिब ५० देखि ३०० किलोमिटर लामो र २० देखि ५० किलोमिटर चौडा हुन्छ जुन संगठित क्यूम्यलोनिम्बस नामको बादलहरू द्वारा सृजित हुन्छ; जुन त्यही क्षेत्र हुदै अगाड़ी हुन्छ वा धेरै बेर एकै ठाउँमा बस्दछ। यो बुझ्न गाह्रो हुने जापानी शब्द हो, त्यसैले कृपया यो याद गर्नुहोस् कि यसको मतलब वर्षा गराउने बादल एक पछि अर्को बन्दै जान्छ र लामो समयसम्म एउटै ठाउँमा भारी वर्षा गराउँछ।
गत वर्ष र यस बर्ष, यस लिनिएर प्रिसिपिटेसन बेल्टको कारण भएको ठूलो वर्षाले ओकिनावा र जापानको अन्य भागहरूमा बिजुली जाने, बाढी, पहिरो जाने, र घरहरू बगाउने लगायतका गम्भीर क्षति पुर्‍याएको छ।
गुरिल्ला वर्षा (गोरिल्ला-गो): मुसलधारे वर्षाको एक प्रकार। यो आधिकारिक मौसमविज्ञानको शव्द होइन, तर यसले स्थानीय भारी वर्षालाई दर्साउँदछ जुन अचानक हुने गर्दछ र यसमा मौसम पूर्वानुमान मापन द्वारा मौसमको ठीक भविष्यवाणी गर्न गाह्रो हुन्छ। वर्षा यति तीव्र हुन
सक्छ कि रेलहरू बन्द हुन सक्छन र राजमार्गहरू बन्द हुन सक्छन।
घाम-पानी (तेन्की-आमे): यस्तो अवस्था जसमा आकास सफा भएको अवस्थाको बावजूद पनि पानी परिरहेको हुन्छ।
यस्तो बेलालाई कहिलेकाँही "स्यालको विवाह" भनेर पनि चिनिन्छ। किन स्याल मात्रै? यदि तपाईंलाई किन ‘स्यालको विवाह’ भन्ने कुरा अचम्म लाग्छ भने, आफू नजिकैको जापानी व्यक्तिलाई सोध्नुहोस्।
अचानक हुने वर्षा (निवाका -आमे): जुन वर्षा जुन छोटो समयमै रोकिन्छ। यस्तो वर्षालाई "ठाउँ सर्दै हुने वर्षा" भन्ने अभिव्यक्ति पनि अक्सर प्रयोग गरिन्छ।
अचानक साँझको वर्षा (युदाचि): यस्तो मौसमी अवस्था गर्मीको बेला प्रायः दिउँसो र साँझ देखिन्छ। यो अक्सर भारी वर्षा संगै हुन्छ।
यी अचानक हुने वर्षा र अचानक साँझको वर्षाहरूलाई सामूहिक रूपमा "रेन सावर" भनिन्छ, तर तिनीहरूलाई दैनिक कुराकानीमा प्रायः प्रयोग गरिदैन्।
OIHF ले आफ्नो वेबसाइटमा बहुभाषी आपद रोकथाम पुस्तिका प्रकाशित गरेको छ, त्यसैले कृपया त्यहाँ गएर एकपटक हेर्नुहोस्।
https://kokusai.oihf.or.jp/project/saigaisapport/handbook/

ओकिनावामा संकटकाल विस्तार गरिएको छ

2021-7-09

जापान सरकारले ओकिनावा केनमा संकटकाल अगस्त २२ सम्म बढाएको छ। त्यस्तै, टोकियो महानगर क्षेत्रमा चौथो पटक संकटकाल अवस्थाको घोषणा गरियो। यो अवधि ओकिनावामा जस्तै अगस्त २२ सम्म रहनेछ।
अध्यागमन ब्यूरोले ती व्यक्तिहरूबाट आवेदन स्वीकार गर्नेछ जो व्यक्तिहरू अहिले विदेशमा बसिरहेका छन् र जापानमा यात्रा वा पुनः प्रवेश गर्ने योजना बनाइरहेका छन्।
(१) ती मानिसहरू जसको जापान प्रवेश गर्ने रि-एंट्री परमिट अवधि वा जापान बाट आफ्नो देश फर्किने समय सीमा समाप्त भयो।
(२) ती मानिसहरू जसको जापानी भिसा प्राप्त गर्ने “योग्यता प्रमाणपत्रको” समयावधि सकियो।
जो व्यक्तिहरूको निश्चित मापदंडहरू पूरा हुन्छ, ती व्यक्तिहरूको “योग्यता प्रमाणपत्रको” वैधता अवधि बढि बढाइनेछ।
समयावधि बढाउनको लागि विशेष मापदंडहरू र आवश्यक कागजातहरू माथिको (१) र (२) बुदाँ अनुसार निर्भर गर्दै फरक फरक हुन्छ, त्यसैले कृपया अधिक जानकारीको लागि OIHF लाई सम्पर्क गर्नुहोस्।

संकटकालको अवस्था बढाइएको घोषणा

2021-6-21

ओकिनावामा संकटकाल अवस्था जुलाई ११ सम्म विस्तार गरिनेछ।
जापानका १० प्रान्तहरूका लागि हालै लागू गरिएको संकटकालको घोषणा जून २० बाट ओकिनावा बाहेकका ९ वटा क्षेत्रहरुबाट हटाइने छ।
टोकियो र ओसाका लगायत सात प्रान्तहरूलाई जून २१ मा "रोगको संक्रमण रोक्नको लागि प्राथमिकता" अन्तर्गत राखिनेछ।
कोविड-१९ संक्रमणका केसहरू अझै उच्च छन् र ओकिनावामा अस्पताल भर्नाका लागि केही मात्र अस्पतालका बेडहरू उपलब्ध छन्, त्यसैले जापान सरकारले संकटकाल अवस्थाको घोषणा गर्ने निर्णय गर्‍यो, जुन मूलतः २० जून सम्मका लागि निर्धारित गरिएको थियो, तर
ओकिनावामा जुलाई ११ सम्म लम्बयाउने निर्णय गरिएको छ।
यस वर्षको मे महिना देखि, ओकिनावा प्रान्तमा COVID-19 को संख्या फेरि बढेको छ।
यहि समयमा, OIHF द्वारा विदेशी बासिन्दाहरूको लागि गरिने परामर्शका लागि अनुरोधहरूको संख्या पनि बढेको छ।
तपाईंहरू मध्ये कोही जो यो सूचना पढ्दै हुनुहुन्छ र तपाईंलाई केहि समस्या हुन सक्छ।
त्यस्तो अवस्थामा, कृपया OIHF सँग परामर्श लिनुहोस्।
OIHF मा कर्मचारीहरू संकटकालको अवस्थामा पनि फ़रक-फरक सिफ्टमा काम गरिरहेका छन्।
हामी तपाईंले गर्नुभएको फोनकलको तुरून्त जवाफ दिन सक्षम नहुन पनि सक्छौं, त्यसैले कृपया हामीलाई ईमेल वा FB मेसेन्जर मार्फत सम्पर्क गर्न कोशिस गर्नुहोस्।
https://kokusai.oihf.or.jp/covid-19/

ओकिनावा केनमा, COVID-19 को संक्रमणको कारण प्रिफेक्चरल हाई स्कुलहरू (उच्च मााध्यमिक बिध्धालय) जून 7 बाट बन्द रहनेछ।

2021-6-7

२"कुनिगामी र हिगाशी जस्ता केही गाउँपालीका बाहेक, केनका सबै सिटी र टाउनका एलिमेन्टरी (प्राथमिक बिध्धालय ) र जूनियर हाई स्कूलहरू (मााध्यमिक बिध्धालय) जुन ८ देखि बन्द हुनेछन्। (* ईतोमान सिटी र याएसे टाउनका स्कुलहरू जून ७ देखि बन्द हुनेछ)
एलिमेन्टरी, जूनियर-हाई स्कूल र हाई स्कूलहरू जून २० सम्म बन्द रहनेछ।
नर्सरी स्कूलहरू, बाल हेरचाह केन्द्रहरू, र स्कूल-उमेर सुविधा केन्द्रहरूको लागि भने, यो प्रत्येक सुविधा केन्द्रको स्व:विवेकमा निर्भर गर्दछ, त्यसैले कृपया यदि तपाईं आफ्नो नानीलाई त्यहाँ छोड्दै हुनुहुन्छ भने त्यो केन्द्रमा सम्पर्क गर्नुहोस्।
यदि तपाईं एलिमेन्टरी, जूनियर-हाई स्कूल र हाई स्कूलहरू पढ्ने बच्चाहरू भएको विदेशी निवासी हुनुहुन्छ र तपाईंलाई सूचना वा सुचना-सामग्रीको बारेमा राम्रोसंग थाहछैन भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।

[बिदेशी वासिन्दाहरूको लागि कानूनी र जीवनशैली परामर्श सेवाको बारेमा सूचना]

2021-5-27

२०१९ मा OIHF द्वारा सुरु गरिएको परामर्श सेवा अन्तर्गत अहिलेसम्म धेरै व्यक्तिहरूले परामर्श प्राप्त गरिसकेका छन्।
विशेष गरी गत बर्षदेखि जब COVID-19 को संक्रमण फैलियो, परामर्श लिनेहरूको संख्या अझै बढेको छ।
कुनैपनि किसिमका परामर्श लिन खोजिएको भएपनि त्यसले फरक पार्दैन, जस्तै: परिवार वा कामको बारेमा, OIHF ले सक्दो जवाफ आफै दिनेछ, र यदि OIHF ले आवश्यक ठानेको खण्डमा , कानुनी सल्लाहको लागि वकिलको कार्यालय बाट आवश्यक सल्लाह र सुझाव
प्राप्त गर्दछ। यद्यपि, OIHF केवल "वकील रेफरल एजेन्सी" वा "वकीलहरूको संस्था" होईन।
परामर्शको क्रममा हामी तपाईंलाई केहि प्रश्नहरू सोध्न सक्छौं जुन तपाईं भन्न चाहनुहुन्न।
तर यो समस्या समाधान गर्नको लागि आवश्यक हुन्छ।
यद्यपि केहि परामर्शको अनुरोधको संख्या त्यति ठूलो नभएपनि, त्यहाँ केही परामर्शका यस्ता अनुरोधहरू छन जसमा ग्राहकले भनेका छन्, "म तपाईंलाई मेरो नाम भन्न चाहन्न, तर म चाहन्छु कि तपाईले जे भए पनि मलाई वकिलको परिचय गराइदिनुहोस्" वा "म तपाईंलाई मेरो सम्झौताको विवरणहरूको बारेमा भन्न चाहन्न, तर म अदालतमा गएँ भने म जित्न सक्छु वा सक्दैन भन्ने कुरा तपाईंबाट जान्न चाहन्छु" वा "कृपया मलाई मद्दत गर्नुहोस् (पूर्ण विवरणहरू नबताइकन)।
OIHF कुनै पनि प्रकारको परामर्श को लागी खुला छ। यदि तपाईंसँग कुनै समस्या छ भने, कृपया हामीलाई ईमेल (kokusai@oihf.or.jp) वा फेसबुकमा मेसेन्जर (https://www.facebook.com/oihf60) द्वारा सम्पर्क गर्नुहोस्।
जे भएपनि, हामीले तपाईंको प्रश्नहरूको उत्तर दिन सक्षम हुनको लागि तपाईंको नाम, ठेगाना, काम गर्ने ठाउँ, इत्यादि बारे थाहा पाउनु पर्छ। तपाईको सहयोगको लागि धन्यवाद।

COVID-19 संयुक्त राज्य अमेरिकामा जापानलाई लेवल ४ (भ्रमण निलम्बित) को रूपमा वर्गीकृत गरिएको छ।

2021-5-26

संयुक्त राज्य अमेरिकाको डिपार्टमेंट अफ स्टेटले जापानमा व्यापक COVID-19 संक्रमणको कारण आफ्ना नागरिकहरुलाई: बासिन्दाहरूलाई निम्न सन्देश जारी गरेको छ।
COVID-19 को कारण जापानको यात्रा नगर्नुहोस्।
कुनै अन्तर्राष्ट्रिय यात्राको योजना बनाउनु अघि डिपार्टमेंट अफ स्टेटको (अमेरिकाको) COVID-19 सम्बन्धी सुचना पढ्नुहोस्।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरु (CDC) ले जापानको लागि COVID-19 को कारण लेभल ४ ट्राभल हेल्थ नोटिस जारी गरेको छ, जसले जापानमा COVID-19 को धेरै उच्च स्तर देखाउँदछ। जापानमा अमेरिकी नागरिकहरूको प्रवेश लाई कोरोनाले प्रभावित पार्ने ठाउँमा प्रतिबन्धहरू लगाइएको छ। जापानमा COVID-19 बारे अधिक जानकारीको लागि दूतावासको COVID-19 पेज भिजिट गर्नुहोस्।
यदि तपाईं जापान भ्रमण गर्नुहुन्छ भने, तपाईंले यी कुराहरू जानु पर्छ:
. COVID-19 को सम्बन्धमा अमेरिकी दूतावासको वेब पेज हेर्नुहोस्।
. यात्रा र COVID-19 को लागि CDC को वेबपेज हेर्नुहोस।
. बिरामी मानिसहरूसँग सम्पर्क नराख्नुहोस्।
. जापान भ्रमण बारे तपाईको स्वास्थ्य सेवा प्रदायकसँग छलफल गर्नुहोस्। वृद्ध व्यक्तिहरू र मेजर स्वास्थ्य समस्याहरू भएका यात्रीहरू अधिक गम्भीर रोगको लागि जोखिममा हुन सक्छन्।
. तपाईंले आफ्नो आँखा, नाक, वा मुख नधोएको हातले नछुनुहोस।
. कम्तिमा २० सेकेन्ड सम्म साबुन र पानीले धुनुहोस् वा ६० -९०% सम्म अल्कोहल समावेश भएको सेनिटाइजर प्रयोग गरेर प्राय: आफ्ना हातहरू सफा गर्नुहोस्। यदि हात फोहोर देखिन्छ भने साबुन र पानी प्रयोग गर्नु पर्छ।
. अलर्ट प्राप्त गर्न स्मार्ट यात्री नामांकन कार्यक्रम (STEP) मा रजिस्टर गर्नुहोस् र यसले आपतकालमा तपाईंलाई भेट्टाउन सजिलो हुन्छ।
डिपार्टमेंट अफ स्टेटको फेसबुक र ट्विटर फलो गर्नुहोस्
. टोकियोको अमेरिकी दूतावासको नागरिक सेवा सेक्सनको फेसबुक र ट्विटरमा फलों गर्नुहोस। जापानका लागि अपराध र सुरक्षा रिपोर्टको समीक्षा गर्नुहोस्।
.आपतकालीन परिस्थितिको लागि आकस्मिक योजना तैयार गर्नुहोस्। ट्राभलर चेकलिस्टको समीक्षा गर्नुहोस्।
"रिफरेन्स: https://travel.state.gov/content/travel/en/traveladvisories/traveladvisories/japan-travel-advisory.html

COVID-19 संकटकाल घोषणा ओकिनावा केनको लागि जारी गरियो

2021-5-24

संकटकालीन अवस्था अन्तर्गत घोषित नौवटा क्षेत्रहरु बाहेक जापानी सरकारले ओकिनावा केनलाई पनि सूचीमा समावेश गरिसकेको छ।
ओकिनावा केनको लागि आपतकालिन घोषणाको अवधि जुन २० सम्म रहनेछ।
अहिले सम्म, ओकिनावा केनमा संक्रमित रोगहरूको प्रबाह रोक्नको लागि COVID-19 प्राथमिकता अन्तर्गत केही अधीनमा थियो, तर COVID-19 को संक्रमणको प्रबाह रोक्न नसकेपछि आपतकालीन घोषणा जारी गरिएको छ।
ओकिनावामा प्रति १००,००० मानिसमा संक्रमित व्यक्तिको संख्या जापानभरीमा सब भन्दा बढी छ, र संक्रमण द्रुत रूपमा फैलँदैछ।
स्वास्थ्यकर्मीहरू र ६५ बर्ष भन्दा बढी उमेरका वृद्धहरूका लागि खोपहरू लगाइन सुरू गरिएको छ।
जब बाँकी जनसंख्यालाई खोप उपलब्ध हुनेछ, त्यो लगाउने कुरा नगरपालिकाहरूमा निर्भर गर्दछ।
COVID-19 संक्रमणको धेरै फैलिएको कारण, धेरै विदेशीहरूले आफ्नो काम र जीवनमा कठिनाईहरूको अनुभव गरिरहेका छन्।
२०१९ सालबाट नै OIHF ले विदेशीहरुलाई कानूनी र जीवनशैली सम्वन्धि परामर्शहरू प्रदान गरिरहेको छ। परामर्श राज्यको संकटकाल घोषणाको बेलामा पनि उपलब्ध हुन्छ, त्यसैले यदि तपाईंलाई कुनै समस्या छ भने, कृपया OIHF बाट परामर्श लिनुहोस्। यसको लागि कुनै पनि रकम तिर्नु पर्दैन।

[भारत, पाकिस्तान र नेपालबाट जापानमा पुनः प्रवेश प्रतिबन्धित गरिएको छ]

2021-5-17

जापानमा अवतरणको लागि आवेदन दिनुभन्दा पहिले कम्तिमा १४ दिन भारत, पाकिस्तान र नेपालमा बसेकाहरूको लागि जापानमा पुन: प्रवेशलाई मे १४, २०२१ देखि अमान्य हुनेछ।
नोट १: "स्थायी बासिन्दा," "जापानी नागरिकको पति, पत्नी वा बच्चा," "स्थायी बासिन्दाको पति , पत्नी वा बच्चा," वा "दीर्घकालीन निवासी" का रूपमा, जसले मे १३ सम्म जापान छोडेका छन, तिनिहरूलाई यी तीन देशहरूबाट पुन: प्रवेशका लागि विशेष अवस्थाको रूपमा लिन सकिनेछ। “विशेष स्थायी बासिन्दाहरू" भने यो पुन: प्रवेश अस्वीकार्य नितिको अधीनमा हुनेछैनन्।
नोट २: माथी उल्लेख गरिएका शर्तहरू में १४ सम्ममा मध्यरात (जापानको समय) भन्दा पहिले यी तीन देशहरूबाट प्रस्थान गर्ने र उही समय पछि जापानमा आउनेहरूलाई माथिका उपायहरू लागू हुँदैन।
जापानबाट अगस्ट ३१, २०२० भन्दा पहिले पुन: प्रवेश अनुमति लिएर जापानबाट प्रस्थान गरेका व्यक्तिहरू अहिले आगमन निषेधको रूपमा तोकिएको देश / क्षेत्रमा गएका छन्, र जसले नयाँ आगमन अनुमतिका साथै भिसा प्राप्त गरेपनि बिशेष कारणबस तिनिहरू तोकिएको समयावधि भित्र जापान प्रवेश गर्न असमर्थ भएका थिए, तिनिहरूलाई जापानमा पुन: प्रवेश अनुमति वैध अवधिमा जापानमा पुनः प्रवेश गर्न असमर्थ भएको कारण सहित, तत्कालको लागि सिद्धान्तमा अवतरण गर्न अस्वीकार गरिने छैन। जापानमा अवतरणको लागि आवेदन दिएको कम्तिमा १४ दिन भारत, पाकिस्तान वा नेपालमा बसोबास गर्ने व्यक्तिहरूलाई सैद्धान्तिक रूपमा त्यस समयका लागि अवतरण गर्न दिइने छैन। यद्यपि उनीहरूले प्रवेश अनुमति योग्यताको प्रमाणपत्र प्राप्त र भिसा प्राप्त गरेपनि जापानमा अवतरण गर्न दिइने छैन।
[भारत, पाकिस्तान र नेपालबाट सबै प्रवेशद्वारहरूका लागि क्वारेन्टाइनको सुदृढीकरण]
में १० देखि, भारत, पाकिस्तान र नेपालका सबै आगन्तुक र फर्केका व्यक्तिहरूले क्वारेन्टिन स्टेशन प्रमुखले तोकिएको ठाउँमा (क्वारेन्टाइन स्टेशनबाट सुरक्षित आवास सुविधा सीमित) बस्नुपर्ने हुन्छ। त्यस पछि, जापान फर्केको तेस्रो र छैठौं दिनमा कोरोनाको नयाँ परीक्षण गरिनेछ, र दुबै परीक्षणमा नकारात्मक नतिजा आएका व्यक्तिहरूलाई क्वारेन्टाइन स्टेशनले तोकिएको सुरक्षित निवास छोडेर आफ्नो घर वा चाहेको स्थानमा बस्न अनुमति दिनेछ। जापान प्रवेश गरे पछिको जम्मा १४ दिनसम्म घरमै बस्नुपर्छ। ।
(साभार: जापानको वैदेशिक मामिला मन्त्रालयको वेबसाइट)

COVID-19 को सम्बन्धमा संकटकालीन अवस्थाको घोषणा जारी गरिएको छ

2021-4-26

टोकियो, ह्योगो र क्योतोमा COVID-19 को कारणले संकटकालीन अवस्थाको घोषणा गरिएको छ।
टोकियो, ओसाका, ह्योगो र क्योतोमा COVID-19 संग सम्बन्धित संक्रमित संख्याहरू नघटेको कारण जापानी सरकारले यी चार प्रान्तहरूमा संकटकालीन अवस्था घोषणा गरेको छ। यो अवधि अप्रिल २५ बाट सुरू भएको छ।
पहिले जारी गरिएको "COVID-19 को संक्रमण रोक्ने प्राथमिक उपायहरू" को तुलनामा, अहिले घोषणा गरिएका उपायहरू अझ गम्भीर छन्। विशेष रूपमा, यसले इभेन्टहरू रद्द गर्ने, स्थगित गर्ने, वा दर्शकविना नै आयोजना गर्ने , र रेस्टुरेन्टहरूले मादक तथा पेय पदार्थहरू बिक्री बितरण नगर्न अनुरोध गर्दछ।
मिए र खुमामोतो प्रान्तहरूमा पनि सरकारले यो रोगको फैलावट रोक्न प्राथमिकताका उपायहरू अपनाउन अनुरोध गर्ने योजना बनाइरहेका छन्।
ओकिनावा केनमा, मुख्य टापुका नौ शहरहरू, जसमा नाहा सिटी र ओकिनावा सिटी र मियाको टापुका १० शहरहरू "संक्रमणलाई रोक्ने प्राथमिक उपायहरू" को क्षेत्रभित्र छन्। समाचार रिपोर्टका अनुसार टोकियो र ओसाकाजस्ता सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि कोविड-१९ को घटनामा वृद्धि भइरहेको छ र परिणामस्वरूप अस्पतालमा भर्ना हुने सुविधाको अभाव भइरहेको छ।
गोल्डन विक आउँदैछ र यो घुमघाम तथा मनोरन्जन गर्ने समय हो, तर कृपया सावधान रहनुहोस्।
OIHF को परामर्श सेवा गोल्डन विक को बेला बन्द हुनेछ। हामी तपाईंलाई मे ६ मा ईमेल वा मेसेन्जर मार्फत सम्पर्क गर्नेछौं।

ओकिनावा केनमा कोरोनाभाइरस रोकथाम प्राथमिकताका उपायहरू अपनाइएको छ।

2021-4-13

अप्रिलको सुरुदेखि नै COVID-19 को पुष्टि भएका घटनाहरूको संख्या ओकिनावा केनमा बढेको छ। ओसाका र ह्योगो लगायत किन्की क्षेत्रमा पनि COVID-19 को नयाँ किसिमको भाईरस संक्रमित मानिसहरूको संख्यामा पनि वृद्धि भइरहेको छ।
जापान सरकारले COVID-19 लाई व्यवहार गर्ने संशोधित विशेष उपाय कानूनको अनुरूप ओकिनावामा "कोरोनाभाइरस रोकथाम प्राथमिकता उपायहरू" लागू गरेको छ। अप्रिल १२ देखि मे 5 सम्म, ओकिनावा केन सरकारले ओकिनावा मुख्य टापुका नौ वटा शहरहरूमा रेस्टुरेन्ट र अन्य प्रतिष्ठानहरू वेलुका ८ बजेसम्म बन्द गर्नुपर्ने सुचना जारी गरिएको छ।
नौ वटा शहरहरू नाहा, उरासोए, गिनोवान, ओकिनावा-सि, उरुमा, नागो, इतोमान, नान्जो र तोमिगुसुकु हुन। ओकिनावाका बासिन्दाहरूलाई ओकिनावा केनबाट होन्शुका अन्य भागहरू, साथै मियाको-जिमा, याएयामा र अन्य दुर्गम टापुहरू बीच अनावश्यक यात्रा गर्नबाट टाढा रहन अनुरोध गरिएको छ।
ओसाका बाहेक, ह्योगो र मियागी, टोकियो र क्योटोलाई "कोरोनाभाइरस रोकथाम प्राथमिकताका उपायहरू" अपनाएको क्षेत्रहरूको सूचीमा थपिएको छ।
संकटकालीन अवस्थाको घोषणा गरिएको छ। यदि कुनै रेस्टुरेन्ट वा अन्य प्रतिष्ठानले व्यापार समय छोट्याउने आदेशको पालना गर्दैन वा सरकारी एजेन्सीले साइटमा निरीक्षण गर्दा नियम उलंघन गरिएको भेटियो भने, यो ब्यबसायीलाई प्रशासनिक जरिवाना हुन सक्छ।
जापानमा ६५ वा ६५ बर्ष भन्दा माथिकालाई खोप दिने काम सुरु भयो। यद्यपि जापानमा सबै मानिसहरूलाई खोप प्रदान गर्नलाई केहि समय लाग्नेछ।
संक्रमणबाट जोगिन, आधारभूत उपायहरू जस्तै: मास्क लगाउनु, हात धुनु, सामाजिक दूरी पालन गर्नु, र ठूलो स्वरले कुरा नगर्नु सबैभन्दा प्रभावकारी मानिन्छ।
तपाईंहरू मध्य धेरै COVID-19 बिरूद्ध काउन्टर उपायको लामो अवधिबाट थकित हुनुहुन्छ होला।
तर COVID-19 को संक्रमण सीमित गर्नको लागि, कृपया आफैं र आफ्नो प्रियजनको सुरक्षाका लागि सावधानी अपनाउनुहोस्।

COVID-19 को लागि ध्यान दिनेकुरा जारी राखौं!

2021-3-26

जापानमा, नयाँ आर्थिक वर्ष अप्रिलमा शुरू हुन्छ।
जापानमा, नयाँ वर्ष अप्रिलमा शुरू हुन्छ, तर यसको मतलब यो होइन कि अप्रिल नयाँ वर्ष हो।
तपाईंलाई थाहा छ कि, वर्षको गणना जनवरी देखि डिसेम्बर सम्म हुन्छ, तर यहाँ सालको बारेमा सोच्ने अर्को तरिका छ, र त्यो भनेको पछिल्लो वर्षको अप्रिलदेखि नयाँ वर्षको मार्चको अवधिलाई आर्थिक वर्षको रूपमा व्यवहारमा प्रयोग गर्नु हो।
उदाहरणका लागि, स्कूलहरूले अप्रिल, नयाँ आर्थिक वर्षको सुरूवातमा स्कुल प्रवेश र प्रारम्भ समारोहहरू, र मार्चमा दिक्षांत समारोहहरू राख्छन्।
केन्द्रीय र स्थानीय सरकारहरू र प्रायः कम्पनीहरूले "आर्थिक वर्ष" लाई योजना र बजेटको लागि एकाईका रूपमा लिन्छन्। यही कारण हो कि जापानमा अधिकतम सरूवाहरू मार्चमा हुन्छ।
OIHF मा हामी पनि यो "आर्थिक वर्ष" अवधारणा अपनाउँदछौं।
आर्थिक वर्ष (FY) २०२०-२१ मा, गत वर्ष अप्रिलदेखि यस वर्षको मार्चसम्ममा विदेशी बासिन्दाहरुले प्राप्त गरेको परामर्शको/सपोर्टको संख्या २०० हुनेछ।
अघिल्लो आर्थिक वर्ष २०१९-२० को तुलनामा, यो संख्या दोब्बर भएको छ।
हामीलाई लाग्दछ कि यो परामर्श संख्यामा वृद्धि विदेशी बासिन्दाहरुमा COVID-19 को प्रभाव को कारणले हो।
आर्थिक वर्ष २०२१-२२, अप्रिलमा सुरू भई OIHF ले सामान्य रूपमा परामर्श सेवा स्वीकार्न जारी राख्नेछ।
यदि तपाईंका कुनै समस्याहरू छन्, चाहे ती COVID-१९ संग सम्बन्धित होस वा अरू कुनै, कृपया हामीलाई ईमेल वा मेसेन्जरको माध्यमबाट सम्पर्क गर्नुहोस। परामर्श सेवा पूर्ण रूपमा नि: शुल्क छ।संकटकाल घोषणा खारेज गरीदै

2021-3-22

मार्च २१ बाट जापान सरकारले टोकियो, साइतामा, चिबा र खानागावा प्रान्तमा संकटकाल हटाउने घोषणा गरेको छ।
यद्यपि सरकारले मार्च २१ बाट संकटकाल हटाउने घोषणा गरेपनि विदेशीहरूको लागि नयाँ प्रवेशाज्ञा निलम्बन भने जारी राख्ने निर्णय गरेको छ।
जापान सरकारका अनुसार, COVID-१९ भाइरस को परिवर्तित स्वरूपको तनावको कारण, निकट भविष्यमा संक्रमण कहिलेसम्म नियन्त्रणमा ल्याइनेछ भन्ने कुरा अनुमान गरिएको छैन। तसर्थ, विदेशीहरूलाई "उच्च सार्वजनिक महत्वको विषय" वा "अत्यन्त ज़रूरी " अवस्था मानिएको बेलामा मात्र जापानमा प्रवेश गर्न अनुमति दिइनेछ।
यद्यपि, संकटकाल हटाईए पनि, COVID-19 भाइरस भने निर्मूल भएको छैन।
बरु, यो भाइरस बिस्तारै आफ्नो रूपमा परिवर्तन गर्दै संसारभरिनै अस्तित्वमा छ।
जापानमा, नयाँ संक्रमण फेला परेमा मानिसहरूलाई बढी सतर्क हुन आग्रह गरिएको छ।
संक्रमण बाट जोगिन, हामी प्रत्येकले उपायहरू अपनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
तपाईं आफूले मात्रै आफैलाई बचाउन सक्नुहुन्छ।
तपाईंले यस पेजमा जापानमा भइरहेको उपायहरूको बारेमा जानकारी र अन्य धेरै भाषाहरूमा जानकारी पाउन सक्नुहुन्छ।
https://corona.go.jp/
यस पेजको सुरूमा "भाषा चयन गर्नुहोस्" अप्सनबाट बाट कृपया तपाईंको आफ्नो भाषा चयन गर्नुहोस्।

संकटकाल घोषणाको विस्तार र "विपत्तिको समयमा विदेशीहरूको लागि सहयोगीहरू" का लागि सहभागीहरूको भर्तीको सम्बन्धमा

2021-3-08

जापान सरकारले टोकियो, साइतामा, चिबा, र खानागावाका तीन प्रान्तहरुमा कोभिड-१९ अन्तर्गत संकटकाल घोषणा मार्च २१ सम्म गर्ने निर्णय गरेको छ।
जसको परिणाम स्वरूप जापानको राजधानी लगायतका क्षेत्रका रेष्टुरेन्टहरू र अन्य प्रतिष्ठानहरूको लागि व्यवसाय समय छोट्याउने अनुरोधका साथै यी क्षेत्रहरूमा आउन र जानबाट रोक्न अनुरोध पनि जारी रहनेछ।
मार्च ११ लगभग नजिकै आउदैछ। यो पूर्वी जापानमा आएको भूकम्पको एक भयानक दिन हो, जुन १० वर्ष पहिले २०११ मा जापानको तोहोकु क्षेत्रमा प्रहार गरेको थियो।
मार्च ११, २०११, २:४६ मा, मियागी प्रान्तको तटबाट १३० किलोमिटर टाढा समुद्रको तल्लो भागमा ९ रेक्टर स्केलको एउटा ठूलो भूकम्प गयो, यसपछि सुनामीले तोहोकु क्षेत्रमा प्रहार गरेर १५,००० भन्दा बढी मानिस मरे र २,५०० भन्दा बढी मानिसहरू अझै हराइरहेक छन।
जापानले विगतमा धेरै ठूला भूकम्पहरूको अनुभव गरिसकेको छ। ओकिनावामा, १७७१ मा "मेइवा सुनामी" आएको थियो, जसले ठूलो भूकम्पको साथमा धेरै व्यक्तिको ज्यान लिएको थियो। त्यसकारण हामीले जापानभरि यस्ता प्रकोपहरू, र भविष्यमा ओकिनावामा पनि आउन सक्ने अनुमान गर्न सक्दछौं।
OIHF ले मार्च १४ देखि सुरु हुने "प्रकोपको बेला विदेशीहरूलाई सहयोग प्रशिक्षण पाठ्यक्रम" को लागी सहभागीहरुलाई अनुबन्ध गर्ने छ। पाठ्यक्रम को शीर्षक "विदेशीहरूका लागि सहयोग" हो, यद्यपि पाठ्यक्रम को सामग्री दोभाषे र अनुवाद कौशल सिक्ने बारेमा होइन, तर मुख्यतया "प्रकोप आउनु भन्दा पहिले कसरी तयारी गर्ने" र "प्रकोप आउँदा के गर्ने", "विगतका केसहरू र काउन्टरमेजरहरूको बारेमा जानकारी लिने, र" आफ्नो तथा आफ्नो परिवारको सुरक्षा गर्न ज्ञान र तत्परता प्राप्त गर्ने "र कुनै प्राकृतिक प्रकोप आएमा के गर्ने भन्ने बारेमा हो।
https://kokusai.oihf.or.jp/events/1612163656/
प्रशिक्षण कार्यक्रम जापानीज भाषामा आयोजित गरिनेछ। यद्यपि, बिदेशी बासिन्दाहरू जो जापानी भाषा/सीप मा त्यति पोख्त छैनन तरपनि उनीहरुलाई उपस्थित हुन मन छ भने यो प्रशिक्षण कार्यक्रममा स्वागत छ ।

COVID-19 संकटकाल घोषणा रद्द

2021-3-01

 
जापान सरकारले आइची, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका प्रान्तहरूमा फेब्रुअरी २८, २०२१ बाट संकटकाल हटाएको छ।
यद्यपि टोकियो, खानागावा, साइतामा, र चिबा क्षेत्रहरूमा संकटकाल अझै हटाइएको छैन।
यी तीन प्रान्तहरूका लागि सरकारले यो हप्तामा संकटकाल घोषणा हटाउने की के गर्ने तय गर्ने अपेक्षा गरिएको छ।
ओकिनावा प्रान्तमा, प्रिफेक्चरको संकटकाल घोषणा फेब्रुअरी २८ बाट हटाइएको छ।
यसैगरी, रेस्टुरेन्टहरूलाई "थोरै समयको लागि खोल्न" अनुरोध गरी उनीहरूको स्टोरहरू बेलुका ८:०० बजे बन्द गर्नुपर्ने अनुरोधलाईपनि पछि सारिएको छ (खारेज गरिएको छ।
यद्यपि, COVID-19 भाइरस अझै संसारभरी नै छ।
केही देशहरू, जस्तै इजरायल, संयुक्त राज्य अमेरिका र युरोपीय संघका
देशहरूका नागरिकहरूलाई भाइरस विरूद्ध खोप लगाइएको छ, तर विश्वभरीका चिकित्साकर्मीहरूले यो खोप लगाईसकेको भनेर सावधानी नअपनाउनु खतरनाक हुन्छ भनेर चेतावनी दिइरहेका छन्।
जापानमा स्वास्थ्य सेवाकर्मीहरूको लागि खोप सुरु भएको छ, र ६५ बर्ष भन्दा
माथि उमेर समूहहरूका लागि खोप अप्रिलदेखि सुरु हुने अपेक्षा गरिएको छ, तर जापानमा बस्ने सबैलाई यो खोप उपलब्ध हुन केही समय लाग्नेछ।
त्यसकारण विगतमा जस्तै कृपया संक्रमणलाई रोक्नको लागि आधारभूत उपायहरू जारी राख्नुहोस्, जस्तै मास्क लगाउनु र हात धुनु, चारजना भन्दा बढी व्यक्तिहरूसँग खानपिनबाट टाढा रहनुहोस्, र सकेसम्म भीडभाडमा जान/बस्नबाट जोगिनुहोस्।
OIHF ले विदेशी नागरिकहरूको लागि "कानूनी र जीवनशैली बारे परामर्श" प्रदान गर्दछ।
हालसम्म हामीले श्रम सम्बन्धी मुद्दाहरू, भिसा सम्बन्धी , नामसारी, विवाह, सम्बन्धविच्छेद र अन्य पारिवारिक मामिलाहरूमा परामर्शको लागि अनुरोध प्राप्त गरेका छौं।
यदि तपाईंसँग कुनै समस्या छ वा केहि गलत भएको छ जस्तो लाग्छ भने, कृपया OIHF लाई सम्पर्क गर्नुहोस्।
तपाईं हामीलाई ईमेल वा OIHF को FB मेसेन्जर मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

संकटकालीन अवस्थाको विस्तारको बारेमा

2021-2-04

फेब्रुअरी २ मा जापान सरकारले ११ वटै क्षेत्रहरु मध्य (तोचिगी प्रान्त बाहेक) १० प्रदेशहरु (टोकियो, कानागावा, चिबा, साइतामा, आइची, गिफु, ओसाका, क्योटो, ह्योगो, फुकुओका) मा संकटकालीन घोषणा विस्तार गर्ने निर्णय गर्यो। फेब्रुअरी ७ सम्म ११ वटै क्षेत्रहरुमा संकटकालीन अवस्था जारी रहने छ।
यो संकटकालीन अवस्था मार्च ७ सम्म रहनेछ, तथापि हरेक क्षेत्रको संक्रमणको स्थिति अवलोकन गरी संकटकालीन अवस्था तोकिएको समय भन्दा अगाड़ीपनि हटाउन सक्ने गर्ने निर्णय गर्न सकिने छ।।
थप रूपमा, EU (युरोपियन युनियन) ले जापानलाई लक्षित देशहरूबाट बाहिर राखेको छ जुन EU देशहरूमा प्रवेश गर्न सक्दछ। हाल युरोपियन युनियनका देशहरूमा चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, रुवाण्डा, सिंगापुर र थाईल्यान्ड बाहेक अन्य देशहरुबाट प्रवेश गर्न सकिदैन।
खैर, OIHF ले फेब्रुअरी ६ मा आयोजित हुने "विदेशीहरु द्वारा जापानी भाषण प्रतियोगिता" को लागी तयारी गरीरहेको छ। हामीले ३० बर्ष भन्दा अघि देखि यो प्रतिस्पर्धा आयोजना गरीरहेका छौं, त्यसैले हामीलाई यो लाग्दछ कि यहॉं धेरै व्यक्तिहरू हुनुहुन्छ जसले यो कार्यक्रमलाई पर्खिरहेका छन्। हामीलाई यो प्रतियोगिताको बारेमा सोधपुछहरू पनि प्राप्त भइरहेको छ, तर दुर्भाग्यवस यस पटक अग्रिम निर्णय अनुसार यो कार्यक्रम पहिलो पटक श्रोताविना आयोजित हुनेछ।
मञ्चमा आसिन रहनुहुने वक्ताहरू त्यहाँ क्यामेरा र निर्णायकहरू मात्र छन् भनेर हतासिन सक्दछन्, तर हामी आशा गर्दछौं कि सबै वक्ताहरूले आफ्नो सामान्य आचरण प्रदर्शन गर्नेछन।
प्रतियोगिताको भिडियो पछि युट्युबमा पोष्ट हुनेछ, त्यसैले कृपया त्यहाँ हेर्नुहोस्।

COVID-19 संक्रमणको प्रसारको कारण अतिरिक्त स्थानहरूमा संकटकाल अवस्थाको बारेमा

2021-1-14

ओकिनावामा बस्ने विदेशीहरूको लागि
टोकियो, साइतामा, चिबा र खानगावा क्षेत्रहरूमा जनवरी ७ मा जारी आपतकालीन घोषणापछि जापान सरकारले अन्य  नयॉं क्षेत्रहरू   कन्साई प्रान्तका  तीनवटा सहरहरू  (ओसाका, क्योटो र ह्येगो),   तोकाई क्षेत्रका दुई ठॉंऊ  (आइची र गिफु)  का साथै  तोचिगी र फुकुओकामा पनि  फेब्रुअरी ७  सम्म संकटकाल रहने  घोषणा गरेको छ।
थप रूपमा, जापान सरकारले व्यवसायीक भिसाका साथ जापानमा प्रवेश गर्ने विदेशीहरूको अनुमति निलम्बन गरिएको छ, जुन जनवरी ७ मा संकटकालीन अन्तिम घोषणाको समयमा अनुमति दिइएको थियो।
चीन, दक्षिण कोरिया, ताइवान र भियतनाम जस्ता जापानसँग सम्झौता भएका ११ देश र क्षेत्रका व्यक्तिहरू अहिले जापान प्रवेश गर्न सक्दैनन्।  यो निलम्बन फेब्रुअरी ७  सम्म रहनेछ, र जापान  सरकारले जापानमा संक्रमण अवस्थाको आधारमा यसलाई पुनः सुरु गर्ने वा निलम्बन विस्तार गर्ने निर्णय गर्नेछ।
गत वर्षको पछिल्लो  आधा समय देखि, OIHF मा  परामर्श लिने विदेशीहरूको संख्या COVID-19 संक्रमण फैलिएको स्थिति मा बढेको छ।
हामी आशावादी छौं कि जापानको वर्तमान आर्थिक अवस्थाले पैसा र अझ विशेष गरी श्रम र आवासका मुद्दाहरूको बारेमा बढी परामर्श लिइने छ।
पैसा/आम्दानीको बारेमा परामर्श एक मुद्दा हो जसले तपाईको जीवनलाई मात्र होइन तपाईको आवासीय स्ट्याटसमा पनि असर गर्दछ।
यदि तपाईंसँग कुनै समस्या छ भने, कृपया OIHF मा सम्पर्क गर्नुहोस्।
परामर्शका अनुरोधहरू ईमेल (kokusai@oihf.or.jp) वा फेसबुक च्याटबाट (http://www.facebook.com/oihf60) पनि स्वीकार गरिन्छ।  तपाईंले आफ्नो परामर्श सेवा निःशुल्क हो।  कृपया तपाईले सामना गरिरहनु भएका समस्याहरू  ढुक्क भएर   हामीसँग  स्वतन्त्र रूपमा बाड्न वा सेयर   गर्नुहोस।

ओकिनावामा बस्ने विदेशीहरूको लागि

2021-1-07

जापान सरकारले आपतकालिन घोषणा गरेको छ किनकि COVID-19 संक्रमण विशेष गरी कान्तोका तीनवटा क्षेत्रहरु (टोकियो, साइतामा, चिबा, र खानागावा) मा धेरै फैलिरहेको छ।
आपतकालिन अवस्थाको अवधि फेब्रुअरी ७ सम्म हो, र यस्तो लाग्छ कि यस अवधिलाई विस्तार गर्ने कि नगर्ने भन्ने कुरा त्यो बेलाको  स्थितिको आधारमा फेरि निर्णय हुनेछ।
गत वर्ष अप्रिल पछि जापानमा यो दोस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
यो समय र गत वर्षको बीचमा केही भिन्नताहरू छन्।。
अहिले विद्यालयहरू बन्द छैनन्।  उच्च माध्यमिक विद्यालय र कलेज प्रवेश परीक्षा तालिका अनुसार आयोजित गरिनेछ।
रेस्टुरेन्टहरू जस्तै क्याफेटेरियाहरू खुला छन्, तर तिनीहरू  बेलुका ८ बजे भित्र बन्द हुनु आवश्यक छ।  साथै, मानिसहरूले बेलुका ८ बजे पछि बाहिर जानु हुँदैन, र कार्यक्रममा व्यक्तिहरूको संख्या सीमित हुनुपर्दछ।
विदेशबाट जापान प्रवेश गर्ने सम्बन्धमा ११ देश र क्षेत्रहरू जस्तै चीन, दक्षिण कोरिया, ताइवान र भियतनामलाई ब्यापारीक  उद्देश्यका लागि छोटो अवधिको भिसा  सहित जापानमा प्रवेश गर्न अनुमति दिइनेछ।  यो उपाय आपतकालको स्थितिमा  जारी रहेको देखिन्छ।
जापानमा COVID-19 बाट संक्रमित व्यक्तिको संख्या गत हप्तामा  तीव्र गतिमा बढेको छ, र ओकिनावामा पनि तीव्र गतिमा बढेको छ, त्यसकारण हामी सुरक्षित स्थितिमा छैनौं।
थप रूपमा, यो संक्रमण देशव्यापीरूपमा वृद्धि भइरहेको छ जहाँ मानिसहरू भेला हुन्छन् र सँगै खाना खान्छन्।मास्क प्रयोग गर्ने, हात धुने, र कीटाणुशोधन गर्ने जस्ता आधारभूत उपायहरू गर्नुका साथसाथै भोजहरूमा भेला हुँदा र खानपान गर्दा विशेष ध्यान दिनुहोस्।

ओकिनावामा बस्ने विदेशीहरूको लागि

2020-12-24

अब, OIHF सहित कम्पनीहरु र बिभिन्न कार्यालयहरू यो वर्षको अन्तिम र नयाँ वर्षमा  बन्द हुनेछ।
OIHF, डिसेम्बर २९ देखि जनवरी ३ सम्म बन्द हुन्छ।  यदि तपाईं परामर्श गर्न चाहानुहुन्छ भने कृपया जनवरी ४ पछि हामीलाई सम्पर्क गर्नुहोस्।
जापानमा, जनवरी १ देखि "नयाँ वर्ष" भनिन्छ र क्यालेन्डर परिवर्तन हुन्छ।
नयाँ वर्षमा हामी "ओसेची" खान्छौं, जुन खाना नयाँ वर्षमा मात्र खान सकिन्छ, हामी "हात्चुमोडे/प्राथना" को लागि मन्दिरहरूमा जान्छौं, र नयाँ वर्षलाई राम्रो वर्ष होस भन्नको लागि प्रार्थना गर्दछौं।

यदि तपाईं हात्चुमोडे/प्राथना  को लागि मन्दिरमा जानु भयो र धेरै व्यक्तिको साथ नयाँ वर्षमा  भिडमा रहनुभयो भने कृपया सचेत रहनुहोस् कि तपाईं COVID-19 बाट संक्रमित हुन सक्नुहुन्छ।
वर्षको अन्त्य र नयाँ वर्षको बिदाको समयमा धेरै जापानीहरू आफ्नो परिवार, आफन्तहरू, साथीहरूसँग भेट्न र सँगै खानका लागि गृहनगर फर्केका हुन्छन्।  जापानी सरकारले यी कार्यहरूबाट टाढा रहन वा उनीहरूलाई ध्यान दिन आग्रह गरिरहेको छ।

हाल, COVID-19 को एक भेरिएन्ट भाइरस युनाइटेड किंगडम, दक्षिण अफ्रिका र सिंगापुर जस्ता धेरै देशहरूमा पुष्टि भइसकेको छ।  यो रिपोर्ट छ कि यो पछिल्लो भाइरस भन्दा धेरै संक्रामक छ।
र जापानमा पनि, संक्रमण फैलिरहेको छ र अझै पनि सुरक्षित स्थिति छैन।
वर्षको अन्त्य र नयाँ वर्षको बिदाको अवधिमा त्यहाँ धेरै व्यक्तिहरू छन जसले  अस्पताल र दीर्घकालीन-हेरचाह-विभागमा काम गर्दछन, र जसले साधारणतया   एक दिनको बिदा लिन पाउछन, तर COVID-19 संक्रमण  को कारण उनीहरूले १ दिन लिन चाहे पनि अहिले पाउदैनन्।
आधारभूत संक्रमण नियन्त्रण उपायहरू गरौं  र सावधानीपूर्वक बाँच्ने प्रयास गरौं ताकि त्यस्ता स्वास्थ्यकर्मीहरूमाथि थप बोझ नबढ्नोस्।

[विदेशी बासिन्दाहरूको सहयोगको लागि OIHF को प्रश्नावलीको नतिजा]

2020-11-19

हामी उत्तरदाताहरूको रायहरूको बारेमा  बताउन  चाहन्छौं जसले OIHF द्वारा आयोजित प्रश्नावलीको खाली  भर्ने ठाउँमा पेश गरेका थिए।
• स्थायी बासिन्दाहरूको  पुनः प्रवेश ( रि- एंट्री) प्रतिबन्धित गरिएको छ।  म अस्थायी रूपमा मेरो देशमा फर्के पछि म जापान पुन: प्रवेश गर्न सक्दिन।नोकरीको बर्खास्तको कारण घर-भाडा र खाना खर्च जोरजाम गर्न कठिन छ।
• कम्पनी ४  महिनाको लागि बन्द भएपछि अन्तत: कम्पनी फेरि सुरु भयो।  काम गर्ने ठाँउ धेरै टाढा छ र काममा जानको लागि साढे-एक घंटा लाग्दछ ।  कामको समय ढिला भयो र म हरेक दिन  रातिको १ बजे घर पुग्छु!  मलाई लाग्छ म जागिर छोड्न चाहन्छु।
• पार्टटाइम काम गर्ने  समय थोरै  छ, आय घटेको छ, र यसले मेरो दैनिक जीवनलाई असर गर्छ।
• म  त्यस्ता मानिसहरूलाई चिन्दछु जो सँग थोरै काम छ  भनेर चिन्तित छन् र जो बस्न र उच्च शिक्षामा जानको लागि रकम तिर्न सक्षम हुनेछैनन्।
• म यहाँ बितेको 5 महिनादेखि  बिना काम र बिना पैसा अड्केर बसेको  छु।  म काम गर्नको लागि कडा मेहनत गर्दैछु, तर जापानी भाषा प्रतिबन्धको कारणले म सफल हुन सकेको छैन।  म आफ्नो घर फर्कन सक्ने कुनै आशनै  छैन, त्यसैले म यहाँ बस्नको लागि केहि पैसा कमाउन सकेभने यो धेरै उपयोगी हुनेछ।
• कामको सम्झौता अर्को वर्ष फेब्रुअरी सम्म हो, तर म चिन्तित छु कि यो लामो समय सम्म रहदैन।  त्यस पछि, म मेरो भिसा नवीकरण गर्नको लागि नयाँ जागिर फेला पार्न सक्दिन।
• म समस्यामा छु किनकि मलाई COVID-१९ को बेलामा कामबाट खारेज गरियो।
• मैले मेरो जागिर गुमाएको छु।
• खेल मैदान सहित सार्वजनिक सुविधा बन्द गरिएको छ।
• कामबाट बर्खास्त गरिंएको  कारण भिसा खारेज भयो।

OIHF ले तपाईंलाई कस्तो  प्रकारको  मद्दत गर्न सक्दछ जस्तो लाग्छ?
• परामर्श सेवा
• कानुनी सल्लाह
• सल्लाह र जानकारीबारे प्रावधान
• बच्चा जन्म र बाल हेरचाह सहयोग
• OIHF ले धेरै बार्तालाप बैठकहरू र परामर्श बैठकहरू आयोजित गर्न चाहन्छ।
• मलाई लाग्छ कि OIHF को गतिविधि र सेवाहरूको बारेमा विज्ञापन गर्नु र जानकारी दिनु उत्तम हुन्छ।  मलाई लाग्छ कि सामान्यतया धेरै विदेशीहरुलाई OIHF ले प्रदान गर्ने सेवाहरु को बारे मा थाहा छैन।  ओकिनावामा यातायात सेवाको राम्रो सुविधा छैन।  त्यसकारण, मलाई लाग्छ कि  यदि विभिन्न ठाउँमा नियमित •परामर्श डेस्कहरू राखिए भने राम्रो हुनेछ।  मलाई फोन वा ईमेलबाट परामर्शमा लिन  राम्रो लाग्दैन, र अरू धेरै व्यक्तिहरूले पनि त्यस्तो गर्दैनन्, त्यसैले मलाई लाग्छ कि यो परामर्श डेस्क सुबिधा अझ ग्राहक अनुकूल हुन्छ।
• अंग्रेजीमा मानसिक स्वास्थ्य सहयोग सेवाहरू।
• ईमेलबाट सल्लाहले COVID-19 प्रतिबन्धको बारेमा जीवनको वर्तमान नियमहरूको सार्वजनिक जागरूकता कायम राख्न मद्दत गर्दछ।
• OIHF ले जापानमा कानूनी प्रक्रियालाई सहयोग पुर्‍याउन मेरो लागि जीवन बचाउने काम गरेको छ।
•कृपया नयॉं जानकारीहरू प्रदान गर्न जारी राख्नुहोस् जुन अहिले पनि छ। म पनि देश-विदेशहरूको बारेमा नयॉं यात्रा स्थिति जान्न चाहान्छु।
• जापानी भाषा कक्षा
• रोजगार वातावरणमा विदेशीहरूलाई सहयोग पुर्‍याउने उदाहरणहरू: द्वेषयुक्त बर्खास्तगी, आधारभूत तलब भन्दा कम तलब
• यदि तपाईंसँग रोजगार जानकारी  सेवा वा घर-भाडा आवास जानकारी  सेवा छ भने, यसले विदेशीहरूलाई मद्दत गर्दछ।
• मँ तपाईं यहाँ एक यस्तो ठाउँको सिर्जना गर्नुहोस भन्ने चाहन्छु जहाँ नोकरीबाट खारेज  हुने वा कोरोनामा कामबाट खारेज हुने विदेशीहरूले सजिलै आफ्नो चिन्ता व्यक्त गर्न सक्दछन्।
• सम्भव भएसम्म, मलाई लाग्छ कि जापानी नियमहरू, सरल कानूनहरू, स्थानीय सूचनाहरू र बहु भाषाहरूमा संस्कृति प्रसारित गर्नु महत्त्वपूर्ण हुन्छ।  म OIHF ले प्राविधिक इंटर्न प्रशिक्षार्थीहरुको बारेमा पनि ध्यान देओस भन्ने चाहान्छु।  तिनीहरूको पर्यवेक्षण संगठनहरू मुख्यतया उनीहरूको कामको बारेमा हेरचाह गर्दैछन्।  तिनीहरूको ३ देखि ५ बर्षको प्रशिक्षण अवधि अधिक अर्थपूर्ण छ, र यदि तिनीहरूले लाभदायी जीवन बिताउन सक्दछन् भने, यो प्रशिक्षार्थीहरूको लागि मात्र होइन समुदायको लागि पनि उपयोगी हुनेछ।  अर्को कुरा म सुझाव दिन चाहान्छु कि एक चिकित्सा संस्था संग आधारभूत जानकारीहरू, मार्गदर्शन, र बिभिन्न भाषाहरूमा परामर्शका लागि आवेदन फारमहरू प्रदान गर्न,  आदि काम गर्न धेरै सहयोगी हुनेछ। विशेष गरी, यदि एक प्रिफेक्चुरल अस्पताल वा चिकित्सा संस्थानले चिकित्सा जाँच गर्ने एउटा बहुभाषी फारम तयार गर्यो भने, मलाई लाग्छ कि विदेशीहरूले ढुक्कका साथ मेडिकल परीक्षण प्राप्त गर्न सक्छन्।

विभिन्न धारणा मध्ये, त्यहाँ केहि कुराहरू थिए जुन OIHF ले अपेक्षा गरेको थियो र OIHF लाई लाग्यो कि यो कुरा महसुस गर्न केहि समय लाग्नेछ।  हामी सबै विचारलाई हाम्रो मुद्दा मान्दछौं, र हामी प्राथमिकताहरू तय गर्ने छौं र एक पछि अर्को समाधान गर्ने र उनीहरूलाई महसुस गर्ने तरिकाहरू खोज्नेछौं।
नोभेम्बर १८ मा, मानव विविधता जापान संस्थानका सीईओ श्री तारो तामुराले ZOOM द्वारा "COVID-१९ को युगमा नयाँ बहुसांस्कृतिक सहकारिताको लागि सामुदायिक विकास" भन्ने विषयको व्याख्यान दिए।
उनको लेक्चरमा  OIHF ले के गर्नु पर्दछ, OIHF ले के गर्न सक्दछ, र समाजले OIHF द्वारा के अपेक्षा गर्छ भन्ने बारेमा धेरै संकेतहरू थिए।
OIHF चाहिँ COVID-१९ महामारी मात्र होईन तर यस क्षेत्रको भविष्यलाई ध्यानमा राखेर "संयुक्त कार्य" को परिप्रेक्ष्यमा  कार्यक्रम  जारी राख्न चाहन्छ।

हामी सबैलाई धन्यवाद दिन चाहन्छौं जसले प्रश्नावलीको जवाफ दिए र जसले आफ्ना  विचारहरू लेखेका थिए।

ओकिनावामा बस्ने विदेशी बासिन्दाहरूको लागि 

2020-11-16

हाल COVID-19 बाट संक्रमित व्यक्तिहरूको संख्या विश्वव्यापी रूपमा ५३.९७ मिलियन (नोभेम्बर १५ सम्म) छ।  हालसम्म, संयुक्त राज्य अमेरिकामा १० मिलियन भन्दा बढी मानिस संक्रमित भइसकेका छन, भारतमा ८.८ मिलियन भन्दा बढी, र ब्राजिलमा ५ मिलियन भन्दा बढी संक्रमित भइसकेका छन।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म १ मिलियन भन्दा बढी संक्रमण भएका देशहरूमा फ्रान्स, रसिया, स्पेन, युनाइटेड किंगडम, अर्जेन्टिना, कोलम्बिया, इटली र मेक्सिको छन्।  
थप रूपमा, शहरी लकडाउनहरू आयरल्याण्ड र जर्मनी जस्ता यूरोपीय देशहरूमा भइरहेको छ।
धेरै मानिसहरूलाई संक्रमित भएका देशहरूको तुलनामा जापानमा अझै धेरै यो शान्त र कम  देखिन्छ।

यद्यपि संक्रमित व्यक्तिको संख्याहरू  शरद् ऋतुमा ( फल सिजनमा) क्रमशः बढ्दै गइरहेको छ।
यस्तो अवस्थामा जापान मेडिकल एसोसिएशनका अध्यक्षले यो धारणा व्यक्त गरे कि "यसलाई तेस्रो वेबको  रूपमा लिन सकिन्छ।"
ओकिनावामा पनि संक्रमित व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढ्दै र घट्दै छ तर हामी कहिले पनि आशावादी स्थितिमा छैनौं।
साथै, ओकिनावा मा पनि शरद र हिउद ऋतु हुन्छ, र यो चिसो र सुख्खा हुन्छ।
अघिल्लो अवलोकनबाट, COVID-19 सुक्खा, हावा पास नहुने  कोठामा संक्रमणको लागि अधिक संवेदनशील भएको रिपोर्ट गरिएको छ।
ओकिनावामा पनि जाडोमा हावा सुख्खा हुन्छ।

मास्क लगाउने, ठूलो संख्यामा रहेका  व्यक्तिहरूसँग खाने बारे सावधान रहन, र भेन्टिलेसनलाई ध्यानमा राखी तपाईंलाई संक्रमण हुनबाट बचाउन र तपाईंको वरपरका मानिसहरूलाई संक्रमण फैलाउनबाट तपाईंले आधारभुत उपायहरू गर्न जारी राख्नुहोस् ।

[विदेशी बासिन्दाहरूको लागि सहयोगको OIHF को प्रश्नावलीको नतिजा]

2020-11-10

सेप्टेम्बरमा सम्पन्न "विदेशी निवासीहरूको लागि सहयोगमा प्रश्नावली" को बारे हामी तपाईहरु मध्ये धेरैलाई धन्यवाद दिन्छौं।  यहाँ परिणामको सारांश छ।

मेडिकल अनुवाद (आर्थिक वर्ष २०२० को स्थिति)
OIHF को मेडिकल दोभाषे सहयोग, जुन अप्रिल २०१३ मा शुरू भयो, अहिले  यो आठौं बर्षमा छ।  हाल, OIHFले  मेडिकल दोभाषेहरूलाई चार भाषामा तालिम प्रदान गर्दछ: अंग्रेजी, चिनियाँ, कोरियाली, र स्पेनिश।अनुरोध अनुसार अन्य भाषाहरूको लागि  पनि उपलब्ध दोभाषेहरू पेश गरिनेछ ।
मेडिकल दोभाषे पठाउनका लागि अनुरोधहरू बिभिन्न  जीवन चरणमा फरक पर्न सक्छ, जस्तै नगरपालिकाद्वारा सञ्चालित शिशु चिकित्सा परीक्षण, गर्भवती हुँदा मेडिकल जाँच, र घाइते वा बिरामी हुँदा मेडिकल जाँचहरू।  चिकित्सा दोभाषेको लागि प्रति घण्टा २,००० येन हो र यो रकम संस्थाले वहन गर्नुपर्दछ (नगरपालिका, चिकित्सा संस्था वा परीक्षार्थी)।

हामीलाई हरेक दिन मेडिकल दोभाषे पठाउन आग्रह गरिन्छ, हामी महसुस गर्छौं कि नगरपालिका , चिकित्सा संस्था, र विदेशी बासिन्दाहरू जो हाम्रो चिकित्सा दोभाषेको सेवाको बारेमा जान्दछन्।
यस प्रश्नावलीको नतीजाका अनुसार १३% उत्तरदाताहरूले भने कि उनीहरू OIHF को मेडिकल दोभाषे सहयोगको बारेमा "जान्दछन", तर १% ले मात्र उत्तर दिए कि "उनीहरूले यो सेवा प्रयोग गरेका छन"।  हामीलाई लाग्छ कि यो आंशिक मात्रै  हो किनभने ओकिनावाका मेडिकल संस्थानहरूले यस्तो वातावरण तयार गरिरहेका छन् जहाँ उनीहरूले विदेशी भाषाहरू बोल्न सक्दछन्।
जब सोधियो "के यो उपयोगी छ ?,"८३% ले "छ" र १७% ले "छैन" भनेर जवाफ दिए।  १७% व्यक्तिहरू मध्ये जसले "छैन" भन्ने जवाफ दिए, हामीलाई लाग्छ कि त्यहाँ कोही यस्ता व्यक्तिहरू  छन् जो चिकित्सा संस्थामा आफैंले कुराकानी गर्न सक्दछन् र जो आफ्नो परिवार, साथीहरु र चिन्नेहरुमा पनि भर पर्न सक्छन्।  यस्को अतिरिक्त, हामी यो मान्छौं कि मानिसहरूसँग उनीहरूसँग "मेडिकल इन्फर्मेसन" प्रयोग गरीरहेका छन् जसले हाम्रो वेबसाइटमा ओकिनावामा विदेशी भाषाहरू बोल्न सक्ने चिकित्सा संस्थाहरू परिचय गराउँदछन् वा उनीहरूले सिधै त्यस्ता  चिकित्सा संस्थाहरूसँग सम्पर्क राख्छन् जसले  विदेशी भाषा बोल्न सक्छन्।  त्यसो भए OIHF को सामर्थ्य  के हो?

उदाहरण को लागी, मानौं कि एक विदेशीले हामीलाई एक मेडिकल दोभाषेको लागि अनुरोध गर्यो  किनभने ऊ घाइते भएको छ।  केवल मेडिकल दोभाषेलाई ध्यानमा राख्दै, हामी एक दोभाषे पठाउँनेछौं, र यो  केस बन्द हुनेछ।  जहाँसम्म, यदि प्रश्नको उत्तर "के तपाईं काममा घाइते हुनुभएको हो?" उत्तर  "हो," त्यसोभए यो एक व्यावसायिक दुर्घटना हुनेछ।  त्यसोभए तपाईंले कामदारहरूको दुर्घटना क्षतिपूर्ति बीमाको बारेमा बुझ्नुपर्ने हुन सक्छ।  यदि तपाईंलाई मेडिकल जाँचको लागि दोभाषे लिन आग्रह गरिएको छ किनकि तपाईं गर्भवती हुनुहुन्छ भने, तपाईंले जापानी सामाजिक बीमा प्रणाली र सरकारी कार्यालयमा आफ्नो बच्चाको जन्म हुनु अघि र पछिको प्रक्रियाहरूको बारेमा बुझ्न  आवश्यक छ, एक मेडिकल दोभाषे लिनुको अलावा।  OIHF ले ओकिनावामा बसोबास गर्ने विदेशीहरूलाई आफू बसोबास गर्न सहज भएको महसुस गर्न सक्ने समाजको महसुस गराउन "प्रशिक्षण र प्रेषित मेडिकल दोभाषे" बाहेक विस्तृत सहयोग  प्रदान गर्न  पनि जारी राख्नेछ।

[OIHF ले COVID-19 सम्बन्धि सुरक्षा मापदंडलाई पछ्याउदै "आपतकलिन अवस्थामा सुरक्षित आश्रय सम्बन्धि प्रबन्धको अभ्यास / सुरक्षित आश्रयबारे अनुभव" सम्बन्धि कार्यक्रम गर्यो ]

2020-11-10

शनिबार, नोभेम्बर ७ मा हामीले उरासोए-शहरको नाकानिशी प्राथमिक विद्यालय व्यायामशालामा "आपतकलिन अवस्थामा सुरक्षित आश्रय सम्बन्धि  प्रबन्धको अभ्यास   / सुरक्षित आश्रयको अनुभव घटना" को प्रबन्ध ड्रिल /अभ्यासको आयोजित गरेका थियौं।  यो कार्यक्रम ओकिनावाको क्षेत्रीय प्रकोप रोकथाम क्षमता सुधार गर्ने उद्देश्यका लागि प्रत्येक वर्ष आयोजना गरिन्छ र  यो बर्ष २०० भन्दा बढी स्थानीय बासिन्दाहरू, जसमा बच्चाहरू, बुजुर्गहरू, र अपांगता  भएका व्यक्तिहरू सहभागी थिए।
विशेष गरी यस वर्षको  मुद्दाहरू मध्ये एक COVID-19 को संक्रमण को बेला मानिसहरू भेला हुने  सुरक्षित आश्रय स्थलहरूमा संक्रमण रोक्न उपायहरू कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा  थियो।  रिसेप्शनिस्टले तापमान मापन गरेर, प्रश्नावली भर्ने अनुरोध गर्दै, हातहरू कीटाणुरहित गर्ने, आदि सामाजिक भीड नबनाईकनै भीड नबनाउने गरी अघि बढ़न अनुरोध गरे।
प्रशिक्षणमा, OIHF ले एक विशाल स्तरको प्रकोपको बेला सहयोग क्याम्पको रूपमा "विपत्ती बहुभाषी सहयोग  केन्द्र" खोल्यो।  हामीले स्थापना गरेको
 “प्रकोपको बेला विदेशीहरूका लागि सहयोगीहरू” सँगको सहकार्य प्रणालीको पुष्टि गर्ने क्रममा हामीले प्रकोप रोकथाम सम्बन्धी संगठनहरूसँग प्रशिक्षण सञ्चालन गरेका थियौं जसका लागि पर्याप्त जानकारी नभएका विदेशीहरूलाई कसरी आवश्यक जानकारी पुर्याउने  भन्ने सम्बन्धमा थियो।
यस्को अतिरिक्त , धेरै बुथ स्थलहरूमा  प्रकोपको बेला  खोजिने  उपयोगी जानकारीहरू  राखिएको थियो।  अभ्यासको  समानान्तरमा, भाग लिएका स्थानीय बासिन्दाहरूले हस्तनिर्मित  सामानहरू बनाउन सिकिरहेका थिए र कसरी कार्डियोपल्मोनरी पुन:सुचारू   गर्ने  भन्नेबारेमा सिकिरहेका थिए।
उपस्थित  सहभागीहरूले प्रशिक्षणको माध्यमबाट प्रकोप रोक्ने बारेमा उनीहरूको जागरूकता बढाएको देखिन्थ्यो।  यसका अतिरिक्त, विदेशीहरूका लागि विपद् सहयोगी मध्येका एकले भने, "केवल सैद्धान्तिक रूपमा मात्र सिकेर थाहा पाउनु  र  हामीले  चीजहरूलाई बास्तविकरूपमा  कसरी देख्छौं र अनुभव गर्छौं,  त्यो  बिलकुलै फरक हुन्छ। यो एउटा प्रशिक्षण मात्र  भएपनि, यस्तो धटना पछि  हुन सक्ने छ भन्ने अवधारणामा रहि यो कार्यक्रम  गर्नु एउटा महत्वपूर्ण  अनुभव थियो।  "
पछि फर्केर तालिमलाई हेर्दा, OIHF लाई यस्तो लाग्छ कि यो कार्यक्रम  एकदमै राम्रो थियो।  हामीले हालसम्म आयोजना गरेका  कार्यक्रमहरू मध्य यो  कार्यक्रममा सहभागीहरूको संख्या  सब भन्दा बढी थियो।
अर्कोतर्फ, हामीले यस समयमा अंग्रेज़ी , भियतनामी र नेपाली जस्ता प्रत्येक भाषाहरूमा अनुवाद गरिएको पर्चा र पोष्टरहरूको संख्या बढायौं र मुख्य व्यक्तिहरू मार्फत स्थानीय विदेशी समुदायलाई बोलाउनु पनि एउटा चुनौती रह्यो।  OIHF द्वारा स्थापित गरिएका विदेशी सहयोगीहरू बाहेक, साधारण  सहभागीहरू बीच कुनै विदेशी सहभागीहरू थिएनन्।  हामीले कल्पना गर्न सक्ने भन्दा बढी, हामीले महसुस गर्यौ कि "कस्तो प्रकारको खाली स्थानको आश्रय स्थल हो", "सुरक्षित आश्रय स्थलहरूमा जान पाउने  मापदंड", र "विदेशीहरूले सुरक्षित आश्रय स्थलहरू  प्रयोग गर्न सक्दछन् कि सक्दैनन्" जस्ता आधारभूत जानकारीको  प्रक्रिया भने अघि बढेको छैन।  ।  भविष्यमा, OIHF कुनै पनि समयमा हुन सक्ने प्रकोपहरूको बारेमा जागरूकता बढाउन चाहन्छ, विशेष गरी विभिन्न व्याख्यानहरू र जापानी भाषा कक्षाहरूको माध्यमबाट, ताकि तिनीहरूले विदेशीहरूको लागि सुरक्षित अबतरणको व्यवहार गर्न सक्नेछन्।
यो ड्रिल/अभ्यासमा सहयोग गर्नुहुने र सहयोग पुर्‍याउने सबैलाई धन्यवाद।

विदेशी बासिन्दाहरूलाई सहयोग पुर्‍याउन OIHF को प्रश्नावलीको नतिजा

2020-10-21

"विदेशी बासिन्दाहरूको सहयोगको लागि OIHF को प्रश्नावली" मा तपाईंको सहयोगको लागि OIHF आभार प्रकट गर्दछ। हामीले प्रश्नावलीको नतीजाहरूको सारांश प्रस्तुत गरेका छौं।

COVID-19 वेब साइट र फेसबुक (FY 2020) - बिभिन्न भाषाहरूमा जानकारी संप्रेषण-

तपाईंलाई थाहै छ कि COVID-19 को विश्वव्यापी महामारी, जुन पुष्टि भइसकेको छ, यसले ओकिनावाका विदेशी बासिन्दाहरूलाई पनि असर गरेको छ।
OIHF ले प्रदान गरीने कानूनी र दैनिक जीवनी सम्बन्धि परामर्शको लागि हामीले प्रारम्भिक चरणबाटै धेरै विदेशी बासिन्दाहरूबाट धेरै जानकारी पायौं, जस्तै "कोरोनाको प्रभावका कारण नोकरीबाट खारिज," "तलब नपाएको," "नयाँ जागिर पाउन सकीएन," र " "दैनिकी जीवन को लागि रकम छैन"।
त्यसकारण, OIHF ले मे १ बाट पोर्टल साइट सुरू गर्‍यो, जापानी सरकारले जारी गरेको जानकारीमा ध्यान केन्द्रित गर्दै जस्तै आपतकालीन घोषणा सम्बन्धी सूचनाहरू र भाषाहरू (अंग्रेज़ी, चिनियाँ, कोरियाली, स्पेनिश, आदि) मा विशेष निश्चित-रकम सुविधाहरूको लागि कसरी आवेदन गर्ने भनेर। हामीले यसलाई बहुभाषीय बनायौं (नेपाली / भियतनामी) र "थोरै सजिलो जापानी" र हाम्रो वेब साइट र फेसबुकमा सूचना प्रसारित गर्ने गरेका छौं।
जुलाई २०२० मा क़ानून मन्त्रालयले जारी गरेको विदेशी आवासीय तथ्याङ्कका अनुसार डिसेम्बर २०१९ मा ओकिनावा प्रान्तमा विदेशी बासिन्दाहरूको संख्या करीव २१,००० थियो जुन राष्ट्रियता र क्षेत्र अनुसार निम्न छ। पहिलो भियतनाम ३०००,(लगभग १०० मा राउन्ड अप गरिएको ), दोस्रो चीन २,८००, तेस्रो नेपाल २,७००, चौथो अमेरिका २,६०० पॉंचौ फिलिपिन्स २,३०० छैटौ दक्षिण कोरिया १,४०० सातौं स्थान ताइवान १,१०० छन। यो क्षेत्रका  शीर्ष ७ देशका  बासिन्दाहरू कुल बिदेशी जनसंख्याको लगभग ७५%  छन।
अर्को शब्दमा, यो भन्न मिल्छ कि OIHF द्वारा संप्रेषित ६ भाषाहरुले धेरै बहुभाषी जानकारी कभर गर्न सक्छन्। जहाँसम्म, बाँकी रहेका २०% व्यक्तिहरूको लागि अझै समस्याहरू छन्।
ओकिनावा प्रान्तको जनसंख्या १.४५ मिलियन भन्दा बढी भएकोले यस प्रान्तमा बसोबास गर्ने १०० जनामध्ये १ भन्दा बढी विदेशीहरू छन। ओकिनावामा अमेरिकी सेनाका कर्मचारीहरू सहित ओकिनावा प्रान्तमा दर्जनौं व्यक्ति विदेशी छन्।

यस अनुपातबाट, हामी आपतकालीन अवस्थामा बहुभाषी जानकारी प्रसारणको आवश्यकता देख्न सक्छौं जस्तै यस पल्ट कोरोना प्रकोप।
प्रश्नावलीको नतीजाहरुका अनुसार २०% उत्तरदाताले उनीहरुलाई OIHF को COVID-19 वेबसाइट र फेसबुकको अस्तित्व "थाहा" छ भने।
तिनीहरूमध्य १९% भन्छन् कि यो सेवा प्रयोग गरिएको छ। "मलाई थाहा थियो" र "प्रयोग गरेको छु" भन्ने समान अनुपातमा छन।
जे भए पनि हामी स्वीकार गर्दछौं कि OIHF को पहिचानको लागि चुनौती छ।
जब यो सोधियो "के यो उपयोगी छ?", २२% ले "छैन" जवाफ दियो।
यसको मतलव केहि मानिसहरु जसले भन्छन "थाह छ" वा "प्रयोग गरेका छन", उनीहरूले "बेकार" हो भन्ने सोच्दछन्।

हामीले यस बिन्दुमा अलि गहिरेर सोच्नुपर्ने छ र यसलाई विश्लेषण गर्नुपर्नेछ।
अवश्य पनि, कुनै जानकारी र प्रणाली त्यसको अस्तित्वको जानकारी बिना प्रयोग गर्न सकिदैन।
तपाईको मातृभाषामा भरपर्दो जानकारीको पहुँच पुर्याउन, निश्चित निर्णय लिनु र कार्य गर्नु पहिलो कदम हो।
OIHF ले विदेशी बासिन्दाहरूको लागि उपयोगी जानकारी प्रदान गर्न जारी राख्दछ र सकेसम्म धेरै व्यक्तिहरूमा पुग्नेछ।

[ओकिनावामा बस्ने विदेशी बासिन्दाहरूलाई सहयोग पुर्‍याउनको लागि OIHF को प्रश्नावलीको नतिजा]

2020-10-14

हामी तपाईंहरू सबैलाई सेप्टेम्बरमा आयोजित "विदेशी बासिन्दाहरूको सहयोगको लागि OIHF प्रश्नावली" मा गर्नुभएको सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।  हामीले नतिजाहरूलाई संक्षेपमा प्रस्तुत गरेका छौं।

कानूनी / जीवनशैली परामर्श (आर्थिक वर्ष 2020 मा अवस्थित)
यस वर्ष परामर्श लिइएको संख्या गत वर्षको समान अवधिको तुलनामा दुईदेखि तीन तिहाईले बढेको छ।
यसबाट यो देख्न वा बुझ्न  सकिन्छ कि जापानमा बसोबास गर्ने विदेशीहरूले COVID-19 संक्रमणको प्रसारको क्रममा विभिन्न कठिनाइहरूको सामना गरिरहेका छन,  त्यस्ता समस्याहरू  फेब्रुअरी २०२० पछि शुरू भयो।
यद्यपि  OIHF द्वारा प्राप्त परामर्शहरूको सूची फरक फरक  भएपनि, तिनीहरूको अवस्था गम्भीर र कठिन थियो।  त्यसको कारण कारण यो हुन सक्छ कि दैनिक जीवनका सामान्य र साधारण  चिन्ता र समस्याहरू ति व्यक्तिका परिवार, साथीहरू र व्यक्तिसँगको समुदायमा परामर्श र समाधान गर्न सकिन्छ।
ब्यक्तिका जुन  समस्याहरू  सजिलै समाधान हुन सक्दैन त्यस्ता समस्याहरूका समाधानको लागि OIHF  मा परामर्शको लागि  ल्याइएको  हुनसक्छ।
यसलाई अब समाज को एक वांछनीय रूप मान्न सकिन्छ।  तसर्थ, परामर्श संख्या ठूलो भयो  भन्दैमा यो राम्रो हो भन्ने चॉंहि हुदैन।  यदि परामर्श संस्थासँग परामर्श गर्न सजिलो वातावरणको ग्यारेन्टी गरिएको छ भने, यो यस्तो समाज हुन सक्छ जहाँ कम परामर्शका साथ विदेशिहरू बस्न सजिलो हुन्छ।  साथै, यदि समस्या उत्पन्न भयो र जुन व्यक्तिको हो उसैको समुदाय भित्र समाधान गर्न सकियो भने, यो उत्तम हुनेछ।

जे होस्, OIHF लाई लाग्छ कि "परामर्श डेस्क" एक स्थानको रूपमा हुनु पर्छ जहाँ तपाईलाई साँच्चिकै समस्यामा परेको बेलामा चलाउन सक्नुहुन्छ र एक ठाउँको रूपमा जहाँ तपाई विशेषज्ञको  सल्लाह सुन्न सक्नुहुन्छ।  OIHF यस्तो परामर्श स्थानको लागि लक्षित छ।
प्रश्नावलीमा, ७७% मानिसहरूले जवाफ दिए कि उनीहरूलाई OIHF ले प्रदान गर्ने कानुनी र जीवनशैली परामर्श सेवाको सुबिधाबारे "थाँहा थिएन"।
तथापि, ७९% उत्तरदाताहरूले  "के तपाईंलाई लाग्छ परामर्श सेवा उपयोगी छ?"  भन्ने प्रश्नको जवाफ मा "छ" उत्तर दिए। "छ" भन्ने  जवाफ दिनेहरूको विश्वासलाई धोका नदिई, एकै साथ हामीले बाँकी  रहेका २१% व्यक्तिहरूको लागि  पनि "छैन" लाई "छ" मा परिवर्तन गर्न कोसिस गर्नुपर्छ। त्यसको लागि  हामीले यो  थाहा पाउनुपर्दछ कि कसरी  ति व्यक्तिहरूको  उत्तर "छैन" आयो।
त्यसकारण परामर्शमा, यो जनसम्पर्क क्रियाकलाप भन्दा फरक रुपमा प्रचार गर्नु आवश्यक छ।

निष्कर्ष
निश्चित रूपमा, केहि परामर्शमा समस्याहरू छन् जुन विशेषज्ञहरूले पनि समाधान गर्न गाह्रो छ।  OIHF द्वारा खेलेको भूमिकाका रूपमा, तथापि, यो परामर्श संस्थाको रूपमा एक अर्कालाई ध्यान दिएर, प्रतिक्रिया लिएर  र परिणामहरू उत्पन्न गरेर विदेशीहरूलाई विश्वास गर्नु अधिक महत्त्वपूर्ण हुन्छ।  ..
OIHF विश्वास गर्दछ कि यो एक सार्वजनिक सम्बन्धको  गतिविधि हो जसले  ७७% व्यक्तिहरू  जसलाई  ‘कानूनी र जीवनशैली परामर्श’ को बारे "थाहा "थिएन" लाई "थाहा छ"  मा परिवर्तन गर्दछ।

यदि तपाईंका  वरपरका कुनै  व्यक्तिहरू  समस्यामा छन् भने, कृपया उनीहरूलाई भन्नुहोस् कि OIHF ले नि: शुल्क कानूनी र जीवनशैली परामर्श प्रदान गर्दछ।  कृपया OIHF का परामर्श सेवाहरूको बारेमा जसलाई थाहा छैन, उनिहरूसम्म यो कुरा  सेयर गर्न सहयोग गर्नुहोस्।  तपाईको सहयोग प्रति OIHF उच्च कदर  गर्दछ।

[उग्र ताइफून नं. १० (हाइसेन) विरूद्ध गम्भीर सावधानी]

2020-09-05

हाल, यो ताइफून नं. १० (हाइसेन) बिकसित हुँदै ओकिनावातिर बढीरहेको छ। यो  ताइफून "धेरै ठूलो" शक्तिका साथ सेप्टेम्बर ५  (शनिबार) दिउँसो दखि ६  (आइतवार) सम्म ओकिनावा क्षेत्रमा आइपुग्नेछ।
भविष्यमा  यो हाइसेन ताइफून अझ बढी  विकसित हुँदै  "उग्र" आँधी बन्छ भन्ने अनुमान गरिएको छ।
यो ताइफून यस्तो  हिंसात्मक ताइफून हो जसको हावाको गति  यस्को  केन्द्रबिन्दुको नजिक ५४ मिटर/ सेकेंड वा त्योभन्दा बढी  हुन्छ।

यदि हावाको गति ५० m/s भन्दा बढि भयो भने, निम्न क्षति हुन सक्छ।
■ टेलिफोन बुथ वा भेन्डिङ मेशिन ढल्न  वा सर्न सक्छ।
■ बिजुली-बत्ती/टेलिफोनका पोलहरू र स्ट्रिटलाइटहरू  ढल्नसक्छन।  पर्खाल-भित्ताहरू ढल्नसक्छन।

अवस्य पनि,  मान्छे पनि यो हावाको वेगको बिरूद्द खडा हुन सक्दैन।
सुपरमार्केटहरू  ताइफून नजिक आउने बित्तिकै बन्द हुन सक्छन्।
खानेकुरा र पानी चाँडैनै किनेर राखिहाल्नुहोस र तयारी गर्नुहोस्।
आंधीबेरी आउँदा  तपाईंले खाना पकाउन नसक्ने पनि हुनसक्छ, त्यसैले आपतकालीन खाना तयार गर्नुहोस् जुन तपाईं आगो प्रयोग नगरी तयार गर्न सक्नुहोस वा खान सकियोस।
ब्ल्याकआउट्स बिरूद्धको उपायका रूपमा, यदि बिजुली प्रयोग गर्न सकिएन भने, केवल "बत्ती" मात्र जादैन, टिभी र स्मार्टफोन पनि प्रयोग गर्न सकिदैन, र "सूचना" प्राप्त गर्न गाह्रो हुन्छ।
फ्ल्यासलाइट र स्मार्टफोनको ब्याकअप ब्याट्रीको तयारी जस्ता जानकारीहरू संकलन गर्नुहोस्।

ताइफूनको बेलामा वर्षा र हावाको गति  मानव कल्पनाभन्दा बाहिर हुन सक्दछ।
जब ताइफून आउँछ, जे भए पनि बाहिर नजानुहोस्।
तपाईंको जीवनलाई बचाउन र चोटपटकबाट बच्न उच्च प्राथमिकताका साथ कार्य गर्नुहोस्।

कृपया नवौं ताइफुन (No. 9 Maysak) बाट सावधान रहनुहोस्

2020-08-30

हाल, यो  ताइफुन नं. ९ (Maysak) बिकसित हुदै ओकिनावा तिर बढ्दैछ। हप्ताको सुरुमा (अगस्त ३१) यो "एकदम ठुलो" शक्तिमा परिणत हुनेछ।
हालको पूर्वानुमानका अनुसार यो अगस्ट ३१ को दिउँसो देखि सेप्टेम्बर १ बिहान सम्म ओकिनावाको  नजिक हुनेछ।
यद्यपि ओकिनावामा  मुख्य ताइफुनको केन्द्रबिन्दु पुग्नुभन्दा अघिनै  भारी  वर्षा र ठुलो  हावाहुरी आउनेछ।  साथै, ताइफुन गइसकेपछि पनि यस्को प्रभाव केहि समयका लागि रहन सक्छ।
विगतमा, ओकिनावामा ताइफून अनुभव नगर्ने विदेशी नागरिकहरू मात्र होइन, ताइफून अनुभव गर्नुभएका विदेशी  नागरिकहरू पनि कृपया सचेत रहनुहोला।

ताइफुनको समयमा के कुरामा विशेष ध्यान दिने
■ ब्ल्याकआउट
यदि भारी वर्षा वा ठुलो हावा-हुरी  आइरहेकोछ भने, अचानक बत्ति जानसक्छ।  बत्ति जाने तरिकामा दुईवटा पैटर्न हुन्छ।  केवल तपाईंको घरमा मात्रै वा तपाईंको क्षेत्रमा   मात्र पावर-कट  हुनसक्छ।
जे  जस्तो  भएपनि, बिजुली अन गर्नको लागि ब्रेकरलाई  तुरुन्तै खोल्नु खतरनाक हुन्छ, त्यसैले शान्त रहनुहोस् र घर भित्र मात्र होइन तर कोठाको बाहिर पनि जाँच गर्नुहोस्।

■ ढोकाहरू (घर वा कारको)
आँधीको समयमा हावाको शक्ति तपाईंले सोचे भन्दा बढी शक्तिशाली हुन सक्छ।
ढोका खोल्दा (वा बन्द गर्दा), हावाको चाँपले तपाईंलाई बाहिर तान्न सक्छ।वा जब ठुलो हावा-हुरीको फोर्सको बिरूद्द  ढोकाको ह्यान्डल समात्दा वा  घुमाउँदा, औंला वा पाखुरा अचानक बन्द भएको ढोकामा पर्नसक्छ, जस्को फलस्वरूप ठुलो चोटपटक लाग्न सक्छ।

■ झ्यालहरू
यदि भारी वर्षासंगै हावाले झ्यालमा हिर्काउँछ भने, वर्षाको पानी झ्यालको फ्रेमबाट कोठामा प्रवेश गर्न सक्दछ।
यस्तो अवस्थामा  झ्याल खोल्न हतार नगर्नुहोस्। बरू  झ्यालको फ्रेममा तौलिया वा अखबार राख्नुहोस्।

■ बाहिर जाने बारे
जब ताइफुन बलियो हुन्छ,  यस्ले बिभिन्न  चीजहरू उडाउन सक्दछ।  पसल र कारखानाको संकेत निशानहरू, निर्माण साइटहरूमा प्रयोग गरिने  कलर  सेफ्टी कोनहरू र बाल्टिनहरू उडाउन सक्छ।  त्यसकारण, कृपया कोठाबाट बाहिर नजानुहोस्।
तपाईंलाई उडाईएका वस्तुहरुले हिर्काउँदा घाइते हुन सक्नुहुन्छ।

भिडियो र फोटो लिने  कोशिस गर्दा केही व्यक्तिहरू घाइते हुन्छन्।
साथै, जब ताइफुन ठुलो/बलियो हुन्छ, पसलहरू जस्तै: कन्विनिएंस स्टोरहरू बन्द हुन्छन्।
यदि तपाईंलाई केहि कुरा  चाहिएमा,  अहिलेनै/पहिलेनै किनेर  राख्नुहोस।
ताइफुनमा के गर्ने भनेर बिस्तारमा थाहा पाउन, OIHF को  प्रकोप/विपत्ति  रोकथाम ह्यान्डबुक (https://kokusai.oihf.or.jp/project/saigaisapport/handbook/) 
अग्रिम रूपमा चेक गर्नुहोस्।

ओकिनावामा आपतकालीन अवस्थाको घोषणा  अगस्त २९  सम्म थप गरीएको छ।

2020-08-14

ओकिनावामा COVID-19  बाट  संक्रमित व्यक्तिहरूको बढ्दो संख्याका कारण, ओकिनावा गभर्नरले आपतकालिन घोषणा अगस्त १५ देखि अगष्ट २९ मा विस्तार गरेको छ।
र COVID-19  सतर्कताको  लेवल, जुन लेवल १ (१ सब भन्दा कम हो) बाट माथिल्लो लेवल ४ (प्रसार संक्रमणको अवधि) सम्म पुगेको छ।

यस अवधिमा ओकिनावाका  बासिन्दाहरू द्वारा लिइनुपर्ने ठोस कार्यहरू निम्नानुसार छन्।
•पूर्ण रूपमा अनावश्यक रूपमा/जरूरी नभई बाहिर जानबाट जोगिनुहोस्
•यदि तपाईंको परिवार छ भने एक्लै किनमेल गर्न जानुहोस्
•बेलुका  १०  बजेपछि बाहिर नजानुहोस
•अनावश्यक/ जरुरी नभएमा जापानको मुख्य भूमि (मेनल्याण्ड) नजानुहोस
हाल, ओकिनावामा प्रति १००,००० जनसंख्यामा संक्रमित व्यक्तिको संख्या जापानमा सब भन्दा बढी छ।  यो संख्या टोकियोमा भन्दा दोब्बर छ जुन जापानमा दोस्रो ठूलो हो।
यसको मतलब यो हो कि तपाईं जहाँ भए पनि  COVID-19 बाट हुने जोखिममा हुनुहुन्छ, र तपाईं संक्रमित हुने खतरामा हुनुहुन्छ  साथै  तपाईंले अरूलाई  थाहैनपाई संक्रमित गर्न सक्नुहुन्छ।
यद्यपि हामी सबैको आ-आफ्नो जागिर, स्कूल र  दैनिकी छ।  केही व्यक्तिले आफ्नो परिवारलाई सहयोग गर्नु पर्नेहुन्छ।  तसर्थ, हामी हाम्रो दैनिक जीवनमा चाहिने कुराको परिपूर्तिको लागि  पछि हट्न  सक्दैनौं।
यो कुरामा ख़्याल राखौ  कि प्रत्येक व्यक्ति ध्यानपूर्वक बसौं ।हात धुने, मास्क लगाउने, सामाजीक दूरीलाई वेवास्ता नगर्ने, र कीटाणुशोधन ( disinfecting) जस्ता आधारभूत उपायहरू अवलम्बन गरौं।
केवल तपाईं संक्रमण बाट आफूलाई बचाउन सक्नुहुन्छ।

"ओबोन फेस्टिवल" अगस्ट १३ देखि १५ सम्म हो।

2020-08-11

ओबोन एक बौद्ध  पर्व हो जुन मूल रूपमा लूनार क्यालेन्डरमा  जुलाई १३  देखि १६  सम्म पर्दछ र यसलाई "उराबोन" भनिन्छ।
यस समयमा, मृत पूर्वजहरूको आत्मा मृत्यु पछिको संसारबाट यस संसारमा फर्कनेछन, र प्रत्येक परिवारले आफ्ना पुर्खाहरूलाई स्वागत गर्दछन र भेंटहरू  (भोजन) प्रदान गर्दछन।

१,००० बर्ष भन्दा पहिले बौद्ध धर्मको शुरूआत संगै यो प्रथा बिस्तारै जापानमा फैलियो।
मूलतः ओबोन पर्व लूनार क्यालेन्डरको जुलाई १५ को वरिपरि मनाइन्थ्यो, तर मेइजी युगमा (१८६८-)  सोलार  क्यालेन्डरको ग्रहण गरियो। सोलार  क्यालेन्डरको जुलाई १५ तिरको समय खेतिको लागि व्यस्त समय हुन्छ।
त्यसकारण, बोन पर्व अगस्त १५ मा सम्पन्न हुने क्षेत्रहरूको संख्यामा वृद्धि भयो। तथाकथित "मासिक ढिलाइ भएको ओबोन पर्व”  यो हालको चलन भयो,।
जापानमा, सामान्यतया सहरमा बसोबास गर्नेहरू ओबोनको समयमा आफ्ना पुर्खाहरूको आत्मालाई स्वागत गर्न परिवारसहित स्थानीय गाउँमा फर्कन्छन्।
तसर्थ, धेरै कम्पनीहरूले  यो समयलाई गर्मी बिदाको रूपमा निर्धारण गर्दछन।
यस वर्षलाई उदाहरणको रूपमा लिँदै, ओबोन अवधि अगस्त ८ देखि अगस्त १६ सम्म छ।
हरेक वर्ष, यो समयमा धेरै व्यक्तिहरू जापान भित्र घुम्छन्।  साथै धेरै पर्यटकहरू यो मौसममा ओकिनावा भ्रमण गर्न आउँदथे।  यो बर्ष कस्तो छ?

ओकिनावामा, हामी लूनार क्यालेन्डरको जुलाई १५ मा बोन पर्व आयोजना गर्दछौं, जसरी हामीले विगतमा गर्‍यौं।
नाम पनि मेनल्याण्ड जापान भन्दा फरक छ।  यसलाई उन्के (बोलाउनु) र उकुई (पठाउनु) भनिन्छ।
यस वर्ष, अगस्ट ३१ लूनार क्यालेन्डरको  जुलाई १३ हो, त्यसैले यस दिन हामी हाम्रा पुर्खाहरूको आत्मालाई स्वागत गर्नेछौं (उन्के)।  सेप्टेम्बर २ मा (लूनार क्यालेन्डरको  जुलाई १५), हामी हाम्रा पुर्खाहरूको आत्मालाई अर्को  संसारमा फिर्ता पठाउनेछौं।
ओकिनावामा प्रति १००,०००  मानिसमा COVID-१९ बाट संक्रमित व्यक्तिहरूको संख्या दर जापानमा सब भन्दा बढी छ र यो द्रुतगतिमा बृद्धि भइरहेको छ।  यो समयमा विशेष ध्यान पुर्याउनुहोस, जब यताउता धेरै मानिसहरू हिंडिरहेका हुन्छन।

[ओकिनावाले आपतकालीन घोषणा जारी गरेको छ।।]

2020-08-01

COVID-19  फैलिएको  कारण, ओकिनावा सरकारले "अलर्ट लेवल" लाई ३ (महामारी अवधि) सम्म पुर्‍याएको छ।  मापनको  लेवल १ देखि ४  सम्म हुन्छ, लेवल ४      चाँहि एकदमै नराम्रो अवस्था  हो।
त्यसपछि, सरकारले  ओकिनावामा आपतकालीन घोषणा जारी गरेको छ।
यो अवधि अगस्त १ देखि अगष्ट १५ सम्म जारी रहने छ।
अलर्ट लेवल ३  को  विशेष  सूचीहरू निम्नानुसार छन्।
・ ओकिनावाबाट  अनावश्यकरूपमा र तुरुन्तै   मेन-ल्यान्ड जापान नजानुहोस। ओकिनावा प्रिफेक्चरका  टाढाका टापुहरू पनि सकेसम्म  नजानुहोस।
・ओकिनावाका बासिन्दाहरूलाई प्रिफेक्चर भित्र  र बाहिर गर्नेगरि अनावश्यकरूपमा  र तत्काल यात्राको भिडभाडबाट टाढा रहन आह्वान गरीन्छ।
・ कार्यक्रमहरू रद्द गर्ने, स्थगित गर्ने वा  कार्यक्रमको साइज धटाउने बारे विचार गर्नुहोस्।  जब कार्यक्रम  कार्यान्वयन गर्नुपर्ने नै हुन्छ, कोरोना संक्रमण विरुद्ध पर्याप्त कदम चाल्नुहोस्।

मिडियाका अनुसार, अहिले अस्पतालमा खाली बेडहरू छैनन्। ठूला आवासीय भवनमा बस्ने व्यक्तिहरूपनि COVID-19 बाट संक्रमित छन्।
ओकिनावा एक टापु भएकोले, एम्बुलेन्सद्वारा बिरामीहरूलाई छिमेकी प्रान्तहरूमा (प्रिफेक्चरहरूमा) पनि  लैजान सम्भव छैन।
हामी के मात्रै  गर्न सक्छौं  भने,   सावधान  रहि COVID-19  बाट संक्रमित हुन बाट  बच्न कोशिश गर्नसक्छौ।
यदि  तपाईं संक्रमित भएको सम्भावित अवस्थामा, यो मानिसहरूलाई संक्रमणबाट रोक्नको लागि हो।

ओकिनावामा COVID-19 बाट संक्रमित व्यक्तिहरूको संख्या द्रुत गतिमा बढ्दैछ।  सतर्क रहनुहोस्!

2020-07-30

COVID-19 संक्रमणको प्रसारको प्रभाव मानिसहरुको जीवनमा महामारी भन्दा अलि पछि पर्नेछ।
जापानमा मुख्यतया टोकियो, ओसाका, नागोया र फुकुओका जस्ता शहरी क्षेत्रहरूमा COVID-19 बाट संक्रमित व्यक्तिको संख्या बढेको छ।
संक्रमित व्यक्तिको संख्या केवल सहरी क्षेत्रमा मात्र होइन वरपरका क्षेत्रहरूमा पनि बढ्दैछ।  अवश्य पनि, ओकिनावा यसको अपवाद हैन।
जापान सरकारले यसभन्दा अघि अप्रिल १६ मा एक राष्ट्रिय आपतकालिन घोषणा जारी गर्‍यो, जसमा बाहिर जानबाट रोक्न र मानिसहरूसँगको सम्पर्क घटाउन आह्वान गर्‍यो।
र यो अवधि  मे महिनाको २५ सम्म जारी रह्यो, र संक्रमित व्यक्तिहरूको बिस्तारमा थोरै कमि आयो।

यद्यपि  जून महिनामा COVID-१९ को बारेमा परामर्श सेवाहरूको संख्या बढ्यो।
COVID-19 संक्रमणको प्रसारमा  अलि कमि आएर  विश्व थोरै शान्त भइरहेको बेला,  मानिसहरूको जीवनमा भने प्रभाव पर्न  थाल्यो, जस्तै  “काम छैन, पैसा छैन आदि”।
यसको मतलब यो हो कि यदि हालको संक्रमणको बिस्तारको गति भविष्यमा केही हदसम्म शान्त भयो भने पनि,  आउँदो केहि महिनाहरूसम्म मानिसको जीवनमा यसले प्रत्यक्ष असर पार्दछ।
यसको प्रभाव केहि  समय को लागि रहन सक्छ,  र यो परामर्श को सामग्री मा पनि निर्भर गर्दछ।
चीजहरू व्यवस्थित रूपमा अगाड़ी नबड्न सक्छ किनकि हामीहरू भविष्यको बारेमा अहिल्यै केहि भन्न सक्दैनौ।
तपाईं अहिले भ्रमित हुन सक्नुहुन्छ किनभने तपाईं पहिलो पटक ओकिनावा आउनुभएको अवस्था भन्दा अहिलेको वरपरको वातावरण धेरै फरक छ।

यदि तपाईंलाई अप्रत्याशित समस्या आइपरेको छ, वा यदि तपाईं आफैले यसलाई व्यवस्थापन/समाधान गर्न सक्नुहुन्न भने, कृपया OIHF मा सम्पर्क गर्नुहोस्।

COVID-19 र  हिट स्ट्रोक ( लु लाग्ने) को प्रसार मा  रोकथाम 

2020-07-27

पछिल्लो महिना ओकिनावामा वर्षा ऋतुको  अन्त्य भयो, र अहिले  प्रचण्ड गर्मीको मौसम ( ग्रीष्म ऋतु) हो।
जापानको मुख्य भूमिमा ( मेन ल्याण्ड) पनि, वर्षा ऋतु लगभग सकिसकेको छ, र प्रचण्ड गर्मीको  (ग्रीष्म ऋतु) मौसम चाँडै आउँदैछ।
प्रत्येक ग्रीष्म ऋतुमा (गर्मी मौसममा)  जापानमा धेरै व्यक्तिहरू  हिट  स्ट्रोकले ( लू लागेर) ग्रस्त हुन्छन्, र तिनीहरूलाई एम्बुलेन्स द्वारा उद्दार गरिन्छ, र कतिले आफ्नो ज्यान गुमाउँछन्।
यस गर्मीमा हिट स्ट्रोकको संभावनालाई विशेष ध्यान पुर्याउनुहोस, किनकि तपाईंले काम गर्दा वा यात्रा गर्दा मास्क लगाउनुपर्नेछ।
अहिले डाक्टरहरूले  एकै साथ संक्रमण रोकथाम र हिट स्ट्रोक को लागि उपायहरू लागू गर्न एउटा  विधिको  रूपमा 3-"T" हरूको  को वकालत गर्दछन्।

 3-"T" हरू निम्नानुसार छन्:
①  मानिसहरूबीच पर्याप्त दूरी राख्नुहोस् ( Take enough distance-२ मिटर वा अधिक)।
② यदि तपाईंले एउटा दूरी राखेपछि  मास्क प्रयोग गर्नुहोस (Take mask)।
③ पानी बारम्बार पिउनुहोस ( Take water)।

बुंदा ②  अनुसार, मास्क लगाउदा,  ब्यक्तिको शरीरको तापमान सामान्य भन्दा अलि बढी बढ्नसक्छ, त्यसैले  विशेष गरी बच्चाहरुप्रति अलि सावधान हुनुपर्ने हुन्छ। 
बुंदा ③ को सम्बन्धमा, मास्क लगाएपछि  पानी प्यास लागेर गाह्रो महसुस हुनसक्छ, र यसको परिणाम स्वरूप, डिहाइड्रेटेड हुने जोखिम देखिन्छ।
ओकिनावाको सन्दर्भमा केहि समयको लागि न्यूनतम तापक्रम  २५ डिग्री सेन्टिग्रेड वा सो भन्दा बढी हुनेछ र आर्द्रता (humidity) उच्च हुनेछ, त्यसैले हामीले यो पनि सोच्नुपर्दछ कि सूर्यको प्रकाश  मधुरो हुदाँपनि हिट स्ट्रोकको खतरा हुन्छ।
हिट  स्ट्रोकलाई ध्यानमा राखेर, “नयाँ जीवनशैली" को अभ्यास  बाहिर काम गर्दा मात्र होइन घर भित्र पनि गरौं।

"नयाँ जीवनशैली" बिभिन्न भाषाहरूमा OIHF वेबसाइटमा उपलब्ध छ (https://kokusai.oihf.or.jp/covid-19/)।

COVID-19 बाट होसियार र सतर्क रहनुहोस्।

2020-07-17

ओकिनावामा अमेरिकी सैनिक बेसहरूमा काम गर्ने ब्यक्तिहरू मध्य केहिमा  COVID-19  बाट संक्रमित व्यक्तिहरू फेला परेका छन्।
जापानमा, टोकियो महानगर क्षेत्रमा संक्रमित व्यक्तिको संख्या बढ्दो छ जुन टोकियो वरिपरि केन्द्रित छ।
यस्तो पनि भइरहेको छ  कि केहि व्यक्तिहरूमा कोरोनाको कुनैपनि लक्षण देखिदैन वा हल्का रूपमा COVID-19 बाट संक्रमित छन्, तर  यो  आवश्यक छैन कि त्यो ब्यक्तिमा उच्च ज्वरो वा असामान्य श्वास प्रश्वास  को समस्या देखियोस।
कुनैपनि लक्षण नदेखिएको वा हल्का बिरामी व्यक्ति आफू संक्रमित भएको थाहा नहुँदा बाहिर जान सक्छ र अन्य मानिसहरूलाई सार्न सक्दछ।
यसको मतलब यो हो कि हामीले जहिले पनि यो मान्नु पर्छ कि हाम्रो दैनिक जीवनमा हामी मध्य जो कोही संक्रमणको जोखिममा छ।
मास्क लगाउनु, हात धुनु, र आफ्नो वरिपरि कीटाणुरहित बनाउनु  जस्ता आधारभूत उपायहरू गर्नु हामी प्रत्येकका लागि अपरिहार्य छ।
COVID-19 को खोप विकासमा धेरै समय लाग्ने देखिन्छ।   दुर्भाग्यवश, आधारभूत काउन्टरमेजर्स बाहेक संक्रमणको प्रसारलाई रोक्न अरू कुनै उपाय छैन।

सरकारले "गो टु ट्राभल अभियान" नामको पहल जुलाई २२ देखि शुरू गर्नेछ।
COVID-19 को कारणले पर्यटकीय यात्रामा  असर गरिएको  अवस्थालाई प्रोत्साहन  गर्न घरेलु हिसाबले यात्रा गर्नेहरूलाई सब्सिडी ( आर्थिक सहायता) दिनु यो अभियानको  उद्देश्य हो।
यदि मानिसहरू चलायमान भए भने, COVID-19 भाइरस पनि चलायमान हुन्छ।हामी आधारभूत काउन्टरमेजर्सहरूलाई दिमागमा राखेर  बसौं, ताकि हामी संक्रमित हुने जोखिमलाई कम गर्न सकौं।

के तपाईंको  वरिपरि त्यस्तो कोहि ब्यक्तिहरू  छन् जसलाई  COVID-19 को कारणले अस्थिर सामाजिक अवस्थाको कारण भेदभाव गरिएको छ?  OIHF मा परामर्श गर्नुहोस्।

2020-07-01

भेदभाव:तपाईंको जन्मभूमि, लिंग, उमेर, वा छालाको कारण तपाईंलाई उत्पीडन  गरिन्छ वा  नराम्रो भाषा प्रयोग गरिन्छ।.
के तपाईं / तपाईंको परिवार / तपाईंको साथीहरू COVID-19 को कारणले निम्नकुराहरूबाट पीडित हुनुहुन्छ?
□ तपाईं र तपाईंको परिचित ब्यक्तिहरू अस्पताल / नर्सिङहोममा काम गर्छन्, र अरूले भन्ने गर्छन, "हाम्रो नजिक नआउनुहोस किनकी तपाईंलाई भाइरस लागेको हुनसक्छ!"
□ तपाईं र तपाईंको परिचित ब्यक्तिहरू सुपरमार्केट, कन्भिनियन्स स्टोर, फार्मेसीहरू, इत्यादिमा काम गर्दछन्, र तपाईंको ग्राहकहरूले COVID-19 को बारेमा केही नराम्रो कुरा भन्दछन्।
□ तपाईं र तपाईंको परिचितब्यक्तिहरू सामानहरू ढुवानी गर्ने काम गर्नुहुन्छ र जब तपाईं सामान घर-घरमा  पुराउन जानुहुन्छ, तपाईंलाई भनिन्छ कि, "तपाईबाट कोरोना संक्रमित हुनसक्छ त्यसैले टाढा रहनुहोस्।"
□ म र मेरो परिवार लाई COVID-19  संक्रमित भयो, र मेरो वरपरका व्यक्तिहरूले विभिन्न ठाउँमा डरलाग्दो समाचार फैलाए।  साथै हामीहरूको व्यक्तिगत जानकारी (नाम, फोन नम्बर, ठेगाना आदि) इन्टर्नेटमा पोष्ट गरिएको छ।
□तपाईलाई "COVID-19" वा "◯◯ भाइरस" बाट संक्रमित भनिन्छ, जस्तै तपाईको जन्मथलो मा भएको जस्तो भाइरस बाट।

दुर्भाग्यवस, यस्ता कुराहरू वास्तविकतामा भइरहेका हुन्छन।  यद्यपि  व्यक्तिको राष्ट्रियता, छालाको रंग, वा भाषाको आधारमा भेदभाव गर्नु  लाजमर्दो कुरा हो।
प्रत्येक दिन, स्वास्थ्य सेवा कर्मचारीहरू जो विरामीहरूलाई निको पार्न कडा परिश्रम गर्दछन्, COVID-19 को  बेलामा पसलमा सामान बेच्ने कर्मचारीहरू, र सामानहरू सप्लाई गर्न  कडा मेहनत गर्ने कर्मचारीहरू हाम्रो सुरक्षित जीवनको  लागि आवश्यक छन्।  बरु, तिनीहरूले हामीलाई सुरक्षित जीवन जिउन सहयोग गर्दछन्।

यदि तपाईं भेदभावको कारणले  चिन्तित हुनुहुन्छ वा भेदभाव भैरहेको यस्तै कसैलाई चिन्नुहुन्छ भने, कृपया OIHF बाट परामर्श गर्नुहोस्।

COVID-19 को कारणले ""नयाँ जीवनशैली"" लाई ध्यानमा राख्दै OIHF ले कुनै पनि संस्था द्वारा सञ्चालित निम्नलिखित सपोर्ट प्रोजेक्ट को लागि १००,००० येनसम्म अनुदान प्रदान गर्दछ: सहयोग प्रकरण( कन्टेन्ट) बृहत्-क्षेत्रमा हो। यसको अतिरिक्त, कन्टेन्ट महत्वपूर्ण र आवश्यक छ र अन्य संगठनहरूको लागि एक नमूना हुन्छ।

2020-06-01

  1. (१) जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको लागि जीवन-पुनर्निर्माण सहयोगमा योगदान पुर्‍याउने परियोजना;
  2. (२) त्यो परियोजना जुन स्थानीय विदेशी समुदायको सक्रियतामा योगदान पुर्‍याउँछ;
  3. (३) विदेशी नागरिकहरूको लागि सिकाई र पुनः रोजगार समर्थनमा योगदान पुर्‍याउने पहलहरू;
  4. (४) विदेशी प्रवासीको सहयोगमा योगदान पुर्‍याउने अन्य परियोजनाहरू।
PAGE TOP